पुर्वका ९ हजार बढी दर्शकले सर्जमिन हेर्नुहुन्छ

बिकास बुढाथोकी ( ब्याबस्थापक तथा सिईओ, लेटस इन्टरटेन्मेण्ट )

पछिल्लो समय पुर्बाञ्चलमा नाटक सर्जमिनको बिशेष चर्चा छ । लेट्स ईन्टरटेन्मेण्टको प्रस्तुति सो नाटक पुर्बका ६ वटा शहरहरुमा प्रर्दशन हुँदैछ । प्रबिण खतिवडाको निर्देशनमा तयार भएकको नाटक यहि पुष २५ गतेदेखि माघ ८ गतेसम्म प्रर्दशन हुँदैछ । नाटक प्रर्दशन र कार्यशालामा नायक दयाहाङ राई,बुद्धि तामाङ लगायतका कलाकारहरुको पुर्ब आउने क्रम समेत शुरु भएको छ । सोही नाटक र कार्यशालाका बिषयमा ब्यबस्थापक बिकास बढाथोकी सँग गरिएको कुराकानीका अंशहरु :

सर्जमिन के हो ?

यो हाम्रो समाजको बास्तविक यथार्थ हो । यस्लाई नाटक मार्फत दर्शकहरुलाई बुझाउने कोशिष गरिएको छ । गरिबि र अभावको पिडामा मानिस कति सम्म दासी बन्न बाध्य हुन्छ भन्ने कुराको यथार्थ चित्रण हो ।

पुर्वमै किन नाटक र कार्यशाला ?

हामीले यसअघि पनि पहिलो पुर्बाञ्चल नाटययात्रा गरिसकेका छौँ । त्यसमा पुर्बका दर्शकहरुले देखाएको माया र सदभावका कारण हामीले पुर्बमै नाटक प्रर्दशन गर्ने सोच बनायौँ । साथै हामी पनि पुर्वकै भएका कारण पनि पुर्व हाम्रा लागी बिशेष बनेको छ । अर्को कुरा नाटकमा रुचि राख्नेहरु धेरै छन पुर्वमा,उनीहरुको मागलाई मध्यनजर गरी हामीले कार्यशाला राखेका हौँ ।

कहाँकहाँ प्रर्दशन हुन्छ नाटक ?

हाम्रो नाटक ईटहरीमा २५ गते,लेटाङमा २६ गते,बेलबारीमा २७,२८ र २९ गते धुलाबारीमा ३० र माघ १ गते चुलाचुलीमा २ गते झोराहाटमा ३ र ४ गते रमाईलोमा ५ गते बिराटनगरमा ६,७ र ८ गते हुँदैछ ।

किन नाटक सर्जमिन हेर्नुपर्छ ?

नाटक सर्जमिन समाजको बास्तविक यथार्थ चित्रण गरिएको नाटक हो । यो समाजको बास्तविकता थाहा पाऊन र राष्ट्रिय रुपमै ख्याती कमाएका कलाकारहरुको बजोड अभिनय हेर्न पनि यो नाटक हेर्नैपर्छ ।

प्रर्दशनको तयारी कस्तो छ ?

सम्पुर्ण तयारी पुरा भईसकेको छ । कलाकारहरु पनि पुर्ब आउने क्रम जारी छ । हामी टिकट बिक्री गरिरहेका छौँ । उल्लेख्य रुपमा टिकट बिक्री समेत भईरहेको छ ।

कति दर्शकले नाटक अवलोकन गर्लान ?

यो नाटक ९ हजार बढी दर्शकहरुले अबलोकन गर्ने हामीले अनुमान गरेका छौँ । बेलबारी बिराटनगर जस्ता ठाँउहरुमा दैनिक २ देखि ३ शो सम्म सञ्चालन गर्ने अबस्था आईरहेको छ । तसर्थ यो दर्शक संख्या अझै बढने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…