मागेको पुरा गर्ने पाथिभरा

संखुवासभा / भनिन्छ, संसारमा विश्वासले भगवानको पूजा गरिन्छ । विश्वासले नै ढुङ्गालाई भगवान ठानेर पुजा गरिन्छ । मन्दिर र धार्मिक स्थलहरुमा विश्वासले नै भगवानलाई केही मागिन्छ । ती मागेका सबैमा केही पुरा हुन्छन्, त केही अधुरा । मागेका कुरा पुरा गर्ने संखुवासभाको पाथिभरा ।

पाथिभराको दर्शन गर्न हामी पनि सदरमुकाम खाँदबारीबाट यात्रा सुरु ग¥यौं । खाँदबारीबाट धर्मदेवी नगरपालिका १ मा पर्ने टुटे देउराली ८८ किलोमिटर पूर्व पर्छ । देउरालीबाट २० मिनेट गाडीको यात्रामा पाथिभरा पुगिन्छ । खाँदबारीबाट गाडी चढेको हाम्रो समूह जोगवनी–किमाथांका कोशी राजमार्गको खाँदबारी–टुटे देउराली सडक खण्ड अन्तर्गत लाग्यौं । विश्वको होचो अरुण उपत्यका (तुम्लिङटार) को तेर्सो सडकमा रफ्तार गाडीको हुइक्याइले डेढ घण्टामा ऐतिहासिक (पहिले सदरमुकाम) चैनपुरबजार पु¥यायो । चैनपुरको जीरो पोइन्ट नजिकैको कञ्चनजङ्घा होटलमा खाना खाएर हामी फेरी गन्तव्यतिर लाग्यौं । पिलुवा खोला तरेर डेढ घण्टामा हामी मूढे शनिश्चरे बजार पुग्यौं । गफैगफको यात्राले एकै छिनमा हामी पाथीभरा मन्दीर पुग्ने खुड्कीला पुग्यौं । जहाँबाट पुजाका सामाग्री लिएर हजार सिढी पार गरेर माथिभरा मन्दिर पुगिन्छ ।

एकैछिन थकाइ मारेर हामी लाइनबद्ध पाथीभरा भगवतीको दर्शनमा लाग्यौं । भक्तजनहरुको त्यति घँुइचो थिएन । हामीले पुजा सकेर मन्दिरको सिनमा फोटो खिच्यौं । मन्दिरलाई पृष्ठभूमिमा राखेर फरकफरक पोजमा एकएक गरी फोटो लियौं । अनि सामूहिक फोटो पनि उसरीनै लियौं । फोटो सेशन सकेर हामी नाङ्गो जमिन र चुलिएका पहाडलाई पछिल्तिर पारेर फोटो लिइरहेका थियौं ।

यसबेला मध्यान्हको १२ बजिसकेको थियो । ४ जना भक्तजनहरु नलीधागोको डोरो तान्दै मन्दिर आउने हजार खुड्कीला चड्दै थिए । हामीले चढेका खुड्कीला उनीहरुले दोहो¥याइ रहेका थिए । त्यहीँ खुड्कीला उक्लिदा हामीले पनि दाँया पट्टी धागोको डोहोरो देख्यौं । तर उत्ती ख्याल भएन, खुड्कीलाको सुरुदेखि तान्दै आएको डोरो मन्दिर पुगेर मन्दिरको वरीपरी ३ फन्को लगाइदो रहेछ । ती चार जना भक्तजनले यसो गरेको देख्दा हामीले पुजारीलाई सोध्यौं, किन यसो गरेका ? पुजारीले भने–सुरुबाट तानिएको धागोको डोरो मन्दिरलाई ३ फन्कोसम्म लगाउँदा चुटिएन भने, पाथिभरा भगवतीसँग गरेको विश्वास पनि नटुट्ने रहेछ ।

पुजारीले थपे–त्यसैले भगवानले विश्वास गरेर मागेको कुरा पुरा गर्नुहुन्छ । पुजारीले यस्तो बताइ रहँदा मलाई फेरी प्रथम खुड्कीलोमा गएर डोरो तानेर तीन पल्ट मन्दिर घुम्ने रहर जाग्यो । भगवानलाई विश्वास दिलाउँ र मागेको कुरा पुरा होस् भने झैं लाग्यो । तर त्यसो गरिँन । भगवानका सामु अपत्यारीला बनेको भने होइन । दर्शन सकेर उनीहरु पनि बाहिरीए । तीन जना भक्तजन छिट्टै बाहिरीए । एकजना भक्तले मन्दिरको गेटमा समेत आएर घुँडा मारेर ढोगे । उनी अरुहरु र हामी भन्दा भगवानको बढी विश्वास गर्दा रहेछन् ।

उमेरले २२÷२४ को देखिने तीनलाई धागोको डोरो तानेर आएको देखेकाले तँपाई पहिलेनी पनि आउनु भएको थियो? भनेर बोलीको बाटो खोलेँ । उनले तीन वर्ष अघि आएको बताए । किन दोहोरिएर आउनु भएको भनेँ, उनले भने–मानिसहरु भगवानलाई केही माग्न मन्दिर धाउँछन् । तर म भगवानलाई धन्यवाद दिन दोहोरीको हुँ । एकोहोरो थप्दै गए । २०७१ सालमा नयाँ वर्षमा म यहाँ आएको थिएँ । त्यसबेला आउँदा मैंले मेरी उनीलाई मागेको थिएँ । जसलाई मैंले भगवानसित मागेको थिएँ, उसै सित दुई वर्ष अघि विवाह भयो । अहिले चार महिनाको छोरो पनि छ, फिस्स हाँस्दै भने । त्यसैले मागेको कुरा पुरा गरिदिनु भएको छ भगवानले आज धन्यवाद पनि दिएँ ।

उनको भनाई सुन्दा हाम्रा समूहका साथिहरु छक्कै परे । अर्को साथीले उनको नाम, ठेगाना सोध्दा– मेघराज तामाङ पाँचखपन नगरपालिका १ संखुवासभा घर बताए । तामाङले भने तँपाईहरु पनि माग्नुहोस्, मनोकांक्षा पुरा हुनेछ । जसरी मेरो भयो ।

संखुवासभाको चर्चित धार्मिक स्थलहरु मध्ये एक हो पाथिभरा भगवतीको मन्दिर । जिल्लाको पुर्वमा पर्ने धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकिय स्थल तीनजुरे जलजले मिल्के (२,९२० मी.)को परिसरमा अवस्थित छ । छिमेकी जिल्ला तेह्रथुम सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा स्थापना गरिएको हो । पूर्वी ताप्लेजुङ जिल्लामा पाथिभराको उत्पति भएको हो । तर जलजले मिल्केबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथिभराको स्थापना गरिएको पुजारी नवराज खनालले बताए ।
उनीसंगका साथिहरु फर्किए । हामी पनि हाम्रो मनोकांक्षा पुराहोस् भन्दै हजार खुड्कीला ओर्लियौं ।

प्रतिक्रिया

सम्बन्धित