छथर श्रष्टाहरुको संयुक्त कविता कृती प्रकाशन हुने

तेह्रथुम । तेह्रथुम र धनकुटा जिल्लाको छथर क्षेत्रका साहित्यीक श्रष्टाहरुको संयुक्त कविता कृती प्रकाशन हुने भएको छ ।छथर क्षेत्रमा रहेका श्रष्टाहरुको सिर्जनाहरुलाई कृतीको रुप दिने उदेश्यका साथ संयुक्त रुपमा कृती प्रकाशन गरीने भएको छथर साहित्य अभियानका संयोजक टिका थोक्लेनले बताउनु भयो ।

अभीयानको साेमबार सम्पन्न छथरको सुक्रबारेमा भएको भेलाले संयुक्त कविता कृती प्रकाशन गरीने निणर्य गरेको हो । देश बिदेशमा रहेका लगायत बिभीन्न क्षेत्रमा छरिएर रहेका छथरका श्रष्टाहरुको कविताहलाई संकलन गरी कृती प्रकाशन गरीने भएको अभीयानले जनाएको छ ।

कृती प्रकाशनका लागी अगामी एक महिनामा कविता संकलन गरीने र प्रकाकशन सँगै एक कार्यक्रमका बिच बिमोचन गरीने भएको छ । ६ महिना अघि मात्र गठन भएको अभीयानले नियमित रुपमा भेला सँगै सृजना वाचन गर्दै आएको छ । आजको भेलामा श्रष्टाहरु निभा खुशी,टिका थोक्लने,नगेन साँवा, अनिल पाक्साँँवा र प्रकाश पाक्साँवाले आ आफ्नो सृजना वाचन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित