बिश्वप्रकाश बीपी बन्ने की देउवाको कार्यकर्ता

हालै सम्पन्न निर्वाचनमा मुलुकभरी कांग्रेस हार्दै गर्दा कांग्रेसको हारको बहस कांग्रेस भित्र बाहिर देखी सामान्य मानिस हरुमा पनि देखीएको छ । मङ्ग्तिकार आफै एक दिन एक बिहानै चिया पसलमा छिर्दै गर्दा केहि नागरिक गुनगुनाउदै थिए । म नजिकै गएर बसे, त्यसैमा एकले भने कांग्रेसको पछिल्लो राजनीति गतिविधिले गर्दा यो सोचे भन्दा कम परिणाम आयो । यसैमा जोड्दै अर्का ब्याक्तीले भने कांग्रेसको निर्वाचनमा जाने चुनावी नारा नै गतिलो भएन । बाकी अन्यले सभापति देउवाको ७ पटक प्रधानमन्त्री हुने भबिस्यबाणी र साझा सवालको समेत कुरा गरे । यसरी सर्सर्ती हेर्दा ती सबैका कुराले कांग्रेसको नेतृत्व लाई दोषी देखाइ रहेको थियो ।

म आफुपनी लोकतन्त्रमा बिश्वास गर्ने भएकोले पनि कांग्रेस र कांग्रेसका गतिविधि लाई प्राए नजिक बाट नियालिरहेको हुन्छु । यसरी आफुले आफैलाई घोत्लिएर सोच्दा पनि धेरै कांग्रेसको चुनावी परिणामले कांग्रेसको नेतृत्वलाई सवाल गरि रहन्छ । स्वाभाविक रुपमा एक अमुक पार्टीले जित्दै गर्दा या हार्दै गर्दा त्यस्को जस या अपजस त पाउछ नै , अहिले मुलुकको ठुलो पार्टी हुदै गर्दा यस्मा अन्य नेताहरूको महत्त्वपूर्ण भुमिका रहेको भए पनि पार्टी लाई एस स्थानमा ल्याउन एमाले अध्यक्षको नै नाम पहिले आउछ । यस्तैमा कांग्रेसले आज हार्दै गर्दा स्वाभाविक रुपमा कांग्रेस नेतृत्व प्रति प्रश्न उठ्नु अस्वाभाविक हैन ।

साँच्चिकै ती चिया पसलमा भनेको कुरालाई बिश्लेषण गर्ने हो भने कांग्रेस नेतृत्व तहमा केहि बिचलन आएको कुरालाई भेट्न सकिन्छ । पार्टीको बिधान अनुसार पार्टी चल्न नसकेको देखी पार्टीले पुर्णता पाएर जिबन्त बन्न नसकेको स्पष्ट देखिन्छ । नेतृत्व तहमा नेताहरूले गर्ने आफू खुसीका निर्णयले कांग्रेस लाई निकै असहज बनाएको देखिन्छ । गुटबन्दी पुर्ण राजनीतिले कांग्रेस लाई तग्रीन नसक्ने गरि बेरेको र आफुलाई स्थापित गराई राख्न गुटबन्दी राजनीति गर्दा प्रतिभाशाली ब्याक्ति हरु पछि परिरहेका छन ।

नेतृत्व तहले गरेका केहि अबिबेक पुर्ण निर्णय जो देउवा भन्दा अगाडि देखिनै कांग्रेस प्रति आम नगरिकको बितृष्णा बड्दै गएको थियो । सुशील कोइरालाको हार्ने प्रधानमन्त्रीमा देखाएको रुचि , देउवामा आइ पुग्दा आइजिपी प्रकरण, प्रधानन्यायाधीश महाअभियोग , राजदुत नियुक्ति जनता स्तर सम्म निकै निराश बनाएका निर्णय थिए । यस्तै स्थानीय तह देखी प्रदेश संघ को चुनाब सम्म आउदा टिकट बितरण को कुराले पनि राम्रै बहस को ठाउँ पायो र कांग्रेसका कार्यकर्ता सुभेच्छुक रुष्ट हुन पुगे ।

खेमराज दाहाल

कांग्रेस र कांग्रेसि लाई फरक फरक देख्ने गगन थापाको विश्लेषण बुताबिक धेरै कांग्रेस पङ्ग्ती हरुले कांग्रेसको यि पछिल्ल राजनीतिक घटना हरु लाई सुक्ष्मदृष्टि ले हेरि रहेका थिए र यो निर्वाचन मार्फत त्यस्को जवाफ दिए । अब एता कांग्रेसि हरुभने यसरी कांग्रेसले जसरी जवाफ दिन सक्दैन थिए , त्यसैले आफ्नो युबा समूह बनाई आफू र कांग्रेस परिवर्तन को लागि आफु लाई एकजुट बनाएर लैजान कोसिसमा थिए । बिपि लाई सम्जिदै मेलमिलाप दिबसको दिन पार्दै कांग्रेस परिवर्तनका लागि बिज्ञप्ति जारी गरे ।

कांग्रेसका बौद्धिक युबा हरु त्यस्मा पनि लोकप्रीय मानियका युबा हरुको यसकदमले कांग्रेस सुभ चिन्तक हरुमा उत्साह बडाएको थियो । यसैमा कांग्रेस नेतृत्व बाट युबा हरुलाई अबसर दिने कुरा लाई मान्दै त्यो बौद्धिक युबा समूह बाट विश्व प्रकाश शर्मा लाई सभापति देउवाले दुई बर्ष देखि रिक्त रहेको पार्टी प्रबक्ता बनाए ।पार्टीमा दोस्रो पुस्तालाई अबसर दिन पर्छ भनी रहेका बेला शर्मा पार्टीको जिम्मेवार पदमा त पुगे तर कांग्रेस सुभेच्छुक हरुमा केही अन्योलता रहेको रहेको छ ।

पुरानो संरचना परम्पराबादी सोचमा रहेको कांग्रेस लाई अहिले एक युबा शर्माको उपस्थितिले खासै फरक नपार्ने देखिन्छ । अहिलेको कांग्रेसको जुन संरचना र नेतृत्व छ त्यस्मा नेपाली नागरिक पुर्ण असन्तुष्ट छन । बिश्वप्रकाश सहित अन्य युबा हरुले कांग्रेस लाई परिवर्तन गरेर छाड्ने बताइ रहदा अब शर्मा देउवा संरक्षणमा पुगे र अलमलिए भने बाकी युबा हरुको भुमिका कस्तो रहन्छ भन्नेमा धेरै कांग्रेस सुभेच्छुक र कर्याकर्ता संकामा छन । युबा पङ्ग्तिबाट शर्मा लाई प्रबक्ता दिएर अलमल्याउने अनि अर्का लोकप्रीय ब्याक्ती गगन थापालाई पार्टीको अनुशासन पालन नगरेको भनेर कारबाही गर्ने सम्मका कुराले यो युबा हरुको एक मेजुरिटी लाई भत्काउन खोजेर कांग्रेस लाई एथास्थितीमा राख्न खोजेको जस्तो देखिन्छ ।

कांग्रेसको प्रबक्तामा भर्खरै नियुक्त भएका बिश्वप्रकाश शर्माले भन्ने गरेको एक अभिव्यक्ति `कांग्रेस अहिले घाटमा हैन हस्पिटलमा छ , त्यहाँ कांग्रेसको सहि उपचार भयो भने फेरि पुनर्जीवन सहित आउने छ ´ उपचारको क्रममा हस्पिटल पुगेको कांग्रेसको सामान्य औषधि उपचार गरेर निको पार्ने होकि ठूलो मेजर अप्रेसन गर्न पर्ने हो त्यो त्यहाँका डाक्टर हरुले पत्ता लगाउछन र त्यसै अनुसार गर्न पर्छ ´ ।

शर्माले भन्ने गरेको कांग्रेसको उपचार गर्ने ठाउँमा अब शर्मा आफै पुगेका छन । अब आफै डाक्टर भएर उपचार गर्ने ठाउँमा पुगेका शर्माले कांग्रेसलाई कुन किसिमको बिराम लागेको हो र हस्पिटल सम्म आइ पुगेको हो र यस्को उपचार कसरी गर्छन् हेर्न बाकी छ ।

हाम्रो पुरातनबादी समाजमा बिश्व प्रकाशले कांग्रेस लाई हस्पिटलमा उपचार नगराई फेरि धामीझाँक्रीकोमा लगेरपो ठिक पार्ने कोसिस गर्ने हुन कि भन्ने सवाल हरु पनि उठ्न थालेका छन । अबस्य कांग्रेस बिरामी मात्र भएर हस्पिटल पुगेको भए आफू डाक्टर भएर त्यहाँ पुगि सके पछि बिरामी कांग्रेसको रोग पत्ता लगाइ सम्बन्धित रोगको विशेषज्ञ लाई ल्याएर त्यस्को उपचार गराउन सक्नु पर्दछ ।

आजको दिनमा कांग्रेसमा लागेको रोग के हो भनेर प्राय सबैले आकलन गरेको रोग भनेको उस्को मनोबिज्ञान हो । उस्ले कार्य सम्पादन गर्ने गरेको शैली हो । यस्लाई परिवर्तन गरि परिबर्तित समयको माग अनुसारको मनोबिज्ञान कांग्रेसमा बसाउन जरुरी छ । कांग्रेसले आफुलाई कहिले चिन्न सकेन भन्ने सम्मको ब्याख्या गर्न थालेका छन बिश्लेषक हरुले । यस हिसाबले हेर्ने हो भने कांग्रेसले पहिले म मुलुकको लागि के हु , आम नगरिकले कसरी कांग्रेस लाई हेर्ने गरेका छन र आम नागरिकले कांग्रेस बाट के अपेक्षा राखेका छन भन्ने बिषयमा बहस गर्न जरुरी छ ।

कांग्रेस सधै जनता लाई केन्द्रबिन्दुमा राखेर राजनीति गर्ने पार्टी हो , भन्दै गर्दा उस्ले अहिलेसम्म सम्पादन गरेका कार्य हरु कति जनचाहाना अनुरुप भए भन्ने बिषयमा कांग्रेस सधै चुकी रहेको छ । यसैले कांग्रेसले जनताको मनोबिज्ञान लाई बुझ्न नसक्दा उसलाई नै आजका दिनमा मनोबिज्ञानको रोग लागेको छ । यस्को उपचारका लागि आज कांग्रेस लाई जनताको मनोभावना चाहिएको छ । आज आफू परिवर्तन भएर कांग्रेस लाई परिवर्तन गराउने सपना देखेर युबा हरुलाई उत्साह थप्दै गरेका बिश्वप्रकाश ले अबसर पाएका छन । यस्को सहि सदुपयोग गर्दै कांग्रेस सुभेच्छुक हरुको मन जोडेर जान सक्ने क्षमता बिश्वप्रकाशमा हुन जरुरी छ ।

प्रबक्ता शर्मा संग संगै जोडिएर आउने गरेको अर्को नाम हो बिश्व प्रकाश (बिपि) । धेरै मानिसले बिश्व प्रकाश बाट ती (बिश्वसर प्रसाद) पिपिको संकल्प लाई जोडेर हेर्ने गरेका छन । आज कांग्रेसको प्रबक्ता भएर जादै गर्दा ऊनी संग बिपि संग आफ्नो नाम मिल्नु र जनताको अपेक्षा त्यही अनुरुप हुनु लाई पनि उन्ले गम्भीरताका साथ हेर्न जरुरी छ । बिश्व प्रकाशका अगाडी अब बिश्व प्रकाश बात बिपि हुने या देउवाले दिएको प्रबक्ता बाट मुकदर्शक बनी उनैको कार्यकर्ता बनेर बस्ने भन्ने बिषयमा गम्भीर सोच्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित