खोलाको बगरमा गोकुलम रिसोर्टको सपना बुन्दा सबैले पागल भन्थे : राधेश्याम पौडेल / भिडियाे कुराकानी

इटहरी / बुढी खोलाको किनारामा रहेको बगरको बालुवामा गोकुलम रिसोर्टको सपना देख्दा करिब ६ बर्षअघि राधेश्याम पौडेललाई पागलको संज्ञा दिनेहरु थुप्रै थिए । भत्तपुरबाट मोरङ आएर यहि हुर्किएका उनी सुन्दर गोकुलमको सपना देख्थे तर उनलाई स्थानीयहरु साथ दिनु त परै जाओस राधेश्याम बहुलायो भनेर नानाथरी कुरा काट्थे । आज त्यहि बगरमा उनले प्रदेश नम्बर १ कै पहिलो र सुन्दर रिसोर्ट सञ्चालन गरेर गतिलो जवाफ फर्काउन सफल भएका छन ।

उनकै कारण कारण केही समय अघिसम्म खोलाको बगरका रुपमा परिचित सो क्षेत्र बलिया क्षेत्रकै आकर्षक र महंगो बन्न पुगेको छ । सो क्षेत्रमा अहिले १ दर्जन बढी सुबिधासम्पन्न होटलहरु सञ्चालनमा आएका छन । गोकुलम रिसोर्टमा सञ्चालनमा आएका फन पार्कदेखि, धरहरा, ताजमहल, मन्दिर लगायत बालबालिकादेखि बृद्धसम्मलाई समेटने गरी निर्माण गरिएका संरचनाका कारण सो रिसोर्टका दैनिक १ हजार बढी आन्तरिक र बाह्य पर्यटक भित्रिने गरेका छन ।

राधेश्याम पौडेल / (सञ्चालक,गोकुलम रिसोर्ट प्रा.लि सुन्दरहरैचा)

काठमाण्डौ लगायतका साथीहरु आँउदा ईटहरी र आसपासका क्षेत्रमा एउटा पनि राम्रो होटल, रिसोर्ट नभएका कारण पाहुनालाई समेत भेडेटार र अन्यत्रका होटलहरुमा लगेर राख्नुपर्ने बाध्यता खेपेका उनलाई पटक पटक उनका साथी र शुभचिन्तकहरुले समेत रिसोर्ट सञ्चालन गर्ने सल्लाह दिए । सबैको सल्लाहमा उनले रिसोर्टको अबधारणा ल्याए । शुरुमा लगानी देखि भौतिक निर्माणमा निकै ठुुलो संघर्ष गर्नुपर्यो । अहिले सम्म करिब ५० प्रतिशत मात्र योजना अनुरुप काम भएको र १५ करोड भन्दा बढी लगानी भईसकेको उनी बताउँछन ।

पछिल्लो समय बिभिन्न क्षेत्रमा रिसोर्टको अबधारणा शुरु भएको छ । उनी सँग सल्लाह लिन आउनेको संख्या समेत बढ्न थालेको छ । मानिसहरुलाई रिसोर्ट भित्र छिरेपछि कुनै कुराको कमी महशुस नहोस भन्ने उद्धेश्यका साथ सम्पुर्ण सुबिधाहरु रिसोर्ट भित्रै निर्माण गर्ने तयारीमा छन ।

भिडियाे

 

 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…