शिक्षा सामाजिक सेवा हुनु पर्दछ : गोविन्द कार्की

गोविन्द कार्कीको जन्म माता गंगामाया र पिता छत्रबहादुर कार्कीबाट वि.स. २०२४ मा झापाको गौरादहमा भएको हो । २०५० सालमा तुलसा दाहालसँग विवाहबन्धनमा बाँधिनु भएका कार्की विगत २५ वर्ष देखि शिक्षा क्षेत्रमा सक्रिय रहदै आउनु भएको छ । विभिन्न संघसंस्थाहरुमा समेत क्रियाशिल रहनु भएका कार्की आफु शिक्षा क्षेत्रमा प्रवेश गरेकाले समाजमा शिक्षाको ज्योति पैmल्याउने काममा लागि रहने बताउनु हुन्छ ।

एम.ए. बि.एड सम्मको अध्ययन गर्नुभएका कार्की सुन्दरहरैँचा स्थित विराटचोक मोरङमा स्थायी बसोबास गर्दै आउनु भएको छ । शिक्षा र समाजसेवामा विशेष चासो राख्ने कार्की अबको शिक्षा व्यवहारिक, प्रयोगात्मक र समयसापेक्ष हुनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ । गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उत्कृष्ट विद्यालयमा परिचित सुविजीमुर मेमोरियल मा.वि. विराटचोकका शिक्षासेवी तथा प्राचार्य गोविन्द कार्कीसँग विद्यालय तथा शिक्षाक्षेत्रको बारेमा मणिराम दाहालले गरेको कुराकानी :

शिक्षा क्षेत्रमा काम गर्ने अवसर र सोच कसरी प्राप्त भयो ?

मलाई शिक्षा क्षेत्र प्रतिकोको लगाव सानै उमेर देखि थियो । घरपरिवार आप्mना गुरु, समाज र अभिभावकबाट पनि शिक्षा क्षेत्रमा लागेर काम गर्ने प्रेरणा प्राप्त भयो । २०४३ सालमा स्कुलचौन मा.वि. महारानीझोडा, झापाबाट एस.एल.सी.उत्तीर्ण गरेर उच्च शिक्षा पूरा गरेपछि अन्य पेशाभन्दा शिक्षा क्षेत्रमा सेवामूलक काम गरी आप्mनो जीवनलाई अघि बढाउन मन लाग्यो । आफुले उच्च शिक्षा हासिल गरीसकेपछि केही समयसम्म अन्य शैक्षिक संस्थाहरुमा समेत शिक्षण कार्य गरेर समय बिताए ।

पछि २०६५ सालमा यस सुन्दरहरैँचाको विराटचोकमा सुविजीमुर मेमोरियल मा.वि.मा आबद्ध हुँदै स्थानीय क्षेत्रमा गुणस्तरीय, प्रयोगात्मक र समयसापेक्ष शिक्षा प्रदान गर्ने सोचमा लागि परियो । सोही अनुसार यसैमा तनमन दिएर अघि बढ्दा सफल समेत भएको महसुस गरेको छु । हामीले गरेको परिश्रम र अभिभावकको साथ नै हाम्रो सफलताको कारण हो ।

सुविजीमुर मा.वि.को परिचय कसरी दिन चाहानु हुन्छ ?

अहिले यस विद्यालयमा १ हजार ३ सय ७८ जना विद्याथीहरु अध्ययनरत छन् । यो विद्यालय सुमन विवेक जीवन मुना र रञ्जिताको स्मृतिमा यस विद्यालयको नाम सुविजीमुर रहेको हो । उनीहरु यस विद्यालयका पूर्व छात्र छात्रा थिए । एउटा दुःखद दुर्घटनामा परेर उनीहरुको निधन भएको थियो र विद्यालयले उनीहरुको स्मृतिलाई सधैँ जीवन्त राख्न उचित ठानेर यो नामाकरण गरिएको हो ।

यस क्षेत्रको समाजलाई शिक्षाको माध्यमबाट सभ्य, योग्य, उत्तरदायी र रोजगारमूलक शिक्षा प्रदान गर्ने हाम्रो चाहाना छ । कसैले पनि शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले लामो समयदेखि यो विद्यालय सञ्चालनमा छ । विद्यार्थीहरुले गरेको उन्नती प्रगतिले गर्दा अझै यो विद्यालयलाई अगाडि बढन सजिलो भएको छ ।

यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरेका छन् । डाक्टर, इन्जिनियर तथा बिएसी नर्सिङमा हाम्रो विद्यार्थीहरुले अन्य नाम चलेका शैक्षिक संस्थाहरुमा राम्रो प्रगति गरी अध्ययनरत छन् । शैक्षिक क्षेत्रमा भन्नु पर्दा एसएलसी परीक्षाको उत्कृष्ट नतिजाले यस सुविजीमुरको उपलव्धीलाई प्रष्ट पारेको छ । स्थानीय ठाउँमा बसेर हामी केही साथीहरुको पहलमा यस विद्यालयको स्थापना भएको हो । शिक्षा क्षेत्रमा काम गर्न पाउँदा ठूलो आत्मासन्तुष्टि समेत मिलेको छ । बाँकी दिनहरुमा समाजको हितमा अझै राम्रो काम गरी समय विताउने मन छ ।

विद्यार्थीहरुको सुनौलो भविष्यका लागि असल शिक्षकका गुणहरु के के हुन् ?

सबै विद्यालयहरुले गुणस्तरीय शिक्षामा जोड दिदैँ भयरहित शिक्षा पद्धतिको पालना गरेर अघि बढ्न सके शिक्षामा सुधारको संकेत देखिन्छ । विद्यालयमा शिक्षकको काम कर्तव्य सँगसँगै अभिभावकहरुले पनि आप्mना छोराछोरीहरुलाई घरमा विशेष हेरविचार गरी पठनपाठनको क्षेत्रमा हौसला दिन सके विद्यार्थीहरुको भविष्य सुन्दर हुन सक्छ । विद्यालयले मात्र विद्यार्थीहरुलाई कडाइ गरेर सुधार्ने भन्ने कुरा सम्भव हुँदैन ।

हामीले त बाटो देखाइदिने हो, त्यो बाटोमा हिड्न विद्यार्थीहरुलाई अभिभावकहरुले पनि सिकाउनु पर्छ । विद्यार्थीहरु देश निर्माणका खम्बाहरु हुन् । कुनै पनि विद्यार्थी राम्रो हुनका लागि निश्चित गुणहरु हुन जरुरी हुन्छ । खाली कागजका पाना जस्ता मस्तिष्क लिएर आएका नानीहरुलाई अक्षर चिनाउने, जिज्ञासु बनाउने, प्रेरणा दिने, ज्ञान र क्षमताको अभिवृद्धि गर्दै देश प्रति जिम्मेवार बन्न सिकाउने एक कुशल शिक्षकमा हुनु पर्ने गुण र काम कर्तव्य अन्तर्गत पर्दछ ।

तपाईको विचारमा शिक्षक–विद्यार्थी तथा अभिभावक बीचको सम्बन्ध कस्तो हुनु पर्छ जस्तो लाग्छ ?

विद्यालयमा शिक्षक विद्यार्थी तथा अभिभावकहरु बीच सुमधुर सम्बन्ध हुनु अति आवश्यक हुन्छ । बालबालिकाको रुची र चाहनालाई बुझेर शिक्षकले अध्ययन अध्यापन गराउन आवश्यक छ । कमजोर विद्यार्थी कहिल्यै आफै कमजोर हुँदैन् । त्यसको पछाडि विविध कारणहरु रहेका हुन्छन् । त्यसकुरालाई पहिल्याएर समस्याको समाधान गर्नुपर्दछ । विद्यार्थीहरुको पढाइमात्र ठूलो कुरा होइन ।

उनीहरुलाई अतिरिक्त क्रियाकलापमा समेत सामेल गराएर विद्यार्थीहरुको सकारात्मक पक्षको कदर गरी उनीहरुलाई प्रोत्साहन समेत गर्नु पर्छ । विद्यार्थीलाई सँगै बसेर शिक्षक र अभिभावकले पनि पढ्ने लेख्ने बानीको विकास गर्नु आवश्यक छ । छोराछोरी तथा विद्यार्थीलाई मात्र पढपढ भनेर सधै गाली गर्नुहुदैँन । सिपमूलक शिक्षामा जोड दिदैँ प्राविधिक जनशक्ति उत्पादन गर्ने शिक्षाको वर्तमान आवश्यकता देशलाई छ । प्राविधिक शिक्षामा जोड दिँदै विद्यार्थीको रुची चाहाना बुमmेर शिक्षालाई लागु गर्न सके शिक्षाको गुणस्तर माथि उठ्न सक्छ ।

सामुदायिक र निजी विद्यालय बीचकोे सम्बन्ध कस्तो हुनु पर्दछ ?

सामुदायिक र निजी विद्यालय बीचको सम्बन्ध सुमधुर बन्न सके शिक्षाको हित र विकास हुन समय लाग्दैन । सामुदायिक विद्यालयहरुले सरकारी क्षेत्रबाट पाउने गरेको सेवा सुविधा निजी विद्यालयहरुले समेत पाउन आवश्यक छ । सरकारी स्तरबाट भएका तालिम, गोष्ठि, शिक्षामूलक सभा समारोहमा निजी विद्यालयहरुले समेत सहभागी बन्न पाउनु पर्छ । आखिर सामुदायिक तथा निजी विद्यालय दुवैको काम शिक्षा प्रदान गर्ने भएकाले एकअर्का बीच सकारात्मक सम्बन्ध हुन जरुरी छ ।

निजी विद्यालयहरुले आवश्यकता भन्दा बढी शुल्क लिने गरेको भन्ने केही अभिभावकहरुको गुनासो छ नि ?

मन लागि विद्यालय खोलिनु, आफु खुसी शुल्क निर्धारण गरेर आवश्यकता भन्दा बढी शुल्क विद्यार्थीबाट लिनु राम्रो काम होइन । अहिले शिक्षा क्षेत्रमा देखा परेको अस्वस्थ्य प्रतिस्पर्धाले कसैको पनि हित र भलाई गर्दैन् । अहिले अस्वस्थ्य प्रतिपर्धा हरेक क्षेत्रमा छ । यसको साटो गुणस्तरीय शिक्षा प्रदान गर्न सके सबैको हित र भलाई हुन्छ । अरुले महँगो महसुस गरेको शुल्क विद्यालयलाई सबै कुरा जुटाएर काम गर्न गाह्रो भएको पनि हुन सक्छ । विद्यालय राम्रो सँग सञ्चालन गर्न धेरै आर्थिक लगानी चाहिन्छ ।

तर शिक्षालाई हामीले सामाजिक सेवा सम्झिएर काम गर्नु पर्दछ । सधैभरी नाफामात्र हेरेमा व्यापारिकरण हुन्छ, त्यसो गर्नु हुँदैन । अहिलेको परिवेशमा समय अनुकुल युग सुहाउँदो शिक्षाको आवश्यकता छ । शिक्षा क्षेत्रमा काम गर्ने सरोकारवाला व्यक्तिहरुले चेतनाको विस्तार गरेर सकरात्मक कुरालाई आलोचनाको दृष्टिकोणबाट टाढा राख्दै अघि बढ्नु पर्ने आवश्यकता देखिन्छ । हामीले असल शिक्षालाई हाम्रो व्यवहार र क्रियाकलापमा प्रयोग गरी जीवन र जगतलाई सुन्दर बनाउन सक्नु पर्छ ।

 कतिपय बालबालिकाहरु शिक्षाको उज्यालो घामबाट अहिले पनि वञ्चित छन्, यस बारेमा तपाईँको के धारणा छ ?

शिक्षाको उज्यालो घामबाट बालवालिकाहरु बञ्चित हुनु हुँदैन । यसलाई व्यवहारमा उर्तानका लागि प्रष्ट कानुन बनाई कडाइका साथ लागू गर्नु पर्छ । शिक्षाको जग बलियो भएमात्र देशलाई विकासको गतिदिन सजिलो हुन्छ ।

नीतिगत रुपमा सरकार शिक्षाक्षेत्रमा सचेत भएर अघि बढ्न जरुरी छ । मुलुकमा सरकार छ भन्ने भावनामा जोड दिएर नीतिअनुसारको शिक्षा संचालन हुन सके देशमा बेरोजगारी समस्या हल हुन सक्छ । देशमा रोजगारमूलक, सीपमूलक र प्राविधिक शिक्षाको आवश्यक छ । वर्तमान समयमा हाम्रो शिक्षा प्रणाली बेरोजगार जनशक्ति उत्पादन गर्ने नभई विज्ञान र प्रविधिको विकासका साथमा अगाडी बढ्ने र २१ औँ शताव्दीको आधुनिक विश्वका लागि समय सुहाउँदो र योग्य हुनुपर्दछ ।

 यस विद्यालयको आगामी योजना के कस्ताे रहेकाे छ ?

यस सुविजीमुर मेमोरियल मा.वि.को आगामी योजना भन्नु पर्दा हामी शैक्षिक गुणस्तरमा विश्वास गर्ने भएकाले पहिले सबै भौतिक पूर्वाधार र अन्य आवश्यक कुराहरुको तयारी गरेपछि मात्र केही गर्न खोजी रहेका छौ । यस विद्यालयमा मोरङको कसेनी, बेलबारी, बनिगामा, हरैँचा, मृगौलिया र तेतरियासम्मका विद्यार्थीहरु अध्ययनका लागि आउने भएकाले विद्यालयको भौतिक पक्ष सँगै शैक्षिक गुणस्तर वृद्धि गर्दै लाने हाम्रो चाहाना छ ।

यस विद्यालय मोरङ जिल्लाको निरन्तर उत्कृष्ट हुने ४ विद्यालय भित्र पर्न सफल भई विं.सं. २०६९ र ०७० सालमा राष्ट्रिय सम्मान समेत प्राप्त गर्न सफल भएको छ । विद्यार्थीहरुले पढाइमा प्रगति गर्न सके भने विद्यालयका शिक्षक र घरमा अभिभावकहरुलाई खुसी लाग्दो रहेछ । मलाई भविष्यमा राम्रो काम गर्दै शिक्षा र समाजसेवामा समय विताउँदै अघि बढ्ने चाहाना छ । यसै कुरालाई साकार पार्न यो जन्मभूमिको आगँनमा कर्मको पाइला चाल्दै छु, शिक्षालाई जीवनको गोरेटो सम्झिएर हिड्दैँ छु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…