नारी संघर्षको सफल उदहारण – धरानकी साहित्यकार तथा समाजसेवी कुन्ता शर्मा

धरान । भनिन्छ जिवन संघर्षले भरीएको एउटा मैदान हो । जहा हरपल केही न केही संग संघर्ष गरिरहनुपर्छ । यस्तै संघर्षबाटै समाजमा ख्याती कमाउनुभएकी धरान निवासी साहित्यकार एवम राजनीतिज्ञ कुन्ता शर्माको दिनचर्या अहिले फरक रहेको छ । उमेरले ७० कटिसक्नु भएकी शर्मा धरान क्षेत्रको श्रष्टाको रूपमा पनि चिनिनुहुन्छ । बि.स.२००३ साल भदौ १ गते शनिबारको दिन जन्मनुभएकी श्रेष्ठ अहिले कविता लेखन र समाजसेवामा ब्यस्त हुनुहुन्छ । बाल्यकाल देखि नै कविता लेखन र साहित्य क्षेत्रमा रूचि राख्दै आउनुभएकी कुन्ता श्रेस्ठ जिवनमा सफल साहित्यकार संगै दर्जनौ उपाधीहरूबाट सम्मानित भइसक्नुभएको छ ।

२०५६ सालमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यमा बिजयी हुनुभएको श्रेस्ठ राजनीतिक जिवनमा पनि उत्तिकै सफल महिलाको रूपमा चिनिनुहुन्छ । उहाले धरानका बिकासको निम्ति पुर्याउनुभएको योग्दान सदैव स्मरण योग्य रहेका छन । यहाँ सम्म आइपुग्दा पनि उहाले आफ्नो साहित्यिक क्षेत्रलाई माया मार्न सक्नुभएन फलस्वरूप एक दर्जन बढी ख्याती प्राप्त संस्थाहरूले उहालाई बिभिन्न बिधामा पुरस्कार समेत प्रदान गरीसकेका छन ।

उहाले नाम चलेका लोकेन्द्र स्मृति पुरस्कार , व्यथित काव्य पुरस्कार , केवलपुरे प्रतिभा पुरस्कार , पारिजात सिर्जना पुरस्कार , साहित्य सन्ध्या पुरस्कार , प्रेस काउन्सिल पुरस्कार , हरिहर शास्त्रि पुरस्कार , रूपात्रेय पुरस्कार जस्ता दर्जन बढी साहित्यकि पुरस्कारहरू पाइसकनुभएको छ । जिवनलाई नजिकबाट नियालनुभएकी श्रेस्ठ अहिले समाजसेवा नै आफ्नो मुल आधार मान्नुहुन्छ। साहित्यिक पाटो संगै राजनीतिक र समाजसेवा मेरा लागि अतिनै प्रीय छन उहा भन्नुहुन्छ ।

फुर्शदको समय उहाँ अझै पनि मन छुने साहित्यहरू कोर्दै बसिरहनुहुन्छ । उहाले निकाल्नुभएको केही कृतिहरू समस्त पाठकहरूको मुक्तकण्ठले खुलेरै प्रसंसा गर्ने गरेका छन । अहिले उहाको परिवारमा तीन छोरा ,तीन बुहारि र नातिनातिनाहरू रहेका छन । प्रकासनमा आएका मध्ये पोथि बास्नु हुदैन भन्ने कविता धेरै प्रशिद्ध रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित