बैदेशिक रोजगारीका नाममा यसरी ठगिन्छन युवाहरु

रोजगारीको लागी नेपालीहरु बिदेशीने अवस्था अहिले सामन्य जस्तै भएको छ । खाडी मुलुकमा लाखौंको संख्यामा नेपाली युवाहरु छन् । बिश्वका बिभिन्न देशमा भएका सामाजिक, राजनैतिक, धार्मिक द्वन्द्व लगायतका कारणले बाध्यतामा एक देशबाट अर्को देश जाने आप्रवासीको संख्या पनि बढीरहेको छ ।

बिभिन्न मार्गबाट अबैधानिक तवरले र जोखिमपुर्ण यात्रा गरि विकसित देशहरु अमेरिका, युरोपका देशहरु जाने नेपालीको संख्या पनि बढी रहेको छ । दलालको झुटो प्रलोभनमा परि सुन्दर भबिस्यको आशामा पछिल्लो समय नेपालीहरु पनि बिभिन्न मार्गबाट गैरकानुनी आप्रवासीको रुपमा यूरोप आइरहेको पाइएको छ । युरोपको सपना, सुन्दर र सुखी भबिस्यको कल्पना गरि दलालहरुको प्रलोभनमा परि युरोपसम्मको कठिन यात्राको क्रममा सयौं नेपालीहरु ठगीरहेको र ज्यानै पनि जाने गरेको घटनाहरु सार्बजनिक भइरहेकाछन् । अफ्रिकी आप्रवासीहरु यूरोप छिर्ने मुख्य सामुन्द्री मार्ग लिबिया हुँदै सयौंको संख्यामा नेपालीहरु पनि इटालि, माल्टा, स्पेन लगायत अन्य युरोपियन देशहरु छिर्ने गरेको पाइएको छ ।

दलालहरुलाइ आठ लाख देखी चौध लाख सम्म बुझाएर नेपालीहरु यसरी आउने गरेका हुन् । यसरी लिबिया हुँदै कष्टकर रुपमा समुन्द्रमा काठ, प्लास्टिक तथा रबरको डुंगा प्रयोग गरि आउने मध्य एक नेपालीको गत नोभेम्बर ०४ तारिखमा यात्राकै क्रममा निधन भएको छ । यसरी निधन हुने म्याग्दी जिल्ला रघुगङा गाउपालिका निबासी धनमान पुर्जा हुन् । लिबियाबाट भुमध्य सागरको समुन्द्री मार्गमा काठ,प्लास्टिक तथा रबरको डुङ्गामा अत्यन्त जोखिमपुर्ण र कष्टकर यात्रा हुने गरेको यसरी आउनेहरुले बताएकाछन् । यो मार्ग हुँदै युरोप छिर्ने क्रममा २०१७ को जनवरी देखी हालसम्म २ हजार भन्दा धेरैको ज्यान गइसकेको तथ्य युनएचसिआरले सार्वजनिक गरेको छ ।

समुन्द्रमा यस्तो यात्राको क्रममा आँधीले,छाल आदिको कारण पलपल दुर्घटनाको जोखिम हुन्छ । समुन्द्रको त्यती लामो यात्रामा कयौं दिनहरु बाटो बिराएर हराउने , दलालहरुले सानो डुङ्गामा धेरै मान्छे कोचेर राख्नाले डुबेर दुर्घटना हुने गरेको छ । नेपाल सरकारले भ्रमण प्रतिबन्ध गरेको लिबियामा यसरी नेपालीहरुलाई ल्याइपुर्याउन दलालहरुले बिभिन्न मुलुकहरु प्रयोग गरेको यहाँ आउनेहरुसंगको कुराकानीको क्रममा खुलेको छ । भारत नयाँ दिल्ली स्थित लिबियाको दूतावास मार्फत लिबियाको भिसा लगाइ त्यसपछि श्रीलंकाको भिजिट भिसा अनि दुबईको भिजिट भिसा लगाइ श्रीलंका हुँदै दुबई पुर्याएर टर्की, जोर्डन, सुडान लगायत मुलुकको ट्रान्जिट मार्फत लिबिया पुर्याउने गरेको पाइएको छ । कतिपयलाई भने नयाँ दिल्ली स्थित लिबियाको दूतावास मार्फत नेपाली पासपोर्टमा लिबियाको भिसा लगाइ त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमै कर्मचारीसंग सेटिङ मिलाइ भिजिट भिसामा सिधै दुबई पुर्याएर ट्रान्जिटका अन्य देश हुँदै लिबिया पुर्याउने गरेको पाइएको छ ।

दलालहरुलाइ आठ लाख देखी चौध लाख सम्म बुझाएर नेपालीहरु यसरी आउने गरेका हुन् । यसरी लिबिया हुँदै कष्टकर रुपमा समुन्द्रमा काठ, प्लास्टिक तथा रबरको डुंगा प्रयोग गरि आउने मध्य एक नेपालीको गत नोभेम्बर ०४ तारिखमा यात्राकै क्रममा निधन भएको छ । यसरी निधन हुने म्याग्दी जिल्ला रघुगङा गाउपालिका निबासी धनमान पुर्जा हुन् । लिबियाबाट भुमध्य सागरको समुन्द्री मार्गमा काठ,प्लास्टिक तथा रबरको डुङ्गामा अत्यन्त जोखिमपुर्ण र कष्टकर यात्रा हुने गरेको यसरी आउनेहरुले बताएकाछन् ।

यसरी लिबिया पुगेका कयौं नेपालीहरु लिबियामा मानवतस्करहरुको क्याम्पमा धेरै समय बन्दी जिवन बिताएर यूरोप छिर्ने गरेको पाइएको छ । युद्धग्रस्त र अशान्त, सुरक्षाको अवस्था अत्यन्त नाजुक रहेको लिबियामा क्याम्पमा रहँदा खाना, पानीको अभाब, अत्यन्तै कष्ट, यातना र सुरक्षाको सदैब खतरा रहने यसरी आउनेहरुले बताएका छन् । कतिपय नेपाली लगायत पाकिस्तानी , बाङ्लादेशीहरु, अन्य अफ्रिकी मुलुक लगायतलाई लिबियामा तस्करहरुले बन्धक बनाएर पैसा माग्ने गरेको, परिवार मार्फत धेरै पैसा मगाउन बाध्य पार्ने नदिएसम्म बन्धक बनाइ राख्ने र ज्यानै लिनेसम्मको अवस्था रहेको यसरी आउनेहरु मध्यले बताएकाछन् । लिबियाबाट लुकिछिपी मध्य रातमा समुन्द्रबाट युरोप छिर्ने क्रममा लिबियन समुन्द्री सुरक्षागार्डले फेला पारे कष्टकर जेल सजाय पनि भोग्नुपर्ने गरेको कतिपयले बताएकाछन् । यसरी कष्टकर रुपमा युरोप छिरे पछि पनि दलालले भने जस्तो अवस्था नपाए पछि धेरै जना पश्चाताप मानीरहेको पाइएको छ । कतिपय भने यूरोपको अनिश्चित अन्यौलग्रस्त बसाई बस्नुभन्दा नेपाल फर्कनु उचित ठानि नेपाल फर्किएको पनि पाइएको छ । दलालले यूरोप छिरेपछि तिन महिनामा बस्ने र काम गर्ने अनुमती पाइन्छ त्यसपछि मासिक न्युनतम १५०० देखी २००० यूरो सम्म कमाइ गर्न सकिन्छ र दुईवर्षको बसाई पछि परिवार सहितको लागी स्थायी बसोबास अनुमती पिआर पाइन्छ भन्ने प्रलोभनमा नेपालबाट यहि मार्ग प्रयोग गरि आएका ताप्लेजुङका एक युवा करिब सात महिना इटालीको आप्रवासी शिविरमा बसेर दलालले भने जस्तो केहि पनि नभए पछि अहिले नेपाल फर्की आफ्नो ब्यबसाय संचालन गरिरहेको बताए ।

उनले भने “ऋण गरेर दलालको प्रलोभनमा युरोपको सपना बनाएर ज्यानै जोखिममा पारेर इटालि पुगियो तर त्यहाँ बसाई अनुमती प्रक्रिया , काम र कमाइ, भाषा लगायतको सबै प्रक्रिया धेरै गाह्रो रहेछ । बेकार आएजस्तो भयो , समय र पैसा सबै बर्बाद भयो । अरु समय खेर नफाल्ने , ऋण र ब्याजको भार नबढाउन पनि नेपाल फर्केर आफ्नै केहि ब्यबसाय गर्ने सोच गरेर फर्के । अहिले सानोतिनो ब्यबसाय त गर्दैछु । तर ऋणको भार उस्तै छ । यूरोपको सपनामा नगर्नु गल्ती गरियो ।“ त्यस्तै मोरङका एक युवा जो पहिला धेरै वर्ष खाडि मुलुकमा बिताएर अब बिदेश कतै नजाने सोचेर परिवार संगै बसेर आफ्नै ब्यबसाय गरिरहेका थिए । दलालको झुटो प्रलोभनमा परि कमाइ पनि राम्रै हुने विशेष गरि पेपर पाए पछि युरोपका जुनसुकै अरु राम्रा मुलुक पनि जान,बस्न , काम गर्न सकिने भन्ने दलालका कुरा बिस्वास गरि पछि आफ्ना छोराछोरीको भबिस्य राम्रो हुने सोची सोहि मार्ग मार्फत इटालि पुगेका थिए । तर दलालले भने अनुसार केहि पनि नपाए पछि इटालि पुगेर आप्रवासी शिविरमा पन्ध्र दिन बिताएर नेपाल फर्किएको बताउछन् ।

गोपनियताको लागी यि पिडितहरुले आफ्नो नाम भने बताउन चाहेनन् । अहिले यस्तै कयौं नेपाली इटालि लगायत , फ्रान्स , जर्मनीको आप्रबासी शिविरमा बसाई अनुमती प्रक्रियाको लागी पर्खेर बसेको पाइएको छ । यसरी बिभिन्न मार्ग मार्फत इटालि पुगेका नेपालीहरु मध्य कतिपय स्वेच्छिक रुपमा र कतिपय भने गैर आवासिय नेपाली संघको सहयोगमा अन्तराष्ट्रिय आप्रवाशन संगठन (आइओएम ) अन्तर्गतको स्वेच्छिक घरफिर्ती प्रकृया अनुसार नेपाल फर्केका छन् । यहीँ रहेकाहरु मध्य धेरैले ऋणको भारको कारणले पनि तत्काल नेपाल फर्कन नसक्ने यहीँ बसेर पनि कति समय बिताउनु पर्ने हो ,के हुने हो अनिश्चितता भए पनि केहि हुन्छ कि भन्ने आशामा बाध्यताबस बस्नुपरेको बताउने गरेकाछन् । यसरी आउनेहरुले आफन्त र साथीभाइले पनि आउने इच्छा राख्ने गरेको तर आफुले भोगेको र देखेको यहाँको सबै अवस्था बताउँदा पनि कतिपयले आफुँ चै युरोप पुगेर राम्रो जिन्दगी बाचीरहेको अनि हामीलाई नआउनु भनेको ठानेर बिस्वास नगर्दा दलालको प्रलोभनमा फस्ने गरेको बताएकाछन् ।

कतिपयलाई भने यहाँ आइपुगे पछि छिटो धेरै पैसा कमाएर आएको लगानी उठाउन अरु आफन्त , साथीभाइलाई पनि ल्याउन दलालले प्रेरित गर्ने गरेको बताएका छन् । युरोपमा अहिले अपिÞm्रकि , एसियाली तथा दक्षिण एसियाली विशेष गरि पाकिस्तानी , अफगानिस्तानी,बाङ्लादेशि आप्रवासीको संख्या अत्यधिक रहेको छ । युरोपको एउटा प्रमुख समस्याको रुपमा आप्रवासीको समस्या रहेको छ । आप्रवासीको अत्यन्त चाप रहेको अवस्थामा यहाँको बसाई अनुमती पत्र पाउन धेरै नै गाह्रो छ । पेपर नपाए सम्म बैधानिकरुपमा बस्ने, काम पाउने र अन्य कुनै पनि सुबिधा प्रयोग गर्ने कुरा असम्भव कुरा हो । कतिपयले अबैध रुपमा बसेर काम गरिरहेका छन् तर त्यो अत्यन्तै न्युन पारिश्रमिकमा अबैध रुपमा बसेर कहिलेसम्म हो अनिश्चितता मात्रै रहन्छ ।

यहाँको लिभिङ स्टाण्डर्ड र खर्च धेरै महँगो छ । पेपर नै पाएपनि सोचे जस्तो र चाहे जस्तो एकै चोटि धेरै कमाउन सक्ने या बचत गर्नसक्ने अवस्था नहुन सक्छ । कामको लागी केहि न केहि सिप र दक्षता हुन जरुरी हुन्छ नत्र सामन्य काममा खासै कमाइ नहुनसक्छ । यूरोप खाडि मुलुक जस्तो आप्रवासी कामदारको लागी ठुलो श्रम बजार हैन । अर्को प्रमुख समस्या भनेको भाषाको हो । यूरोपका धेरै मुलुकमा आफ्नै भाषा प्रयोग हुन्छ । इटालिको हकमा दैनिक जिवनमा कहिँकतै अंग्रेजÞी प्रयोग नै हुँदैन भने पनि हुन्छ । यहाँ इटालियन भाषा प्रयोग हुन्छ । अस्पताल,सुपरमार्केट,कार्यलय देखी सबै सार्बजनिक स्थलमा इटालियन भाषा प्रयोग हुन्छ। तिर्खा लागेर पानी माग्न पनि भाषा नजान्दा गाह्रो परेको मेरो अनुभव छ ।

काम या रोजगारीको हकमा त इटालियन भाषा पहिलो आबश्यकता नै हुने भयो । यदि यहाँको बसाई अनुमती पाइहाले पनि परिवारको लागी वसाइ अनुमती पाउन , आप्रवासीको लागी युरोपका अन्य मुलुकमा गएर काम गर्ने लगायतका कुराहरुको प्रक्रिया दलालहरुले बताए जस्तो त्यती सहज र सरल छैन । त्यस्को लागी धेरै लामो प्रक्रिया र समय लाग्न सक्छ । धेरै जसो गाह्रो नै छ । युरोपका मुलुकहरुले आप्रवासी सम्बन्धी नितिमा कडाइ गर्दै गरेको र युरोपियन नागरिककै बढ्दो बेरोजगारी समस्या र त्यसको समाधानमा यहाँको सरकारले महशुस गरेको चुनौती र प्राथमिकता लगायतले गर्दा युरोप हामीले नेपालबाट सोचे जस्तो सहज छैन ।

प्रतिक्रिया

सम्बन्धित