के ओलीले आफना पुराना बाचा पुरा गर्लान ?

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले देशबासीका नाममा सम्बोधन गरेपछि बिहिबार राजीनामा दिए भने एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा नियुत्त भईसकेका छन भने आजै सपथ लिँदैछन ।  यसभन्दा अघिल्ला सरकारहरुमा प्रधानमन्त्रीले राजीनामा दिएको केही सातापछि मात्र नयाँ प्रधानमन्त्री चयन हुने गरेका थिए । तर यसपटक त्यसो भएन् प्रधानमन्त्रीले राजीनामा दिए लगत्तै राष्ट्रपति कार्यलयले ओलीले नियुत्त गर्यो । मानौँ कि नियुत्ति पहिला नै तयारी अबस्थामा राखिएको थियो ।

बिरलै रुपमा देखिने त्यस्ता घटनाक्रमहरु संयोग मात्र हुन सक्छन तरपनि बिहिबारको संयोग भने रोचक नै थियो । लाग्दथ्यो कि सबै तयारी थियो र बिधि मात्र फुकाईयो । राजीनामा अघिको सम्बोधनमा देउवाले आफ्नो नेतृत्वमा तीनवटै तहको चुनाव गराउनु कार्यकालको सफलता भएको बताए  । उनले आर्थिक अवस्थामा सुधार भएको र विभिन्न देशहरुसँगको कुटनीतिक सफलता पनि मिलेको बताए । देउवाले आफ्नो नेतृत्वको सकारले देशलाई समृद्धिको मार्गमा अगाडि बढाएको   बताए ।

सम्बोधनसँगै प्रधामन्त्रीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेका छन् ।  देउवाले  सम्बोधन सकेर देउवा राजीनामा बुझाउन राष्ट्रपति कार्यालय शीतलनिवास गएर राजीनामा बुझाएका थिए ।  निर्बाचनपछि बढी आलोचित बनेपनि देउवाले आफनो कार्यकालमा शान्तिपुर्ण तवरले तिनै तहको निर्बाचन गरे । यो उनको सबैभन्दा ठुलो उपलब्धि नै हो । निर्बाचनमा स्पष्ट बहुमत पाएको एमालेको तिब्र आलोचनका बिच पनि उनले धेरै निर्णय हरु गरे जुन निर्णय जनताकै पक्षमा थिए ।

झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली संविधानसभाबाट जारी नयाँ संविधानपछि मुलुकको पहिलो प्रधानमन्त्री बन्न सफल भएका थिए ।  मुलुकको दोस्रो ठूलो दल नेकपा एमाले संसदीय दलका नेता ओलीले प्रमुख दलको सहकार्यमा नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका थिए  । उनी पहिलो ठूलो दल नेपाली काँग्रेसबाहेक अन्य दलको समर्थनमा प्रधानमन्त्री बनेका थिए । मुलुकको ३८औँ प्रधानमन्त्री बनेका उनी फेरी ४० औँ प्रधानमन्त्री बनेका छन  ।  झापा विद्रोहकालीन एक मात्र जीवित नेता ओलीले लोकतन्त्र, दिगो शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताका निम्ति अविचलित अडान राख्दै आएका छन ।

 

राष्ट्रवादी नेताको छवि बनाएका खडगप्रसाद (केपी) ओली दोस्रो पटक प्रधानमन्त्री बनेका छन । यसअघि प्रधानमन्त्री बन्दा उनले बाँडेका अधुरा सपनाहरु पुरा गर्ने उनीमाथि चुनौति छ । देश संघियता गईसकेको अबस्थामा ओलीले बाँडेका अधुरा सपनाहरु उनका अघि चुनौतिका पर्खाल बनेर उभिएका छन । उनले ती सपनाहरु पुरा गर्न सके भने उनी साँच्चै राष्ट्रवादी कहलिनेछन । यदि उनले त्यो सपना पुरा गरेनन भने उखान र तुक्के प्रधानमन्त्रीका रुपमा नै जनताहरुले उनलाई चित्रण गर्नेछन  र भित्तामा प्रधानमन्त्रीको लाईनमा फोटो झुण्डयाउनु बाहेक अर्को महत्वपुर्ण काम केही हुनेछैन ।

 

प्रतिक्रिया

सम्बन्धित