क्यानभासले उभ्यायो पाँच कविलाई

तरहरा / क्यानभास साहित्य समाज तरहराले पाँच कविलाई उभ्याएको छ । कविहरु सन्तोष थेबे,राम प्रसाद खरेल,थिरलोचन श्रेष्ठ,राज आशातित र किरण शिवालाई उभ्याएको हो । तरहरामा भएको उक्त कार्यक्रममा कवि सन्तोष थेवेले आफ्नो कवितासंग्रह फालेलुङ र कावेली बजार भित्रबाट अपशकुनको दोबाटोमा,नजर,साग बेच्ने केटी र अन्य एउटा कविता गरी जम्मा चारवटा कविता वाचन गरेका थिए ।

त्यस्तै कवि रामप्रसाद खरेलले झण्डा,मन पोखिएपछि,मृत्युको नजिक र रातो डायरी शिर्षकको कविता वाचन गरे । थिरलोचन श्रेष्ठले पसिनाहरुको सम्मेलन,तिमिले छाडेर गयौ भने,दोभान र खिल पल्टेको देश शिर्षकको कविता वाचन गरे । तरहरामा रहेर लामो समयदेखि साहित्य सृजना गर्दै आएका कवि राज आशातितले कवित्व,बलिदान,रङ्ग र आकाश शोक मनाउँदैन शिर्षकको कविता वाचन गरे । तरहराकै अर्का कवि किरण शिवाले तिमी आउँनु,भरिया,आँखाहरु र जानेहरु शिर्षकको कविता सुनाए ।

कार्यक्रम दुई चरणमा गरी सम्पन्न गरिएको थियो । पहिलो चरणमा पाँच कविले दुई–दुई र दोस्रो चरणमा दुई–दुई कविता गरी चारचार वटा कविता वाचन गरेका थिए । सस्थाका सचिव विवेक विवश रेग्मीले कार्यक्रममाथी प्रकाश पारेका थिए कोषाध्यक्ष विमला शंकरले स्वागत मंन्तब्य राखेकी थिईन् भने अध्यक्ष विनय सरगमले कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित