पत्रकार धमलाको पुस्तक ‘पौरख’ सार्वजनिक

काठमाडौं । तल्लोस्तरबाट काम गर्दै राष्ट्रिय जीवनमा योगदान पुर्याएका पौरखीहरुको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिबार सार्वजनिक भएको छ । इटहरीलाई कर्मथलो बनाएका पत्रकार चेतन धमलाद्धारा लिखित पुस्तकको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विमोचन गर्नु भएको हो ।

पुस्तक विमोचन गर्दै अर्थमन्त्री कार्कीले संघर्षशील र सफल व्यक्तिहरुको पर्दा पछाडीको रहस्य अन्य व्यक्तीका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो । कार्यक्रममा पूर्वमुख्यसचिव विमल कोइराला, सूचना आयुक्त किरण पोखरेल, पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यलगायतले पुस्तकमाथि टिप्पणी गर्दै सफल व्यक्तिहरुको कथा भावी पिढींका लागि मार्गदर्शक हुने विश्वास व्यक्त गर्नुभयो ।

किताबबारे पत्रकार तथा कबी डा. नवराज लम्सालले कर्मजीविको कथाले निराशामा रहेका युवालाइ उर्जा प्रदान गर्ने बताउनु भयो । उहाँले पुस्तकमा कुनै काल्पनिक कथा नभइ समाजकै जिवित पात्रहरुको सँघर्षको कथा उल्लेख गरिएको हुँदा पुस्तक जीवन्त रहेको बताउनु भयो । त्यस्तै पुर्व मुख्य सचिव विमल कोइरालाले सँघर्षले खारिएका जीवन अरुका लागि उदाहरणका पात्र बन्ने अनुभव सुनाउनुभयो ।

पुस्तकमा समेटिएका व्यक्तिहरु मध्ये अनिल विश्वकर्मा गजमेर, सुसिल पोख्रेल, भोला दुलाल र डा रमेश भट्टराइले पनि कार्यक्रममा सफलता र संघर्षका अनुभव सुनाउनु भएको थियो । तल्लो तहबाट संघर्ष गर्दा गर्दै स्थापित भएका विभिन्न क्षेत्रका २३ जनाका सँघर्ष र सफलताका कथा पुस्तकमा समेटिएको छ ।

अनेक स्वार्थ र लाभको लोभ त्यागेर आफ्नो ठाँउबाट देश र जनताका लागि योगदान दिएका व्यक्तिहरुका बारेमा राज्यलाई खवरदारी र जानकारी गराउन आवश्यक भएकाले उनीहरुको संघर्ष र योगदानलाई संकलन गरेर आफुले कितावको रुप दिएको लेखक धमलाले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित