नाम जस्तै कञ्चन समाजसेवा र राजनीति

 

बेलबारी । पछिल्लो समय राजनीति लाई फोहरी खेलका रुपमा बुझनेहरुको संख्या पनि ठुलै छ । राजनीतिको दुरुपयोग गर्नेहरु हाम्रो समाजमा बग्रेल्ती भेटिन्छन । बाहिरी आवरण एउटा र भित्री रुप अर्कै हुनेहरुका कारण समाजमा स्वच्छ रुपमा राजनीति र समाजसेवा गर्नेहरु समेत ओझेलमा पर्दै गएका छन । राजनीति र समाजसेवालाई कमाई खाने भाँडो बनाउनेहरुका कारण स्वच्छ रुपमा राजनीति र समाजसेवा गर्नेहरु समेत बदनाम हुने गरेका छन । लामो समयदेखि स्वच्छ राजनीति र समाजसेवामै जीवन ब्यतित गरिरहेको एउटा नाम हो कञ्चन कुलुङ राई,उनको नाम जति स्वच्छ छ काम र उनको ब्यबहार पनि त्यति नै स्वच्छ छ । लामो समयदेखि समाजसेवा र राजनीतिमा सक्रिय कुलुङ त्यस्ता फोहरी राजनीति र समाजसेवाबाट वाक्क छिन,उनलाई लाग्छ की समाजसेवा र राजनीति लाई स्वार्थीहरुले गलत उपयोग गरिरहेका छन ।

देशमा बिकसित राजनीतिक घटनाक्रमले उनलाई चसक्क घोचेको छ । हुन त उनी आफै पनि राजनीतिमा सक्रिय रहेकी छिन् तरपनि राजनेता भनाउँदाहरुको ब्यबहारले उनको मन दुखेको छ । जनताको सेवक बन्नुपर्ने नेताहरु ब्यत्तिगत स्वार्थका रुमल्लिएका कारण देशको यो अबस्था आएको उनको बुझाई रहेको छ । उनी यो राजनीतिक माहोल सङिल्नेमा बिश्वस्त छिन् तरपनि देश संक्रमणकालीन अबस्थामा फसेको र ब्यत्तिगत स्वार्थको राजनीति नेताहरुले नत्यागेको देख्दा आफुलाई दुःख लाग्ने गरेको उनी बताउँछिन ।

को हुन कञ्चन कुलुङ ?
भोजपुर जिल्लाको बोखिम गाबिस हालको भोजपुर नगरपालिकाको ठुलोढुंगा भन्ने ठाँउमा बि.स २०११ साल बैशाख १० गते मातापिता स्व.सुवेदार शोभितमान र लगनसरी राईको ३ छोरा र ४ छोरीमध्ये कान्छी छोरीका रुपमा उनको जन्म भएको थियो । स्थानीय प्राथमिक बिद्यालयबाट प्रारम्भिक शिक्षा र २०२९ सालमा धरानको पब्लिक स्कुलबाट प्रबेशिका उर्तिण गरेकी उनको बि.स २०३० सालमा भोजपुरको खाटाम्मा गाबिस लिङखिमका कुमारप्रसाद राईसँग वैवाहिक बन्धनमा बाँधिएपछि उनी सोही साल बसाईसरी मोरङको बेलबारी ३ मैनावारीमा बसाईँसरी आईन । लाहुरे परिवार त्यसमाथि प्रधानपञ्च बनेका बुबाको राजनीति र समाजसेवा बाट प्रभावित भएकी उनले माईती घरबाटै राजनीति र समाजसेवामा आकर्षित भईन । घरतर्फ पनि श्रीमानले गरेको राजनीतिबाट उनी प्रभावित भईन र राजनीति र समाजसेवा दुवैप्रति आकर्षित भईन ।

राजनीतिक शुरुवात
बेलबारी आएपछि नेपाली काँग्रेस बेलबारीको कोषाध्यक्ष हुादै शुरु भएको उनको राजनीतिक जिवन बिभिन्न कालखण्डमा अलग अलग पार्टीमा आबद्ध हुँदै अगाडी बढयो । बेलबारी काँग्रेसका सभापति भएका स्व.श्रीमानको आग्रहमा केही समय राजनीति बाट ओझेल भएपनि उनले राजनीतिमा बिश्राम लिन सकिनन् । बिभिन्न पार्टीबाट उनलाई राजनीति गर्नका लागी अनुनय बिनय भएपछि उनी फेरी राजनीतिमै सक्रिय बनिन ।
बि.स २०५९ सालमा सामाजिक लोकतान्त्रिक पार्टीको केन्द्रिय सदस्य,महिला प्रमुख र आर्थिक प्रमुखको जिम्मेवारी सम्हालेकी उनले नयाँ शत्ति नेपालको केन्द्रिय सदस्य र करिब ११ महिना अघिदेखि माओबादी केन्द्रको केन्द्रिय तहमा रहेर राजनीति गरिरहेकी छिन । उनी सोही पार्टीको महिला बिभागकी केन्द्रिय सदस्य समेत हुन । कुलुङ महिला संघको केन्द्रिय अध्यक्ष र किराँत महासंघको केन्द्रिय कोषाध्यक्ष र कुलुङ संघको सल्लाहकारका रुपमा समेत सक्रिय रहेकी छिन । राष्ट्रिय सभाको सदस्यका रुपमा समेत उनको नाम अगाडी सारिएपनि उनले त्यसलाई अस्वीकार गरेकी छिन ।

समाजसेवामा सक्रिय
जन्मस्थान भोजपुर देखि देशका बिभिन्न जिल्ला र मोरङको बेलबारीमा रहेर बिभिन्न बिकास निर्माण,सडक,खानेपानी लगायत महिलाहरुको उत्थानमा बिशेष जोड दिँदै काम गरेकी उनले गरिब बस्तीमा टयुबेल निर्माण देखि बिभिन्न सामाजिक काममा आर्थिक सहयोग समेत गर्दै आएकी छिन । भारत,सिंगापुर,ईण्डोनेसिया,हङकङ लगायतको मुलुकहरुको भ्रमण गरेकी राईले नारी बिकास संघ बेलबारी,स्थानीय सामाुदायिक बन उपभोत्ता समुह र बिभिन्न शैक्षिक संस्थाहरुमा आबद्ध भएर समाजसेवा गरेकी छिन ।
२०६० सालमा आफै अध्यक्ष भएर स्थानीय भगवती माध्यमिक बिद्यालयको शैक्षिक स्तर उन्नति र भौतिक संरचना निर्माणका लागी शिवपुराण आयोजना गरेर उनले महिलाहरु पनि पुरुषहरु जत्तिकै सक्षम छन भन्ने उदाहरण समेत पेश गरेकी थिईन । त्यसयता उनी सामजिक काम र राजनीति दुबैमा सक्रिय रहेकी छिन ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा आफैलाइृ आश्चर्य लाग्ने गरेको बताउने उनी स्वार्थकेन्द्रित राजनीति छोडेर जनकेन्द्रित राजनीति गर्न र जनताको मन जित्न सबैलाई सुझाब समेत दिन्छिन ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…