औँठी बेचेर अढाई लाखमा रावणको म्युजिक भिडियो बनाएँ

– श्रीकृष्ण लुईँटेल “बोकेदाह्री”(गायक, अभिनेता )

 

श्रीकृष्ण लुईँटेल “बोकेदाह्री” पछिल्लो समय उनको नयाँ म्युजिक भिडियो रावणका कारण चर्चामा रहेका छन । कमेडी शैलीका गित संगीतमा जमेका उनी पछिललो समय झापाको बिर्तामोडमा रहेर यही क्षेत्रमा संघर्षरत रहेका छन । मोरङको सलकपुरमा मातापिता लक्ष्मीप्रसाद र अम्बिकादेबी लुँईटेलको जेठो सन्तानका रुपमा २०३३ साल भदौ ११ गते शुक्रबार जन्मिएका लुईटेलले सुकुना बहुमुखी क्याम्पस र इटहरकिो जनता क्याम्पसबाट बिए,बिएड सम्मको अध्यायन गरेका छन ।

सानैदेखि गीत संगीतमा रुचि राख्ने उनी समाजमा भएका बिकृति र बिसंगतिलाई गीत संगीत मार्फत प्रस्तुत गर्न खप्पिस रहेका छन । ए बाऊ किन्देऊ न भटभटे,नामको गित गाएर चर्चामा आएका उनले अहिले सम्म ६ वटा नेपाली चलचित्रमा अभिनय गर्नुका साथै हरेक बर्ष एक गीति एलबम समेत बजारमा ल्याउने गरेका छन । उका दर्जनौ गितहरु चर्चित रहेका छन । उनको भर्खरै बजारमा आएको रावण को म्युजिक भिडियोले यतिबेला बजार तताएको छ । यसै सेरोफेरोमा पुर्बेली न्युजका लागी नरेन्द्र बस्नेत र शुरेसचन्द्र दहालले गरेका कुराकानीका अंशहरु :

पछिल्लो समय के मा ब्यस्त हुनुहुन्छ ?

पछिल्लो समय मैले भर्खरै बजारमा ल्याएको रावण गीतको भिडियोको प्रमोसनका लागी बिभिन्न ठाँउहरुमा पुगिरहेको छु । यस्कै काममा ब्यस्त भन्नुपर्यो ।

कस्तो छ दर्शक र स्रोताको प्रतिक्रिया ?

एकदमै राम्रो छ । समाजमा भएको बास्तबिक घटना बाहिर ल्याएको भन्दै धेरैजनाले मनपराई दिनुभएको छ । केही पुरुष साथीहरुले चाँहि मन पराउनु भएको छैन । उहाँहरुले अश्लिल गाली नै गर्नुभएको छ । जो चाँहि मैले भिडियोमा समेटेको रावण चरित्र सँग मेल खान्छ । उहाँहरुले चाँहि आफनो कथा बाहिर आयो भनेर मलाई गाली गर्नुभएको छ ।

यो भिडियो तयार पार्न कति खर्च भयो ?

यो भिडियोका लागी अढाईलाख बढी खर्च भएको छ । मैले भिडियोका लागी धेरै मेहनत पनि गरेको छु । बिगतमा भन्दा यो भिडियोलाई स्तरीय बनाउने प्रयास गरेको छु ।

खर्च अरुले गरिदिएको कि आफैले ?

मैले आफैले गरेको हो । काठमाण्डौमा भिडियोका लागी खर्च नपुगेर मैले आफैले लगाएको औँठी समेत धितोमा राखेको छु ।

तपाई त चलचित्रमा पनि अभिनय गरेको मान्छे पछिल्लो समय किन चलचित्र गर्नुभएन ?

केही चलचित्र गरेँ । पछिल्लो समय म बढी गीत संगीतमै ईन्गेज भएँ । फेरी अरुको डमी बनेर अरुको कन्सेप्टमा फिल्म खेल्न मन लागेन । अहिले पनि चलचित्रका अफरहरु आईरहेका छन । तरपनि मलाई चलचित्रमा ईन्टेस्ट छैन ।

तपाई राजधानी छोडेर मोफसलमै संघर्ष गरिरहनुभएको छ, किन राजधानी छोडनुभयो ?

म पनि केही समय राजधानी बसेकै हो । तरपनि राजधानी बस्नुभन्दा मोफसलमा बसेर पनि राजधानीको जत्तिको काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्न पनि म गाँउ आएको हुँ । फेरी गाँउ जत्तिको अग्र्यानिक शहर कहाँ हुन्छ र ?

कमेडी गित बाहेक अरु गीत किन गाउनु भएन ?

कमेडी बाहेक अरु पनि गीत गाएको छु । तरपनि कमेडी मार्फत समाजमा भएका बिकृति र बिसंगतिका बिरुद्ध आवाज उठाउन सहज हुन्छ । त्यसैले बढी प्राथमिकता यसलाई दिन्छु ।

तपाईको टाईटलका कारण नाम ओझेल पर्यो जस्तो लाग्दैन ?

पहिला लाग्दथ्यो । यानकी मेरी सानी छोरी समेत मलाई बोकेदादाह्री भन्थिन । निक्कै समयपछि मात्र उनले मलाई श्रीकृष्ण लुईँटेल भनेर चिनिन । पब्लिकमा पनि त्यस्तै भएको थियो । बिस्तारै समाजमा घुलमिल हुँदै गएपछि अहिले चाँहि खासै समस्या छैन ।

यही नाम राख्नुको कारण ?

गाँउमा पहिला बेरोजगार थिएँ । खाने, हल्लिएर हिँडने, चुस्स दाह्री पाल्ने बाहेक केही काम थिएन । पछि सोही पारामा गित पनि गाईयो । भएको बास्तविक कुरालाई गित बनाएपछि आखिर दाह्री नै पाल्दा चाँहि के होला र ? भन्ने लाग्यो । अहिले त दाह्ी पनि पालियो । यहि नाम नै चर्चित पनि बन्यो ।

 

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…