साहित्यकारको शालिकमुनि डेटिङ स्पट !

बेलबारी । मोरङको बेलबारी ३ पुण्यचौकमा रहेको साहित्यकार तथा गितकार स्वर्गीय पुण्यप्रसाद सुवेदीको शालिक मर्मत सम्भार नहुँदा जिर्ण मात्र बनेको छैन,लागुऔषध दुब्र्यसनीहरुको रात्रीकालीन अखडा र युवायुवतीको रात्रिकालीन डेटिङ स्पट समेत बन्दै गएको छ ।

बेलबारी साहित्य बिकास समितिको पहलमा ३ बर्षअघि निर्माण भएको सो शालिक अपायक स्थानमा रहेका कारण पनि समस्या भएको र शालिकको आसपासमा रात्रीकालीन समयमा हुने अबाञ्छित क्रियाकालपले स्थानीय बासिन्दालाई समेत समस्या भएको स्थानीय सञ्जय सुवेदी बताउँछन । स्व. सुवेदीका छोरा पर्शुराम सुवेदीले पटक पटक संरक्षणको जिम्मा परिवारलाई दिन आग्रह गरेको भएपनि समितिले त्यो गर्न पनि नसकेको र संरक्षण गर्न पनि नसकेको हुँदा स्व।बुबाको बेईज्जत भएको प्रतिक्रिया दिएका छन । यस बिषयमा बेलबारी साहित्य बिकास समितिकी अध्यक्ष रेखा सुवेदीले पटक पटक शालिकको मर्मत गरिएको,सो स्थान अपायक नभएको र अब के गर्ने भन्ने बिषयमा छलफल गरी निर्णय गरिने प्रतिक्रिया दिएकी छिन ।

ठुल्दाईका उपनामले नेपाली साहित्यकाशमा बिशिष्ठ स्थान बनाएका स्व।पुण्यप्रसाद सुबेदी नेपालका बरिष्ठ साहित्कार तथा नेपालका लोकप्रिय गीतकारका रुपमा परिचित छन ।

सुबेदीका साँघरी वारी नि हौ यो धारापानी,घुमाईमा घुमाई घुम बन्ने दाजु,र सितलुमाथि नि सित्तलु भयो, लगायतका लोकगीत कालजजयी बनेका छन । उनको स्मृतिमा २०६८ सालमा मोरङको बेलबारीमा यस क्षेत्रमै पहिलोपटक साहित्य महोत्सब समेत आयोजना गरियो । महोत्सवमा नेपाल,भारत र भुटानका गरी २ सय बढी बिशिष्ट साहित्यकारहरुको उपििस्थति रहेको थियो । बेलबारी साहित्य बिकास समिति बेलबारी मोरङको आयोजनामा २ दिने पुण्यस्मृति साहित्य सम्मेलन तथा बेलबारी साहित्य महोत्सब भएको थियो । बेलबारीमा रहेर बेलबारीको शिक्षा,साहित्य र समाजसेवामा बिशिष्ट योगदान गरेका सुबेदीलाई धेरैले बिर्सिएपनि केही अगुवाहरुले उनको योगदानको आजपनि उत्तिकै चर्चा गरिरहेका छन ।

प्रतिक्रिया

सम्बन्धित