महान बैज्ञानिक स्टिफन हकिङका अति कामलाग्ने भनाईहरु

न्युयोर्क / वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङलाई संसारमा नचिन्ने को होलान र । तर, अब उनको भौतिक शरीर हामीबीच रहेन ।उनको  बुधबार मृत्यु भएको छ । उनलाई दोस्रो आइन्सटाइन पनि भनिन्थ्यो । उनले आफ्नै निवास युकेको क्याम्ब्रिजमा ७६ वर्षकोउमेरमा देह त्याग गरे  शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जब उनि २१ बर्षका थिए उनि असक्त भए ।

डाक्टरले उनलाईन्युरो रोगको कारण प्यारालाईज्ड भएको र २ बर्ष भन्दा बढी नबाच्ने दाबी गरेका थिए तर उनि अरु ५५ बर्ष बाँचेर संसारलाईअचम्मित मात्र पारेनन् भौतिक शास्त्रका ठुला बाज्ञानिक भएर देखाईदिए । विद्यालय जीवनमा उनी अतिनै सामान्य विद्यार्थीथिए भन्ने गरीन्छ । उनको पढाई-लेखाई राम्रो थिएन । उनको भविष्यप्रति शिक्षक तथा परीवार समेत चिन्तित थिए । तर पछीत्यही कमजोर बालक स्टीफन हकिंगको रुपमा संसार विख्यात भए, भौतिक विज्ञानको खोजले ।

अचम्म त के छ भने सन् १९८८ मा हकिङले लेखेको पुष्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ पुस्तक प्रकाशित भयो । पुस्तकले विश्वलाईहल्लायो । १० मिलियन भन्दा बढि पुस्तक विक्री भएको जनाईन्छ । पत्रपत्रिकाहरुमा हप्तौ सम्म उनको पुस्तकबारे चर्चा/परिचर्चा भईरहे ।

स्टिफन हकिङले बिभिन्न चरणमा भनेका केहि महत्वपूर्ण भनाई वा बाणीहरु पढौ यसले हाम्रो जीवननै बदलीदिन सक्छ

१-मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरागरिराख्नु जरुरी छ ।

२- आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिलेपनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।

३- जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।

४- म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।

५- मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमापाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।

६- ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।

७- म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।

८- मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।

९- हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसलेहामीलाई खास बनाएको छ ।

१०- हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।

११- तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाकोअपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।

१२- यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमाउनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।

१३- यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिनागल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।

१४- कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।

१५- जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।

नोट-बिभिन्न समाचार र स्रोतको सहयोगमा तयार पारीएको

प्रतिक्रिया

सम्बन्धित