विराटनगरमा कवि खरेलको एकल वाचन

इटहरी /  प्रदेश नं १ को राजधानी विराटनगरमा शुक्रबार कवि राम खरेलले आफ्ना ७ वटा कविताहरु एकल कविता वाचन कार्यक्रममा सुनाए । चेतना संरक्षण प्रतिष्ठान नेपालले विराटनगरमा आयोजना गरेको चेतना मासिक कार्यक्रमको एकाईशौ सृङ्खलामा मा शुक्रबार कवि तथा सञ्चारकर्मी खरेलको एकल कविता वाचन गरिएको हो । खरेलको कविता संग्रह अक्षरमा मान्छे भित्र र त्यसबाहेकका कविताहरु वाचन गरिएको थियो ।

कार्यक्रममा आयोजकका तर्फवाट उमेश दहालले उपस्थित अतिथीहरुलाई स्वागत मन्तव्य राखेका थिए । रमा प्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको एकल कविता वाचनमा सभापति गंगा सुवेदी हुनुहुन्थ्यो भने कार्यक्रम सञ्चालन मिन कुमार नवोदितले गर्नु भएको थियो ।

मकालु टेलीभिजनको सभाहलमा सम्पन्न भएको कार्यक्रममा खरेलले “यो बोट, अध्यारो कोठाबाट, फूल्नबाकी फूल , रातो डायरी, मृत्यूको नजिक, मन पोखिएपछि र बा” शिर्षकको कविताहरु वाचन गरेका थिए ।

चेतना संरक्षण प्रतिष्ठान नेपालले प्रत्येक महिना चेतना मासिक कार्यक्रम आयोजना गर्दै आएको छ । खरेलको अक्षरमा मान्छे कविता संग्रह सँगै महान् वाणी, रे र रेडियो पत्रकारिता लगायतका कृती प्रकाशीत छन् ।

प्रतिक्रिया

सम्बन्धित