पागललाई सम्मान !

पथरी / मोरङ पथरीशनिश्चरे एभरेष्ट आर्ट फ्यूजनले साहित्य, कला र संस्कृतिको जगेणा गर्ने उदेश्यले प्रत्येक महिनाको पहिलो शुक्रबार सृजना चौतारी नामक कार्यक्रम  सुरू गरेको छ । कला, साहित्य, संस्कृतिको उत्थान, स्थानिय सृजनशिलताको पहिचानू भन्ने मुल नारा बोकी अघिबढेको आर्ट फ्यूजनले तेस्रो बसाईमा साहित्यकार उपेन्द्र पागल बस्नेतलाई सम्मान गरेको छ ।

साहित्यकार पागललाई प्रमुख अतिथी दिलिप कुमार राई र विशिष्ट अतिथी चन्टी प्रसाद राईले ताम्रपत्र र साहित्यकार पागलकौ मुहाचित्रले सम्मान गर्नु भयो । टिकाराम राईको अध्यक्षतामा भएको कार्यक्रमको बारेमा कवि तथा संचारकार्मी भुपेन्द्र तिम्सिनाले शुभकाना मन्तब्य राख्नु भएको थियो भने । कार्यक्रममा कवि रोहित पराईले आफ्नो छन्दमा रचना बाचनद्घारा कार्यक्रको सुरुवात गर्नु भयो भने विष्णु न्यौपानले लयबद्ध कविता बाचन गन’ भएको थियो ।

बेलवारी साहित्य समाजकी अध्यक्ष रेखा सुबेदीले देश भक्ती कविता द्घारा कार्यक्रमको सोभा बढाउनु भएको थियो । देशमा भैई रहेको राजनितीक आवस्थालाई समेटिएर साहित्यकार भवानि दुलालले बालनद्घारा ब्याङ्ग प्रहार गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख राईले साहित्य, कला र संस्कृतिको प्रवद्र्धनमा नगरपाकिला लागि पर्ने वताउनु भयो । सो अवसरमा पूर्व सांसद चण्डीप्रसाद राईले नगरमा सृजना क्षेत्रका व्यक्तिहरुले चौतारी खडा गरी नगरको सृजनशील पहिचान वढाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सरोजा खड्गी र अर्जुन सेनचुरी संयोजनमा सम्पन्न कार्यक्रमको कवि सुमन राईले संचालन गर्नु भएको थियो । कार्यक्रमको सह आयोजक तमु बुद्ध गुम्बाले रएको थियो । कार्यक्रममा, साहित्यकारहरु, भूपेन्द्र तिम्सिना, सुमन राई, कृष्णप्रसाद अधिकारी, इन्दिरा नेपाल, मञ्जरी घिमिरे, लक्ष्मी सुवेदी सहितले कविता, गजल तथा देव गुरुङ, अर्जुन सेन्चुरी, निर्मला विश्वकर्मा, आशा लिम्बू सहितले गीत प्रस्तुत गर्नुभएको थियो ।

PURBELI TV

प्रतिक्रिया

सम्बन्धित