अस्ट्रेलिया उच्च शिक्षाका लागि महत्वपूर्ण गन्तब्य बनेको छ – शिशिर सिंखडा, संस्थापक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजी

 

दुई वर्ष यता राजधानीमा रहेर विद्यार्थी अभिभावकलाई ABROAD STUDYका विविध विषयमा परामर्श दिईरहनु भएको छ । आठ वर्षअघि स्थापित क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले विद्यार्थीलार्ई विदेश जान सहजीकरण मात्र गर्दैन, उनीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई शुक्ष्म रुपमा अध्ययन गरेर मात्र परामर्श गर्ने गरेको छ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीमार्फत अष्ट्रेलिया, न्यूजल्याण्ड, बेलायत, अमेरिका तथा इण्डियाका उत्कृष्ठ विश्वविद्यालय र कलेजमा गएर उच्च शिक्षा हासिल गर्न सकिन्छ । राजधानीको मुटु बागबजारमा मुख्य कार्यालय रहेको क्याम्ब्रिजको देशका विभिन्न शहरहरुमा १२ ओटा शाखा कार्यालय रहेका छन् । भने, चाँडै मध्य पश्चिमको बुटवल र ललितपुरमा समेत शाखा कार्यालय सञ्चालनमा आउने भएको छ ।

यतिबेला ABROAD STUDY मा जाने विद्यार्थीहरु अस्टे«लिया प्रति धेरै आकर्षित भएका छन । प्लस टु एसईई उत्तिर्ण गरेका, ब्याचलर मास्टर्स गर्न जान चाहने धेरै विद्यार्थीहरु अस्ट्रेलियाको शिक्षा प्रति आकर्षित भएको देखिन्छ । क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीले केहि वर्ष यता अस्टे«लियाका लागि काम गर्दै आईरहेको छ । नेपाली विद्यार्थी ABROAD STUDY मा अस्ट्रेलिया किन जान आवश्यक छ ? अस्ट्रेलियाको शैक्षिक, आर्थिक, सामाजिक अवस्था कस्तो छ ? विदेश किन जाने लगायतका विषयमा क्याम्ब्रिजका संस्थापक निर्देशक सिंखडासँग गरिएको कुराकानीको संक्षेपः

नेपाली विद्यार्र्थीहरु अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था राम्रो नभएर हो या, विदेशमा अवसर पाएर हो ?

नेपाली विद्यार्र्थी अध्ययनका लागि विदेश जानुको कारण नेपालको शैक्षिक अवस्था नराम्रो भएर र विदेशमा अवसर ज्यादा पाएर पनि होइन । अहिले ब्द्यच्इब्म् क्त्ग्म्थ् विद्यार्र्थीको रहरअनि साथीभाइलाई पछ्याउने लहर, सामाजिक र पारिवारिक संस्कार जस्तै बनेको छ ।

विदेश गएर पढिसकेपछि त्यहाँको शिक्षा, नीति नियम, परिवेश, विकासका कार्यशैली, आदी कुराहरु भेट्ने, देख्ने र सिक्ने भएकाले ब्दचयबम क्तगमथ मा जानु नेपालको विकासमा सहयोग पुग्नु पनि हो ।
नेपालको विकासको लागि विदेशबाट महंगो शुल्क तिरेर प्राविधिक जनशक्ति भित्र्याई रहेको अवस्थामा नेपालबाट गुणस्तरीय शिक्षाका लागि ABROAD STUDY मा जानु भनेको देश निर्माणको लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्नुपनि हो । विदेश गएर उच्च शिक्षा हासिल गरेर दक्ष जनशक्ति उत्पादन हुँदा नेपालको विकासमा ठूलो टेवा पुग्न सक्छ । देशलाई कसरी कुन मोहडामा विकास गर्ने भन्ने कुरा बाहिर पढेर आएका विद्यार्र्थीबाट धेरै सिक्न सकिन्छ । यसर्थ, नेपाली विद्यार्थी ABROAD STUDY मा जानु भनेको आफ्नो, समाजको तथा राष्ट्रकै आवश्यक्ता हो ।

नेपाली विद्यार्र्थीहरुको अस्ट्रेलिया तर्फ आकर्षण बढ्नुको कारण के हुन सक्छ ?

अस्टे«लियाका दुई तीन पक्षहरु एकदमै राम्रा छन् । त्यहाँको प्राविधिक शिक्षा विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने छन् भने, अध्ययन सकिएपछि विद्यार्र्थीले पीएसडब्लु (पोस्ट स्टडी वर्क) पाउँछन् । जसमा उनीहरुले पढाइपछि दुई तीन वर्ष काम गर्न पाउँछन् । सो समय उनीहरुले आफ्नो सम्पुर्ण लागत सजिलै असुल गर्ने अवसर पाउँछन् । सँगसँगै स्थायी बसोबासकोे अनुमति लिनका लागि पिआर (परमानेन्ट रेसिडेन्सी) एप्लाई गर्ने अवसर पाउँछन् ।गत वर्ष मात्रै ४ हजार १ सय ३० नेपालीले पिआर (परमानेन्ट रेसिडेन्सी) पाउन सफल भए । धेरै जसो विद्यार्थी भिसामा अस्ट्रेलिया आएका बिद्यार्थीले Skilled Independent visa (subclass 189) अन्तर्गत पिआर पाउछन् ।

त्यसोभए नेपाली विद्यार्थीलाई अन्य देशभन्दा करिअर निर्माणको लागि अस्ट्रेलिया उत्तम हो ?

विश्वको जुनसुकै देशमा गएपनि सर्वप्रथम विद्यार्थी स्वयं नै भविश्य प्रति जिम्मेवार, आफ्नो निर्णय प्रति इमान्दार र बलियो नभएसम्म सफलता प्राप्त गर्न सक्दैन । अस्ट्रेलियामा पढाइ सकिने बित्तिकै नेपाल आउन पनि सम्भव हुँदैन । किनभने, उनीहरु नेपालबाट धेरै रकम खर्च गरेर गएका हुन्छन् । अध्ययन पश्चात छ सात वर्ष बसेर आर्थिक उपार्जन गर्न सकिन्छ ।

कतिपय विद्यार्र्थीहरु उतै सानो ठूलो व्यवसाय गरेर सेटल पनि भएका छन् । अस्टे«लिया गएर आफ्नो भविश्य र पढाई प्रति जिम्मेवार बनी ठूलो सफलता प्राप्त गरेका धेरै उदाहरणहरु हामीसँग छन् । एनआरएनका संथापक शेष घले, आरजीआइटी कलेजका सिइओ चन्द्र योञ्जन लगायत धेरैले अष्ट्रेलियामा रहेर विश्वमै नेपाल र नेपालीको शीर उच्च राख्न सफल भूमिका निर्वाह गरेका छन् । सँगसैगै धेरै नेपालीहरु अस्टे«लियाबाट उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएर प्रतिष्ठित क्षेत्रमा स्थापित पनि भईसकेका छन् । त्यसैले अहिलेको हाम्रो देशको निती नियम जस्तो छ, त्यो परिवर्तन नहुन्जेलसम्म अस्ट्रेलिया उच्च शिक्षाका लागि नेपाली विद्यार्र्थीको महत्वपूर्ण गन्तब्य बनेको छ ।

अस्ट्रेलियामा नेपालबाट गएका विद्यार्र्थीले प्राप्त गर्ने अवसरहरु के–के हुन सक्छन् ?

विद्यार्र्थीले त्यहाँको नीति नियम अनुसार अध्ययन पुरा गरिसकेपछि धेरैै अवसर प्राप्त गर्दछन् । पढाइको समय अवधिभर विद्यार्थीलाई ब्यवस्थापनमा केहि कठिनाइ त हुन्छ तर, त्यहाँको सरकारले विद्यार्थीलाई सहजता प्रदान गर्न अध्ययनसँगै पार्टटाइम जब गर्नका निमित्त समयको ब्यवस्थापन गरिदिएको छ । जुन अवसरबाट विद्यार्र्थीहरुले पकेट खर्च जुटाउन सक्छन् । पिएसडब्लु (पोस्ट स्टडी वर्क) पाएपछि आफ्नो पढाईको स्तर र दक्षताको हिसाबले रोजगारीका राम्रा अवसर पाईन्छन् । जसले विद्यार्थीलाई आर्थिक उपार्जनको बाटो समेत खुल्छ ।

नेपाली विद्यार्र्थीहरुले अस्ट्रेलियामा सजिलै ठूला अवसर पाएको अवस्था छ की छैन ?

कामै नगर्ने, पढ्नै नचाहने, आफ्नो भविश्यप्रति जिम्मेवार र चिन्तित नहुनेलाई स्वर्ग नै पठाए पनि केहि फाईदा छैन । अस्टे«लियामा पनि विद्यार्थी आफैंले ‘स्ट्रर्गल’ गरेन भने धेरै समस्या आउँछ । हामी प्रस्ट रुपमा भन्छौँ कि, साथीभाइले समुन्द्री किनारमा, सपिङ् मलमा खिचेका सुन्दर फोटो देखेर विदेश अध्ययन गर्न जाँदै हुनहुन्छ भने, तपाईँ गलत बाटो जाँदै हुनुहुन्छ । संसारमा जहाँ पनि दुःख छ । विभिन्न जिल्लाबाट पढ्नका लागि आउने विद्यार्र्थीलाई काठमाण्डूमा पनि दुःख छ । त्यसैले विद्यार्र्थीले विदेश जाने बेलामा ‘अब मैले परिश्रम गर्नुपर्छ, आफ्नो जिवन तथा परिवारको आशाप्रति इमान्दार हुनुपर्छ, त्यसका लागि म जस्तो सुकै परिश्रम गर्न पनि तयार छु’ भनेर अठोट लिन जरुरी छ । अस्ट्रेलियाको हकमा पनि त्यहि लागू हुन्छ । विद्यार्र्थीले अष्ट्रेलिया गएर कमाउँछु, मोज गर्छु भन्ने सोच राख्छ भने त्यो सोचले आफ्नो भविश्य त अन्धकार हुन्छ नै परिवारको आशा भरोसा तथा लगानी समेत त्यहाँको समुन्द्रमा डुब्छ ।

आफ्ना छोराछोरीलाई विदेश पठाएर धेरै धन सम्पत्ति, मान–सम्मान जोड्ने अभिभावकको सोच कत्तिको सहज होला ?

अभिभावकले जाने वित्तिकै आफ्ना छोराछोरीले धन कमाउँछन्, त्यहाँ त पैसाको रुखै छ, टपक्क टिप्न सक्छन् भन्ने सोच राख्छन् भने, त्यो विल्कुलै गलत हो । हामीले टेलिभिजनका रंगीन पर्दा र सिनेमामा हेरे जस्तो रंगीन जिवन विदेशमा कदापि हुँदैन । यदि मेहनत गर्ने विद्यार्थी छ, आफ्नो भविष्य प्रति, काम प्रति, आफुले लिएको लक्ष्य प्रति इमान्दार छ र, उसमा विषयवस्तुको भोक, प्यास छ भने पक्कैपनि सम्भव हुन्छ । सफलता प्राप्तगर्न विद्यार्थीले धेरै मेहनत गर्नुपर्छ, काम भन्दापनि अध्ययनलाई प्राथमिकता दिए उसले राम्रा अवसरहरु प्राप्त गर्न सक्दछ । गलत कार्यतिर लाग्ने, कुलतमा रमाउने, त्यहाँको निती नियम उल्लङ्घन गर्ने जस्ता असभ्य गतिविधि गर्ने हो भने उसको जीवन नै नष्ट हुन बेर लाग्दैन ।

भर्खरै प्लस टु पास गरेका कच्चा उमेरका विद्यार्र्थीहरुले त्यहाँको दुःख र परिस्थिति सँग जुध्न सक्छन् त ?

सबैभन्दा दुखःको कुरा, नेपालीहरु समयको ब्यवस्थापन गर्न सक्दैनौं । अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई समयको ब्यवस्थापन गर्न शुरुमा निक्कै समस्या पर्छ । त्यससँगै नयाँ परिवेश, नयाँ ठाउँ भएकोले केहि समय ब्यवहारिक पक्षलाई बुझ्न समय लाग्छ । नेपालमा परिवारसँग कुनै काम नगरी बसेको विद्यार्थीलाई त्यहाँ पढाई र कामलाई एकै पटक ब्यवस्थापन गर्नुपर्दा केहि समस्या हुन्छ । यस्ता समस्याहरुसँग जुध्न विद्यार्थीले नेपालमै हुँदा अस्ट्रेलियाको रहनसहन, त्यहाँको नियम कानुन लगायत ब्यवहारिक पक्षलाई इन्टरनेटको माध्यमबाट अध्ययन गर्न आवश्यक छ । साथै, शैक्षिक परामर्शदाताबाट समेत कलेज र विश्वविद्यालयको जानकारी लिनु पर्दछ ।

एउटा विद्यार्थी तपाईसँग विदेश अध्ययन गर्न जान्छु भनेर परामर्श लिनका लागि आउँदा कसरी काउन्सेलिङ गर्नुहुन्छ ?

कतिपय विद्यार्थीहरु अध्ययनलाई पछाडी राखेर पैसा कमाउने उद्देश्य लिएर विदेश अध्ययनका लागि गएको देखेका छौं । त्यसैले हामी कहाँ आउने विद्यार्थीलाई शुरुमै प्रष्ट रुपमा सोध्छौं की, ‘कुन उद्देश्य लिएर विदेश अध्ययनका लागि जाने हो ?’ विद्यार्थीले ‘उच्च शिक्षाकै सोच लिएर आएको हो’ भनेको खण्डमा हामी परामर्श शुरु गर्छौं । त्यसपछि विद्यार्थीको शैक्षिक, आर्थिक, पारीवारिक अवस्था कस्तो छ ? जानकारी लिन्छौं । विद्यार्थीले जान चाहेको देश र कलेजमा अध्ययन गर्न उसको शैक्षिक, आर्थिक क्षमता कस्तो छ त्योपनि अध्ययन गर्छौं । त्यसपछि मात्र विद्यार्थीले अध्ययन गर्ने विषयमा छलफल गर्छौं । त्यो विषय उसको रहर हो, लहर हो या कहर हो त्योपनि प्रष्ट पार्छौँ र, अनीमात्र प्रकृया अगाडी बढाउँछौं । यदि विद्यार्थीको लागत र शैक्षिक क्षमताले भ्याउने देखिएन भने उसलाई हामी स्वदेशमै अध्ययन गर्न सल्लाह दिन्छौं, अथवा कम शुल्कका कलेजहरुमा प्रयास गर्न परामर्श दिन्छौं ।

नेपाली विद्यार्र्थीले अस्ट्रेलियामा कुन तहमा अध्ययन गर्दा के कस्तो शुल्क लाग्छ ?

अस्ट्रेलियामा जुनै तह र विषयमा अध्ययन गरेपनि त्यहाँको डिग्रीको विश्व बजारमा मान्यता छ । प्लस टु पश्चात डाइरेक्ट व्याचलर पढ्न जाँदा कलेज तथा विश्वविद्यालय हेरी ८०–९० हजार डलरको हाराहारीमा कोर्स पुरा हुन्छ । डिप्लोमा लिडिङ ब्याचलर पढ्न जाँदा लगभग ४५ देखि ५५ हजार डलरको हाराहारीमा लाग्छ । सरर्रती हेर्दा भोकेशनल कोर्षमा जाँदा लागत निक्कै कम हुन्छ । र, भोली अस्ट्रेलिया गईसकेपछि विद्यार्थीलाई पर्ने आर्थिक भारपनि कम हुन जान्छ ।

क्याम्ब्रिजबाट अस्ट्रेलिया गएका विद्यार्र्थीहरु भोकेशनल कलेजमा जाने धेरै छन् कि विश्वविद्यालयमा ?

हामी कहाँबाट भोकेशनल कलेजहरुमा जाने पनि छन् र विश्वविद्यालयमा जाने पनि उत्तिकै छन् । तर, पछिल्लो समययता विद्यार्र्थीको लगाव भोकेशनल कलेज तिरै बढि देखिन्छ । किनभने, भोकेशनल कलेजमा खर्च कम लाग्छ । त्यसैले हामी विद्यार्थीलाई पटक–पटक भन्ने गर्छौं, साथीको लहैलहैमा लागेर नजानुस् । आफ्नो आर्थिक स्थिति हेरेर जानुस् ताकी भोली कलेजको शुल्क तिर्ने बेलामा घरको सम्पत्ति बेच्न नपरोस् ।

क्याब्रिजले विद्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिने काम गर्छ की अस्ट्रेलिया पुगिसकेपछि पनि साथ र सहयोग दिन्छ ?

हामी विद्यार्थीलाई नेपालमा मात्र परामर्श र सल्लाह दिँदैनौं अस्टे«लिया पुगिसकेपछि पनि उत्तिकै सहयोग र साथ दिन्छौं । हाम्रो शाखा कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ । अस्ट्रेलिया पुगेका विद्यार्थीलाई सहजता होस् भनेर हामीले सर्वसुलभ मुल्यमा होस्टेल पनि उपलब्ध गराउने गरेका छौं । हामीले अहिलेसम्म जतिपनि विद्यार्र्थीहरुलाई उच्च शिक्षाकालागि बाहिर पठाएका छौं ती सबै विद्यार्थीहरु सन्तुष्ठ रहेको पाएका छौं । हामीले पठाएका विद्यार्थीले नराम्रो टिकाटिप्पणी गरेको पाएका छैनौं ।

विद्यार्थीले सही कन्सल्टेन्सी र परामर्शदाता छनौटमा के–के ध्यान दिनुपर्छ ?

शिक्षण संस्था छनौटमा विद्यार्र्थीमात्र नभएर अभिभावकले पनि ध्यान दिनुपर्ने हुन्छ । आफ्नो छोराछोरीको भविष्यको लागि अभिभावक स्वयंम संस्थामा गएर बुझ्नुपर्छ । शिक्षण संस्था सञ्चालन गर्ने व्यक्ति कस्तो खालको छ ? त्यसको पृष्ठभूमि के हो ? शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त हो कि होइन ? छाता संगठनमा आबद्ध छ की छैन ? बुझनुपर्छ । अनि उसले पठाएका विद्यार्र्थीहरु कति गएका छन् र ती विद्यार्र्थीहरुको अवस्था कस्तो छ ? त्यो सबै अभिभावकले बुझ्नु जरुरी छ । सहि कन्सल्टेन्सी र परामर्शदाता छनौट गरेको खण्डमा विद्यार्थीको करियर निर्माणमा समेत सहयोग पुग्छ ।

अस्ट्रेलिया उच्च अध्ययन गर्न जान चाहिरहेका विद्यार्थीलाई परामर्शदाताको रुपमा के सन्देश दिन चाहनुहुन्छ ?

क्याम्ब्रिज एउटा परिवारबाट सञ्चालित प्रतिष्ठित संस्था हो । हामी विद्यार्थीलाई कुनै प्रलोभन र झुट्टा आश्वासन नदिई सहि सत्य–तथ्य कुरामा आधारित भएर परामर्श दिन्छौं । हाम्रा शाखाहरु इलाम, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, चितवन र मुख्य कार्यालय काठमाडौँको बागबजार र नयाँ बानेश्वरमा रहेको छ । यी शाखाहरुबाट तपाईहरुले दक्ष तथा मान्यता प्राप्त काउन्सलरबाट शैक्षिक परामर्श लिन पाउनु हुन्छ । तसर्थ, आफ्नो भविष्य निर्माणको आधार तय गर्नुअघि एक पटक क्याम्ब्रिज इन्ष्टिच्युट अफ टेक्नोलोजीका शाखा तथा प्रमुख कार्यालयमा भ्रमण गर्नुहुन अनुरोध गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…