किन दन्किदैछ प्रदेशको नाममा आगो ?

मुलुक संघिय संरचनामा गईसकेको छ । तीनै तहको निर्बाचन पनि सम्पन्न भईसकेको छ भने ७ वटा प्रदेशमध्ये एउटा प्रदेशको नाम कर्णाली प्रदेश समेत सर्बसम्मत रुपमा कर्णाली प्रदेश नामाकरण भईसकेको छ । देशकै समृद्ध दाबी गरिएको प्रदेश नम्बर १ मा भने प्रदेशको नामाकरणमा भित्रभित्रै आगो दन्किन् थालेको छ । एकातिर प्रदेशको स्थायी राजधानी बिराटनगर बाहिर हुनुपर्ने माग गर्दै पुर्बका अन्य शहरमा शान्तिपुर्ण आन्दोलन जारी रहेकै बेला प्रदेशको नाम को बिषयलाई लिएर दबाब नै सिर्जना हुन थालेको छ ।

कतै हस्ताक्षर अभियान जारी छ भने कतै सार्बजनिक कार्यक्रम मार्फत नै प्रदेशको नाममा आफु अनुकुल हुनुपर्ने माग तिबै रुपमा उठेको छ । सुनसरीको धरानमा आदिवासी लिम्बुहरुले प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्न थालेका छन लिम्बुहरुको संस्था किरात याक्थुङ चुम्लुङको धरानमा ४ दिनसम्म चलेको १० औ महाधिवेशनले पारित गरेका सामसामयिक प्रस्ताव र निर्णयहरु सावजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यो कुरालाई जोडदार रुपमा उठाए । उनीहरुले प्रदेश नंं १ को नामाकरण गर्दा पहिचानविरोधी विराट कोशी, सगरमाथा नाम राखिए त्यसको कडा प्रतिवाद गर्ने बताउदै प्रदेश नं. १ को राजधानीको नाम लिम्वुवान प्रदेश राखिनुपर्ने भन्दै चेतावनी दिएका छन ।

कतै हस्ताक्षर अभियान जारी छ भने कतै सार्बजनिक कार्यक्रम मार्फत नै प्रदेशको नाममा आफु अनुकुल हुनुपर्ने माग तिबै रुपमा उठेको छ । सुनसरीको धरानमा आदिवासी लिम्बुहरुले प्रदेश नं. १ को नामाकरण पहिचानको आधारमा हुनुपर्ने माग गर्न थालेका छन

प्रदेश सरकारले खोला, नाला, हिमाल जस्ता नामबाट प्रदेशको राजधानी बनाउन खोजिए आन्दोलन चर्काउने चेतावनी समेत दिए । १० औ महाधिवेशनले प्रदेश नं. १ को राजधानी लिम्बुवानको माग गरेपनि केही समय अगाडि आदिवासी राईहरुको अर्को संस्था किरात राई यायोख्खासंगको छलफल र बहसबाट साझा नाम खोजीका लागि दुवै संस्थाबाट ८ कार्यदल गठन गरिसकेको अवस्थामा दुवैको पहिचान रहने गरी किरात लिम्बुवान राज्य नामाकरण गरिए आफूहरु पनि त्यसमा सकारात्मक रहेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष कमल तिगेलाले बताए ।

नरेन्द्र बस्नेत

दशौ महाधिवेशनबाट पारित २७ बुदे निर्णहरुहरुमा उनीहरुले लिम्बुवानका केही धर्मिक, सांस्कृतिक थलोमाथि धमाधम अतिक्रमण भइरहेको प्रति चिन्तित बनेको उल्लेख गरेका छन् । उनीहरुले ताप्लेजुङको मुकुमलुङलाई अतिक्रमण गर्दै पाथीभरा नामाकरण गरिएको, तेह्रथुमको म्याङलुङ देवीलाई सिंहवाहिनी, पाँचथरको कुम्यायकलाई सिद्धदेवी जस्ता नामाकरण गरी धार्मिक सांस्कृतिक अतिक्रमण बन्द गरेको भन्दै यस्ता कार्य बन्द गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गरेका छन् ।

उनीहरुले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको समाधिस्थल र तमाम किरातहरुको धार्मिक साँस्कृतिक तथा पर्यटकीय स्थल नाम्फुूङयक सिलोटी पाँचथर पौपा भञ्ज्याङमा किरात याक्थुङ चुम्लुङको जातजातिहरुले आफनो पहिचानको आधारमा प्रदेशको नामकरण गर्दै जाने हो भने त्यो पनि न्यायसंगत नहोला । सबैले माग गर्दैमा सबै कुरा पाउँदै जाने हो भने सबै जातजाति र भाषाभाषिहरुको आफनो ईतिहास रहेको छ । सबैले आफु र आफनो मात्र राम्रो देख्ने क्रमको बिकास भयो भने प्रदेशमा द्धन्दको आगो सल्किने निश्चित रहेको छ । तसर्थ सबै जातजाति,र भाषाभाषीको सम्मान हुने गरी एउटा कुनै नाममा सहमति गर्नुको बिकल्प छैन । हामी सबैले आफनो माग तेस्यार्यौ भने त्यसबाट समाधान निस्किन्न ।

यसो गरे कसो होला ?

प्रदेशको राजधानीको विषयमा संसदमा बहस नै सुरु हुन सकेको छैन । प्रदेशको नाम, राजधानी लगायतका विषय छिटो टुङ्गो लगाउनु अलिकति पनि ढिलाई गर्नुहुँदैन । प्रदेश सरकारले प्रदेशको नाम, स्थायी राजधानीको टुङ्गो लगाउँदै विकासका काम अगाडि बढाउनु जरुरी छ । प्रदेश नम्बर १ मा एमालेको बहुमतको सरकार छ । प्रदेशको नामको बिषयमा अल्झिनुभन्दा सगरमाथा प्रदेशको नामकरण गर्दा खासै विवाद देखिन्छ जस्तो पनि लाग्दैन । किनकी यो कुनै जातजाति, भाषा र संस्कृति बिशेषभन्दा यो नेपालको मात्र नभएर बिश्वमै नेपाललाई परिचित गराउने सम्पदा समेत हो । यो नामलाई प्रस्तावका रुपमा लैजाने हो भने यो नाममा सहमति जुटन सक्छ । तसर्थ

प्रदेशको नाम सगरमाथा राखे कसो होला ?

‘कार्यव्यवस्था परामर्श समिति र प्रदेशसभा नियमावली मस्यौदा समिति गठन भएको छ । यो ढिलाई पहिलो अभ्यास भएका कारण पनि हुनसक्छ । तरपनि सरकार विस्तार, राजधानी तथा प्रदेशको नामाङ्कको विषय चाँडो टुंग्याउनु जरुरी छ । यो बिवाद टुंग्याउन सकेमात्र सकारात्मक सन्देश जानेछ । नामकै बिषयमा प्रदेश सरकार अल्झिने हो भने कहिले हुन्छ बिकास अनि कहिले बन्छ समृद्ध प्रदेश ?

प्रतिक्रिया

सम्बन्धित