नखोलिएको सत्य

“ किन सकिँदैन स्वतन्त्र हुन सपनामा पनि ?कस्तो वातावरण जन्मे र हुर्किएँ म ? किन डर लाग्छ सपनामा पनि मलाई यो समाजको ?किन न सकेको मैले यो समाजले लादेको मुल्य मान्यता विपरीत हुन ?आफ्ना चाहना पुरा गर्न नहुदा सपनामै चिच्याएर धेरै पटक ब्युझेकि छु ।कहिलेकाही सपनामा रुदा विपनामै मन थाम्न नसक्ने गरि रोएकीछु ।

के मानव जीवन भनेकै समाजको बन्धकी हुनु हो त ? म मात्र यो समाजको चङगुल महशुस गर्छु । कि तपाई लाई पनि यस्तै लाग्छ ?समाज बन्ने नी तपाई हामीले होइन ?फेरि किन यस्तो निति निमार्ण ग¥यौ,जसले हाम्रो स्वतन्त्रताको पखेटा काटेको छ? सपनामा उड्न नसक्ने कस्तो बन्धन हो यो,जसले अपाङ्गझै कुँजिन बाध्य बनाएको छ । मानिसलाई पुरै कब्जामा पारेको छ । वास्तवमा के हो त स्वतन्त्रता ?यो समाजको नजरमा ? संबिधानमा लेखीएका शब्दले नै पुरा हुन्छ त स्वतन्त्रता ? यदि हो भने किन पुगेन मलाई त्यती मात्रले ? हत्तेरी ! भुतुकै भुलेछु । त्यो पनि मानव निर्मितै हो । कसरि पुर्ण होस् ? आखिर मान्छेले निमार्ण गरेका नितिले आफैलाई बाँध्ने त हो नि ! परिणम स्वरुप आफै छटपटिने र कुनै ताका जीवन कुर्वान गर्न अवस्था सम्म नि पुग्ने ।

एनि माया तामाङ्ग

मलाई थाहा छ, हाम्रो चाहाना संविधानको स्वतन्त्रतामा मात्र सिमित छैन । मलाई यो पनि थाहा छ, हामी आफ्नो चाहाना लुकाउँछौं , किन कि हामीले यो समाजबाट तिरस्कृत डर पालेका छौं ।हुन त हामी मध्ये कतिले समाजको नजरमा लुकेरै आफ्ना चाहाना पुरा गरेकाछौं । जस्तो कि पोर्न भिडियो हेर्नु, समाज स्वीकार्य छैन । यौन सम्बन्धित बिसयमा खुलेर कुरा गर्न पाच्य हुन्न । त्यसको बाबजुद पनि ती बिषय हराएका त छैन्न नि । बरु जति त्यस्ता कुरा लुकाउने काशिस गरिन्छ ,त्यतिनै खोतलेको पाईन्छ ।मानव स्वभावनै उत्सुक्ताले भरीएको छ ।त्यसैलेत दिनानुदिन अनगीन्ती विकृती बढ्दो छ तर हामीलाई आवस्यक यौवन शिक्षाको खुलेरै चर्चा हुँदा धेरै हद सम्म विकृती थामीनेथ्यो । चोरको हातमा चाँबी दिनु भने झैं लुकेका यौवन कर्मीहरुलाई निस्चित नियम कानुन निमार्ण गरी धन्दा संञ्चालन गर्न दिए सानी नानी देखी लीएर बृद्ध ले समेत बलत्कारको शिकार बन्नु थिएन ।

अन्य जनवारको संसार कति स्वतन्त्र छ । मलाई डाहाँ लाग्छ त्यस स्वतन्त्रताको किनकी त्यही हो मेरो कल्पनाको स्वतन्त्रता ।त्यो संसारमा बाध्यता छैन ।कुनै युगल जनोडीले प्रेम गर्न मान्छे बाट मात्र लुक्नु पर्छ न कि जनवार चराचुरुङ्गी बाट तिनीहरुलाई पुरै स्वतन्त्रता छ र त उनिहरुलाई कसैले गरेको प्रेमको चासो हुन्न । तर मान्छे कस्तो अच्चम छ बा ! मन्दिरको टुडाल देखी धर्मग्रन्थमा पनि यौवनको बिषय चासो हुन्न । तर मान्छे….? सोच्न नी डराउनु पर्ने !

मैले बुझ्न नसकेको चै हामीलाई जुन नियमले बाँधेको छ, त्यसलाई निमठेर मिल्काउन किन सक्दैनौं ? आखिर तपाई पनि बिशुद्ध स्वतन्त्रता चाहिएको छ नि ? ब्यक्त गर्न न सक्नु तपाइकै कम्जोरी हो ।जसरी मैले आफ्नो कम्जोरी कारण संसार गुमाउनु पर्यो । तपाँइलाई पनि त्यस्तै हुन सक्छ । मैले यो समाजको डर यति माने कि त्यही डरले मलाई खायो । अब मलाई दोस्रो मौका मिल्दैन । तपाँलाई पनि न मिल्ला ! समयमै सचेत हुनु होस

किशोर अवस्थामा सबैको मन चञ्चल हुदा मेरो स्थिति न हुने कुरै रहेन ।मलाई कतिले मन पराए । मैले कतिलाई मन पराएँ । आर्कसण हुनु स्वास्थ मान्छेको प्राकृतिक गुण तर त्यसलाई हाम्रो समाजले नकरात्मक ठान्छ ।म पनि यही समाजको एक इकाई भएको ले पक्कै पनि मेरो बिचार अलग नहुने शंका भएन ।त्यसैलेत मलाई सबैले मन पराउथे ।बिश्वास गर्थे तर मैले आफुलाई यो समाजले कोरेको लक्ष्मण रेखा भित्र आफुलाई टिकाउन सकिन । म कसैको प्रेममा परें । जसरि धर्ती र सागर को मिलन क्षितिजमा हुन्छ , त्यसरीनै हाम्रो नि मिलन भो । प्रकृतिक उपहार मेरो कोखमा हुर्कन थालेछ ।यो उपहार मेरो लागी प्राण घात साबित भो । त्यस पछि म पल पल मरे ।कस्लाई सुनाउनु थियो र यस्तो गम्भिर कुरो ? मलाई के भन्थे छिमेकि ले, मेरो परिवारले समाजले ? आमा र दाइले मेरो बिवाह धुमधाम सँगले गर्न देखोको सपना दन्केको आगोमा पानी हालेर निभाए झै भएको महसुस गर । अहँ जान सक्दीन उहा हरुको सपना बिपरित । हिम्मत भएन समाजले देको इज्जत गुमाउने । बिक्लप एउटै थियो भ्रुण हत्या । सुटुक्क योजना अनुसार काम भो । त्यो शारीरिक पिडाले मलाई दुखेको अनुभुति भएन किनकि मलाई मानसिक पिडाले पिल्साकोथ्यो । खै मेरो दुर्भाग्य भनु या पाप !मेरो आत्माले शरीर छोडेर बिना आकृती भौतारीदैछ यो अञ्जान ठाँउमा जहाँ चिच्याहटर रोदन मात्र सुनिन्छ। सायद यहाँ म यस्तै समाजको डरले आफ्नो ज््यान गको थाहा नपाउने आत्माको बास होला । मानव जीवनको लालस उकुस मुस हुदाहुदै नि सामाजिक संस्कारको दायरामा रहन न सकेर ज्यान गुमाएको होला यिनिहरुले बिलाप गरेका ।

मृत्यु पर्यन्त पनि छाडेन यो समाजले मेरो चरित्रहत्या गर्न । मेरो परिवारले पनि मलाई गलत देख्यो । सबैको कुराको निचोड मेरो मरण को स्वागत गरेको पाँए । त्यही समाजको कारण मेरो आत्माले शरिर छोडेकोथ्यो तर त्यसमा कसैलाई दुःख लागेन । बरु खुचिङ गरेको देखे । मैले रामरी बुजे यो पापी समाजलाई अब बिलकुलै पश्चताप छैन मेरो कर्ममा । मेरो हत्या भको हो । त्यो हत्यारा समाज भन्ने त्रास बाध्यता हो । मेरो एउटै मात्रै चाहाना छ –हत्यारालाई सजाय दिलाउने । त्स पछि कुनै पनि संसारमा आन्नदले रहन सक्थे ।

सिमा के मलाई सहयोग गर्छे ? तिमी के यो समाजले तोकेको सिमाना बाहिर आएर मलाई न्याय दिलाउन सक्छौ ? भन सिमा,भन किन मुक छौ ? म दोसि कि समाज ? के सोच्छौ ?तिमी नि यो समाजको मान्यता जालमा फसेकी हौ ? के तिमी नि फक सोच राख्न सक्दैनै ?के आफुलाई बदल्न चाहान्नौ ? यदि बदलिने साहास गर्दैनौ भने तिम्रो नि हत्या हुन सक्छ । तिमीनै म जस्तो गुहार माग्दै हिड्ने अवस्था न आउला भन्न सकिन्न । म त भौतिक रुपमा काँहिनै देखीन्न तर कयौ नारीको अस्तीत्व गुम्न सक्छ भनेर चिन्तीत छु । यो क्रम तोड्न लागी परेकी छु, जुन सम्भजतः हजारौ बर्षदेखी अटुट रुपमा चलिरहेको छ । मेरो यो अभियान जब सम्म चल्छ हरेकले मनैदेखी परिर्वतन हुने प्रण गर्दैन्न त्यसको प्रयास गर्दैन्न ।त्यसैले त मेरो मृत्यु भएको दशक बिते नि म अथक भइ हरेक रात कसैन कसैको सपनामा समाज रुपि हत्याराको खुलेर चार्च गर्छु । मेरो सहयोगार्थ गुहार्छु । अनि हरेकको मौनता देखेर फर्कछु अर्को रातको प्रतिक्षामा कसैलाई झकझकाउन । म थाक्दिन एउटै कामलाई दो¥याएर गर्दानि किनकि म भित्र मुक्ती नाथ मन्दिर भित्र प्राकृत ग्यासले बलेको ज्वाला जस्तो आशा छ ।

निरन्तर बलिरहने यो दिन अवस्य आउने छ । जब कुनै अबिवहित महिलाले आफ्नो शन्तान इज्जत साथ राख्न पाउनेछ । त्यस पछि कुनै अबोध बालकको संसार न देखी पुर्ण बिराम लाग्न पाउने छैन ।कुनै महिलाले अपमान तिरस्कार सहनुपर्ने छौन । संचार माध्यमले खोलानाला,जङ्गल,फोहोरको थुप्रो जस्ता ठँउमा फलिएको शिसुको समचार सम्प्रेषण गर्न भेट्ने छैनन् । कुनै बालिका खाते भनेर चिनिने छैनन् । कुनै अबिवाहित सुत्केरीले समाजबाट लुकाउन आफ्नै बच्चा हत्या गरेको आरोपमा सजाय भोग्ने दिन आउने छैन । क जस्ता कयौ आत्माले शान्ति पाउने छन ।

आज म तिम्लाई भेट्न आउनुको कारण हाम्रो मित्रता हो । बिघालयमा हाम्रो मित्रताको चर्चा खुब हुन्थ्यो नि । तिम्लाई याद छ ? तिमी हिमतीलो कुरा गथ्र्यौ । आज सम्म नि तिमी उस्तै छै । म पहिला नै भेट्न आकी थे तिम्लाई तर तिमी नि मलाई घृणा गर्दिरछौ । भारि मनले फर्किएँ । अब तिमी नि एउटा महिला नेतृ भनेर चिनिन्छौ । महिला समस्या लाई बुझ छौ । आशा छ मेरो मर्म बुझेर यो समाज परिर्वतनमा अझ सशक्त ढंगले लागी पर्नेछौ । मेरो बुझाईमा यो हत्यारा रुपी समाजलाई ज्ञानी सन्तमा परिर्वतन गर्नेछौ ।…”

“सिमा…सिमा.. सात बज्यो मिटिङ्गमा जनु छ भनेको होइन ?”आमाको आवाजले झल्यास्स ब्युझिएँ । झलमल्ल घाम छिरेछ कोठामा । अहो ! आठ बजेछ मिटिङ्ग भ्याउनु छ । लौन कस्तो गहीरो निन्द्रमा परे छु ! यतिका बर्षमा देखे शिलालाई । उसैको मुदबाट नखेलिएको सत्य बताई । अध्यारो हलमा केही मान्छेहरु पनि थिए । उ स्टेजमा आफ्नो कुरा राख्दैथी कस्तो खराब सपना देखे छु !

प्रतिक्रिया

सम्बन्धित