बेलबारीमा समृद्धि र बिकासको खाका कोर्दै वडाध्यक्ष उदय !

 


बेलबारी । कुनैपनि काम गर्न दृढ इच्छाशत्ति र संकल्प भयो भने जुनसुकै ठाँउ र जस्तोसुकै अबस्थामा पनि काम गरेर जनताको मनमा बस्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेका ब्यत्ति हुन बेलबारी नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष उदय (मुकारुङ) राई ।

सँगैका दौतरी देशमा बिकास भएन,अबसर पाईएन भनेर कि त बिदेशमा पसिना चुहाईरहेका छन, कि त नेतालाई धारेहात लगाएर दिनभर तास र क्यारेमबोर्ड खेलेर समय ब्यतित गरिरहेका छन । तर् यहि बिचमा स्थानीय निकायमा निर्बचित भएपछि यी अल्लारे युवाले सामाजिक काममा देखाएको उत्साह र जनताका बिचमा गएर गरेको काम नगरपालिका भरिमै उदाहरणीय बनेको छ । नगरपालिकामा रहेका ११ वटा वडामध्ये सबैभन्दा पछि परेको र बेलबारीमा (कर्णाली क्षेत्र) का रुपमा परिचित सो क्षेत्रमा काम गर्न त्यति सहज थिएन् तरपनि प्राकृतिक बिपत्ति देखि हरेक काममा उनले देखाएको सक्रियताकै कारण सो वडा यतिबेला बेलबारीमै सबैभन्दा बढी काम भएको वडाका रुपमा देखिएको छ ।

बि.स २०४० साल असोज २८ गते साबिक कसेनी गाबिस ६ हाल बेलबारी ६ मा पिता स्व.तेज बहादुर राई र माता रामकुमारी राईको ४ छोरा र ३ छोरीमध्ये कान्छो सन्तानका रुपमा जन्मिएका अल्लारे यी युवा बेलबारीका अन्य वडाका वडाध्यक्ष भन्दा उमेरमा कान्छो र काममा जेठो भएर उदाएका छन । उनी काममा मात्र होईन सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहेका छन । आफुलाई मन नपरेको कुराको ठाडो अस्वीकार गर्ने,हक्की तर शालिन र सभ्य स्वभावका यी वडाअध्यक्षको काम गर्ने तरिका हेर्दा लाग्छ यी सामाजिक काम गर्न र ख्याति कमाउनकै लागि जन्मिएका हुन ।

राजनीतिमा प्रबेश
नेपाली काँग्रेस सँग नजिक रहेका उनका पिता पनि सामाजिक काममा सक्रिय नै थिए । उनी सानैदेखि सामाजिक काममा रुचि राख्थे । हक्की स्वभावका उदय एक दिन कामकै शिलशिलामा दुर्घटनामा परे । तर् अफ्सोच,काँग्रेस भनिएकै स्थानीय नेताहरुले उनको बिरुद्धमा वकालत गरे । पिडकलाई न्याय दिने र आफुलाई झन पिडित बनाएपछि उनको मन अमिलियो । उनका एक दाजु भने एमाले समर्थित थिए । आफुलाई अन्याय भएको थाहा हुँदाहुँदै आफुले न्याय नपाएपछि उनी एमालेमा प्रबेश गरेका रहेछन ।
उच्च माविमा अध्यायनकै क्रममा प्रा.क अध्यक्ष भएका उनी अनेनास्वबियुको जिल्ला सदस्य भए । एक संस्था मार्फत सामाजिक काममा समेत सक्रिय भएका उनले वडाबासीहरुको समस्या सहजै बुझेका थिए । स्थानीय निकायको निर्बाचनमा प्रतिष्पर्धीलाई १ सय ९० मतको फराकिलो अन्तरका साथ पराजित गरेका उनी कसेनी फुटबल क्लबका अध्यक्ष समेत हुन ।

जनप्रतिनिधि भएपछि उनको सक्रियता
जनप्रतिनिधि भएपछि उनको सक्रियता थप देखियो । निर्बाचित भएलगत्तै आएको प्राकृतिक बिपत्तिमा उनले खेलेको भुमिका र उनको कामले सर्बत्र वाहवाही पायो । बिकासका पुर्बाधारका आधारमा बेलबारीको कर्णाली भनेर चिनिने त्यस क्षेत्रमा आर्थिक रुपमा बिपन्न,आदिबासी,दलित लगायतको बसोबास रहेको छ । बिकासका कुने पुर्बाधार नभएको सो क्षेत्रमा उनले स्थानीयका घरघरमा पुगेर उनीहरुका समस्या पहिचान गरेर काम थाले । नगरपालिकाबाट प्राप्त ७५ लाख सिलिङ बजेटबाट उनले तयस क्षेत्रमा रहेको सबैभन्दा ठुलो समस्या द्येती खोलामा बाँध बाँधेर उनले अहिले सम्म सो क्षेत्रमा कसैले गर्न नसकेको काम गरेर देखाए ।
स्थानीय खोलामा पुल,बिजुली,सडक लगायत सोमबारे कर्सिया सडकको मर्मत सम्भार देखि लिएर आधारभुत स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा उनले सक्रियता देखाए । स्थानीय कालीथान खोप केन्द्रलाई गाँउघर क्लिनिकका रुपमा बिकास गरी एकजना अहेब सहित राखी स्वास्थ्य सेवा दिने र बिद्यालयको स्त्तरोन्नति गरी गुणस्तरीय शिक्षा प्रदान गर्ने अभियानमा जुटेका छन । बाटोघाटो,कल निर्माणका अलावा सडकको वरीपरी बिरुवा र फुल रोप्ने अभियानलाई समेत उनले तिब्रता दिएका छन ।

काम गर्दा हरेक रात धम्की
काम गर्दा हरेक रात धम्की आउने गरेको उनी बताँउछन । कोही किन यसो गरेको,यसो नगर उसो गर् भन्दै सिकाउनेदेखि उनलाई त्यो फलानो मेरो कार्यकर्ता,भन्ने सम्मका फोन आउने गरेका छन । उनी आफुलाई चित्त नबुझेका कुराहरु सामाजिक सञ्जालमै पनि छरपष्ट पार्ने गर्छन । उनको यहि सक्रियताका कारण उनको कामबाट अत्तालिएकाहरु उनलाई सम्झाउने बहानामा फोन गर्छन । उनी भन्छन म राम्रो काम गर्छु,जनताको काम गर्छु,मलाई त्यस्ता धम्कीले कुनै असर नै गर्दैन ।

यस्ता छन पाँच बर्षे योजना
स्थानीय निकायमा निर्बाचित भएको एक बर्ष नपुग्दै उनले पाँच बर्षे खाका समेत तयार पारेका छन । उनले कोरेको खाका सुन्दा लाग्छ साँच्चै उनीसँग जोश,जाँगर र ईच्छाशत्ति मात्र होईन,सिंगो बेलबारीको सुनौलो भबिश्यको खाका समेत छ ।
कुने भौतिक पुर्बाधार नभएको सो वडामा उनी बिकासका सबै पुर्बाधार तयार गरी समृद्ध वडाको खाका तयार गरिरहेका छन । अहिले भाडामा रहेको वडा कार्यलयलाई उनी आफनै कार्यलयमा सार्न चहान्छन । वडाका सबै क्षेत्रमा बिजुली पुर्याएर उज्यालो वडा बनाउन चहान्छन । सबै बाटोहरु पिच गर्ने,सबै कृषकहरु आधुनिक कृषि प्रणाली अपनाएर सबे किसानको जिवनस्तर उक्सेको हेर्न चहान्छन । युवालक्षित स्वरोजगार कार्यक्रममार्फत हरेक बर्ष २० जना युवाहरुलाई स्वरोजगार बनाउने र ५ बर्षमा १०० सय जना युवाहरु स्वरोजगार भएर गाँउमै केही गरेको हेर्ने चहाना भएको बताउँछन । यी सबै कुराका लागी आबश्यक पुर्बाधार खडा गरी सबैको वडाबासीहरुको जनभावनाअनुसार काम गर्ने र वडा नम्बर ६ लाई बेलबारीको नमुना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको र स्थानीयले समेत साथ दिएको उनी बताउँछन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…