दाईकी साली र म – कथा

जेठ मासको चर्को घाममा दिनभरी मैकै गोडेको थकाइ बेलुकाको खाना खाइसकेपछी सरासर कोठामा गएर पल्टिएँ । आमा भान्सामै हुनुहुन्थ्यो बुवा बार्दलिमा उक्लिसक्नु भएको थियो ।आमाको पटुकी भित्र बाट नोकिया फोनको घण्टी बज्यो। आमा फोनमा बोलेको मधुरो आवाज टाढै बाट मेरो कानमा गुन्जियको थियो ।
ए हो र !
ल जाती भो बाबु !

अहिले कस्तो छ नानीलाई र मेरो नातिलाई..? आमाको कुरा दाइसंगै भएको र म फूपू बनेको सजिलै अनुमान लगाईसकेकी थिएँ मैले । दिनभरीको कामको बोझ र सोचको थकाइले शरीर लखतरान थियो । आँखा निद्राले लोलाईरहेका थिए । आमा खुशीले गदगद हुँदै मेरो ढोका ढकढक्याउनु भयो । ए मुने ! मुने ..!! एई कान्छी …. !! यता सुन त ..!!म उठेर ढोका खोल्ने जागर गरिन । आमा बार्दलिमा उक्लिदा भर्र्याङ बजेको आवाज सुन्दा सुन्दै म कतिछीचो संगै म निदाइसकेंछु ।बिहान घाम माथी नै आइसकेछ । म उठ्दा बुवा र आमा पिडिको डिलमा चिया पिउदै गनथन गरिरहनु भएको थियो । हेर यस्बेला उठ्छे …! पुलुक्क मलाई हेरेर बुवा बोल्नु भयो ।हिजो दिनभरी मकै गोडेकी थाकी होलि बिचरी । आमाले टाउको सुमसुमाउदै भन्नू भो । ए साची ! तेरो दाईले छोरा पाएछ । हिजो फोन आको थ्यो । बैनी र तपाईं भएर भेट्न आउनु भनेको छ । आमाले उत्साहीत हुदै सुनाउनुभयो ।

बुवा केही बोल्नु भएन !ए हो र कैले जाने आमा .. मैले जिज्ञासा राखें । अब त मेरो एसएलसीको रिजल्ट पनि आउने बेला भयो । बुवा केही न बोली खेततिर लाग्नु भयो दिउँसो मकै गोड्ने खेताला थिए ।म पनि पधेंरा तिर गएँ । आमा भान्सा तिर । दिन भरीको काम सकाएर बेलुका खाना खाने बेला आमा बोल्नु भयो ! दिउँसो बाबुले फोन गर्या थ्यो अब दसैंमा घर आउँछ रे अनि मुनाको रिजल्ट पनि आउन लाग्यो यतै पठाउदिनु राम्रो प्राइभेट कलेजमा भर्ना गर्दिन्छु ।

भाउजू लाई पनि सघाउछे यतै पढ्छे राम्रै हुन्छ । तपाईं अहिले हतार गरेर नआएहुन्छ भन्यो । उताबाट सम्धिनी जानुहुन्छ रे । भोलि तिर मुनेलाई पठाइदिनु पर्यो ..! आमा एकोहोरो बोलिरहनु भयो बुवाले त दाइको कुरा निस्कदा प्रतिक्रिया दिन छोडेको धेरै नै भैसकेको थियो । म पनि धेरै बोलिन त्यसो भए राम्रै भयो । यत्ती बोलें । दाइ घर छोडेर पढ्न निस्केको ६ बर्ष भैसकेको थियो । म ४ कक्षामा पढ्थे । त्यसलगत्तै हामी पर्सा छोडेर इटहरी सरेका थियौ । बर्षमा एकदिन दसैंको दिन दाइ घर आउनु हुन्थ्यो । भोलिपल्ट विहानै हिडिहाल्ने त्यसैले बुवाले दाइको कुनै कुराको प्रतिक्रिया जनाउनु हुन्थेन । दाईले पनि आजसम्म घर तिरको खासै वास्ता गर्नुहुन्थेन । पढ्दा पढ्दै उतै विहे गर्नुभयो र विहे भएको २ बर्ष बितिसक्दा पनि भाउजुलाइ घरमा ल्याउनु भएको थिएन । अझै २ वटा दशै मा त ससुराली जाने भनेर घरनै आउनु भएन ।

धेरै तिहार बार्दलीमा बसेर वल्लो पल्लो घरका दिदिभाइ को टीका माला हेरेर बितेका छ्न मेरा पनि । मेरो रिजल्ट आयो असार को ९ गते । सेकेन्ड डिभीजनमा म पास भएँछु । दाइले फोनमा ल मुने पास भईस अब काठमाडौको कलेज पढ्न पाउने भईस । भाउजू सानो भाइ तँ र म संगै बसेर भनेर आफ्नो निर्णय सुनाउनुभयो । त्यसको केही दिन पछि दाइ घरमा आउनु भो । बेलुका घरमा बसेर बिहान दाइ र म काठमाडौ को गाडी चढ्यौं । धेरै खुशीका पोकाहरु सपनाका सन्दुक हरु पनि काठमाडौं संगै बोकेर बिदा भएँ म गाउबाट ।

घरी पहिलो पटक काठमाडौ शहर देख्न पाउनुको खुशी, नयाँ भाउजु र सानो भाइ भेट्न पाउने खुशी ले मन पुलकित हुन्थ्यो भने घरी घरी बुवा आमा लाई छोडेर हिड्नु पर्दाको पिडाले आखामा आँसु छल्किन्थ्यो । हामी कोठामा पुग्यौं भाउजू लाई पहिलो पटक भेट्दा अलिक असजिलो त लाग्यो तर भाउजू फरासिली नै हुनुहुदोरहेछ । झन खुसी लाग्यो । भोलिपल्ट बाट दाइ स्कुल मेरो काम भाउजु लाई दिनमा ३ पटक खाना बनाउने र ख्वाउने,भाडा माझ्ने, लुगा धुने, घर सफा गर्ने दिनचर्या यस्तै भयो । असार सकियो,साउन सकियो त्यै पनि दाइले क्याम्पस भर्ना गर्दिनु भएन । भदौ लाग्दा बल्ल लगेर एउटा सरकारी कलेजमा भर्ना गर्दिनु भयो । मेरा ती सबै सपना कल्पना यत्तिकै मासीदै गए आँखै अगाडी । अब दसैं पछि बाट गए हुन्छ कलेज …राम्रो पढाइ त्यतिखेरै बाट हुन्छ … लक्ष्मीले पनि त्यतिखेर आफै बनाएर खान सक्छिन ..! दाइको अगाडि मेरो बाक्य फुट्दैन थ्यो ..! हुन्छ .. ! यत्ति बोले मैले ।

दसैमा सबै जना घरमा आयौ आमासँग धेरै बिन्ती गरें रोएँ कराएँ ! आमा म जान्न म गाउमै पढ्छु बुवालाइ भन्दिनु भनेर । तर आमाले मान्नु भएन । घरमा सानो भाइ र भाउजू पहिलो पटक आयको हुनाले पनि सबै कुरा बिर्सिएर बुवाले अनुहार उज्यालो पार्नु भएको । नाती प्रतिको आशक्तीले आमाले पनि मेरो अनुनय विनय सुन्ने फुर्सत पाउनुभएन । तर समग्रमा हाम्रो दशैं रमाईलो भयो । बुबा आमाको अनुहारमा फक्रेको हाँसो ले मलाई काठमाडौको तिरस्कार विर्षाएको थियो।दाइ म्याथको टिचर भएकोले दसै तिहार बिदामा पनि ट्युसन हुन्छ । पुर्णिामा भन्दा पछि न बस्ने भन्दै फर्किने चाजोपाजो मिलाउन थाल्नु भयो । मन न हुदाहुदै पनि बचेखुचेका रहरको पोको बोकेर फेरि गाढी चढे काठमाडौ जानको लागी ।घरको सबै काम म एक्लैले गर्नु पर्थ्यो त्यसैमाथी भाउजुले शिक्षक सेवाको तयारी गर्नु पर्ने । भाइ च्याँ गरेर रुन सम्म नहुने जिम्मेवारी मेरो काँधमा आईपर्यो ।

दसैं पछि भाउजुकी बैनी पुजा पनि एसएलसीमा पुरक परेर पास भैछ्न । उनलाई पनि यतै राखेर पढाउने भाउजुको कुरा आयो ।दाईको मन पनि त्यसतै । लगत्तै उनीपनि काठमाडौ हाम्रै आइन । एउटा कोठा दाइ र भाउजुको लागी एउटा सोल्टिनी र मेरो । एउटा भान्छाकोछा गरी ३ ओटा कोठा थिए हामी बस्ने फ्याटमा । पुजा आयको २ दिनमै राम्रो प्राइभेट कलेजमा भर्ना भईन । आउन जानस्कुल बस थियो । चिटीक्कको मिलेको कल्ज ड्रेस, जाडोको लुगा, किताब कपि जे भन्यो जस्तो भन्यो त्यस्तै ल्याइदिने दाइले तर बिचरा म ..! कलेज सधैं पैदल जान्थें । किताब सधैं हातमा हुन्थ्यो । पुजा र मलाई कुनै पनि कुरामा तुलना गर्न मिल्दैनथ्यो । किनकी उनी दाइकी साली थिइन र म बहिनी थिएँ ।

पुजाको र मेरो उमेर उस्तै थियो तर प्रकृती ले दिएको सारीरीक वनोटमा केही भिन्नता हरु थिए । म सानैं देखी खिरीलो ज्यानकी थिएँ । उमेर मेरै जत्तीनै भएपनि पुजा निकै खाईलाग्दी थिईन । लेख्न लजाएर के गर्नु खै । जताततै बाट पुष्टीएको पुजाको पुट्ट परेर चौडीएको नितम्ब र उचालिएका वक्षस्थल थिए । अनुहारको हाउभाउ र कुरा ब्यक्त गर्ने तरीका पनि बेग्लै थिए । काठमाडौको जाडोले मेरा गाला चाउरिएका थिए भने पुजाका गालामा जवानिको लाली चढाएको थियो त्यही जाडो ले । धेरै कुराको अभाव पुजाले दाइसंग मुखै नखोलि आखाले ब्यक्त गर्थिन र पाउथीन पनि । मैले आँशुनै बगाएर मागेपनि मेरा मागको सुनुवाई हुदैनथ्यो । समग्रमा पुजा लाई आधुनिक तरुनी युवती र म लाई झुम्रे केटी मा परिणत गर्दै थियो काठमाडौ ले ।

पुजाका माग तत्काल पूरा पनि भैहाल्थे । खै त्यो पैसा दाईले कमाएर खर्च गर्नुहुन्थ्यो या पुजाको लागी भाउजुको माईत बाट आउथ्यो त्यो कुरा दाईलाई नै थाह होला । दैनिकी वितीरहेको थियो । बेलुका म भान्छामा ब्यस्त, भाउजू भाइको स्याहार सुसारमा तिर ब्यस्त । फक्रेर तरुनी भएकी पुजा गणीतमा झनै कमजोर त्यसमाथी मेरो दाई गणीत शिक्षक भएकोले होला पुजाको पढाईमा दाईको बढीनै चासो थियो । त्यही अतिरीक्त पढाईले पुजा र दाइको दुरि झन झन कम हुँदै थियो । हरेक कुरामा आखाको इसारा ! भाउजुले यस्ता कुरा खासै मतलब नगर्ने कीनकी भाउजु लाई आफ्नी बहिनी बच्चै भएकोमा कुनै शंकानै थिएन । यस्तै हुँदाहुँदै दिनहरू बितीरहेका थिए ।

एकदिन बेलुकीको खाना खाइवरी पुजा र म कोठामा पसेका थियौ । एकैछिन पढ्नु पर्यो भनेर किताब के पल्ट्याउन आटेकी थिएँ ढोकामा टक टक आवाज आयो । पुजाले चुक्कुल खोलीदिईन । दाइ आउनु भएको रहेछ । पुजालाइ पुलुक्क हेरें र घोप्टिएँ किताबमा । पुजाको अनुहार रातो भएको थियो।

बेडको कुनामा पुगेर सिरानी आड लगाएर पुजाको किताब तान्दै दाइ बोल्नु भो । खै कुन विषय हो बुझीन भन्थ्यौ नि पुजा ! ल भन म सिकाइ दिन्छु ……. ! पुजा मुस्कुराउदै दाइको नजिकै बसेर यी यो हो भनीन । म आत्तिएँ । दाइले छिटो बाहिर जा भनेपनि हुने.. । म मनमनै भुतभुतीदै दाइको आवाज पर्खिरहें । ए मुना जा त पल्लो कोठामा गएर एकछीन भाइ लाई हेर्दे । भाउजूको परिक्षा आइसक्यो । एकछीन भएपनि किताब हेर्छे । त्यही आदेश पर्खीरहेकी मलाई सजीलै भयो । दाइ बोल्नासाथ म ढोकाबाट निस्की हालें । छिनभरमै भित्र बाट चुक्कुल लगाएको आवाज आयो ।

पल्लो कोठामा गएँ .. भाउजू सुतिरहनु भएको रहेछ । भाइ निदाइसकेछ । मुना ..! भाउजू ले पुलुक्क हेर्नुभो । हजुर भाइ त निदाएछ एकछीन भाईसंग खेल्छु भनेर आको । अँ ! सुतिसक्यो बाबु त । एकक्षण मौनता छायो । अनी भाउजु बोल्नु भयो मुना बरु भाडा माझेर सुते बिहान अलि अबेर सम्म सुत्न पाइन्छ नि । यस्तो चिसो छ बिहानमा त पानी झन हातै कठ्याँग्रीने गरि चिसो हुन्छ । म संग जवाफ दिने कुनै शब्द नै थिएन । चुपचाप जुठाभाडाको बाटा लिएर बाहिर निस्किएँ । आखाबाट अनायसै आँसु झर्यो । भाडा मस्काउदै गर्दा अनेकौं कुरा मनमा खेल्न थाले । म कति अभागी रहेछु भगवान मेरो पनि एउटा दिदी भएको भए कति खुशी हुन्थें होला । यसरी पढ्न भनेर दाइको सहारामा बस्न पर्थेन होला । दिदी संगै बस्थे । यस्तो चिसोमा मलाई पनि पुजाको जस्तै ज्याकेट किन्दिनु हुन्थ्यो होला भिनाजु ले । चिसोमा रातीराती भाडा पनि माझ्न पर्थेन । दिदिकै नन्दले माझ्थिन होला । पुजाजस्तै प्राइभेट कलेजमा पढ्न पाउथे होला ।

यस्तै यस्तै सोच्दै म धारामा भाडा माझिरहेकी थिएँ । अचानक साबुन चिप्लिएर भाडा भुइँमा बझारियो । हिसाब सिकाउने बाहानामा १६/१७ बर्से जवान साली काखमा च्यापेर मस्त एक अर्काको मायामा लिन भएका पुजा र दाइ लाई म धारामा छु भन्ने थाहा बल्ल भयो दाइ उठेर गेट नेर आए ! “राम्रो संग गर्नुपर्छ नि, रातको समय छ मान्छे हरु पढी’रा हुन्छन् सुतिरहेका हुन्छ्न डिष्टर्व हुदैन “? ….!! हस दाई ! सधैं झैं आज पनि मेरो घाँटी अवरुद्द भयो । दाईको अगाडी मेरो मुख वाट वाक्य फुटेन ।

दाइ निस्केर आफ्नो कोठामा जानुभएछ भाडा माझ्ने काम सक्याएर म कोठा भित्र पसें । पुजा असाध्यै अप्ठेरो मानिरहेकी थिइन् । अनुहार पुरै रातो भएको थियो । नोट र बुक हरु जस्तो पहिले राखेकी थिइन् जस्ताको तस्तै थिए । लिपीष्टीक र गाजल पुरै लत्पत्तीएका थिए । ओच्छ्यानको तन्ना खुज्मुज्जीएको थियो । पुजाको छातिको अलि माथी घाँटी मुनीको खुल्ला ठाउँमा राताराता दाँतका डोब जस्ता दाग प्रस्टै देखिएका थिए । म आफै अलमक्क परें । न केही सोध्नु न बोल्नु म चुपचाप पल्टिएँ ओच्छ्यानमा र सोचें …!! मेरी भाउजुले दाईलाई हदभन्दा बढी ईमान्दार ठान्छीन की आफ्नी बहीनी लाई उमेर भन्दा सानी सोच्छीन ? म संग जवाफ थिएन ।साँच्चै भन्नुपर्दा मलाई सधैं पुजा जस्तै हुन रहर नलागेको कहाँ हो र ! तर आज म संग पुजा जस्तो हुने कुनै रहर बाकी रहेन..!! … उफ आज निद्रा पनि लागेन ….!!

प्रतिक्रिया

सम्बन्धित