नेपालको आध्यत्मिक जगतलाई सम्मान गर्दै नेपाली चेलिलाई सेनापती बनाउँदा गर्व लागेको छ ।

– महामण्डलेश्वर स्वामी महाराजजी हेमान्नद गिरी

छिमेकी देश भारतमा शंकराचार्य चयनको बिषयलाई लिएर निकै चर्चा भयो । संस्कृतिक परम्परा, बेद, धर्म र धर्मका अनुरागी गुरु, महात्मा, सन्यासी, नागा, पुरोहित हरुको संरक्षण गर्न संन्यासीहरुको संगठनले मान्ने प्रमुख गुरु छनोटको विषय अहिले सबै तिर चर्चा छ । धर्मगुरू छनोट शंकरचार्य पद जस्मा पहिलो पल्ट नेपाल सामेल हुन पाएको छ । त्यसमा पनि नेपाली चेली सो दौडमा छिन । बिश्वभरका ९ करोड नागा, सन्यासी, आचार्य, बेद बिषेशज्ञ, धर्म, गुरु, मण्लेश्वर आदिका गुरूको छनोटमा नेपालकी छोरीले पहिलो पल्ट छनोट चरणमा पुग्न सफल भएकी छन । यो शंकराचार्य पद जहाँ अहिले सम्म महिलालाई छनोटमा नै लग्दिैन थियो र लगेको पनि थिएन । मोरङको पथरीशनिश्चरेमा बसोबास गर्दै आउनुभएकी श्री महामण्डलेश्वर स्वामी महाराजजी को पद ग्रहण गर्नुभएकी महामण्डलेश्वर स्वामी महाराज जी हेमान्नद गिरी जस्ले अहिले नेपालको प्रतिनिधीत्व गर्दै नेपालको नाम चर्चामा ल्याउनु भएको छ । उहाँसंग गरिएका कुराकानीका अंशहरु :

शुरुमा प्रष्टयाईदिनुस कि शंकराचार्य भनेको के हो ?

शंकराचार्य भनेको हिन्दु सनातन परम्पराको सर्वाेम्च पद, हाम्रो ४ बेदले यस्लाई सिञ्चित गरेको छ । ४ बेदमा ४ शंकराचार्य हुनुहुन्छ त्यसमा अहिले मेरो पनि नाम स्वीकृत भएको छ त्यो चै ज्योति पिठको बद्रिका आश्रमको शंकराचार्य लागि चयन हुँदै छ । त्यस कारण शंकराचार्य भनेको यो सम्पुर्ण चराचर जगत जिवहरुको अस्तित्व धर्मको सर्वाेच्च सनातन पद भनेको शंकराचार्य हो ।

अनि महामण्डलेश्वर भनेको चै के हो ?

महामण्लेश्वर भनेको यो आचार्य पद हो गुरु पद हो लाखो नागा सन्यासीहरुको अखडाबाट प्रतिनिधीत्व गरेर महामण्लेश्वर हुन्छ र तिनै नागा सन्यासीहरुको सेनापती हो महामण्लेश्वर । उज्जवन कुम्भ मेलाले ९ करोडको साधुसन्त सन्यासीको भिडमा ६ जनाको महामण्लेश्वर चयन भएको थियो त्यसमा १ जना मात्र महिला चयन भयो थियो, जुनबेला नेपालले महिला राष्ट्रपती, महिला सभामुख, महिला न्यायधिस पाएको थियो । त्यहि बेला नेपालकी चेली म हेमानन्द गिरी महामण्डलेश्वरको पद धारण गरेर नेपाल फर्केकी थिए ।

कस्तो लाग्यो तपाईंलाई महामण्डलेश्वर सेनापती पद पाउँदा ?

धेरै गौरवको कुरा हो बनाएर उज्वन कुम्भ मेलाले नेपाललाई सम्मान र सम्पुर्ण नेपालको आध्यत्मीक जगतलाई सम्मान गर्दै नेपाली चेलिलाई सेनापती बनाएको थियो ।

शंकराचार्य पदको प्रतिस्पर्धीमा चै को को हुनुहुन्छ ।

शंकराचार्य पदको प्रतिस्पर्धी तेजस्बी, ओजस्बी, धेरै पुराना आध्यात्मीक जीवन बिताइ ओजस्बी माहात्माहरु हुनुहुन्छ ।

कस्तो लागेको छ महिलाहरु प्नि शंकराचार्यको प्रतिस्पर्धी हुन पाउँदा ?

खुसी त हुने नै भएँ । त्यसमा एक मात्र महिलामा म छु र यो भन्दा अगाडि महिलालाई शंकराचार्य बनाउनु पर्छ भनेर निबेदन पेश गर्दा स्वकृती नभएको अवस्थामा थियो । धेरै ठुला ठुला ओजस्वी, तपसिनी महिला सन्त हुनुहुन्छ उहाँहरु प्रतिस्पर्धामा आउन नसक्नु भएको र नल्याईएका अवस्थामा नेपालबाट एक महामण्डलेश्वर सन्तले हालेको निबेदन स्वकृती हुनु नै सम्पुर्ण महिला सन्तको सम्मान गर्दै पहिलो महिला र त्यसमा पनि नेपालकी महिला हुन पाउँदा गर्व र खुसी लागेको छ ।

तपाईको त्यहाँसम्म पुग्ने बाटो चै कसरी तय भयो ?

यसको पनि एउटा प्रकृया छ । पहिले सन्त समाजले निर्णय गर्ने चलन थियो अहिले धर्म महासंघ मण्डललाई दिएको छ । त्यो तथस्ट मण्डल भएकाले अदालतको आदेश अनुसार शंकराचार्य हुन सक्ने छवि र अस्तित्व बोकेका निर्विबादित सन्तहरुको नाम चयन गर्ने र निर्णय गर्ने अधिकार पाएको छ । त्यसमा हाम्रो अखण्डबाट मेरो सिफारिस परे संगै म यहाँ सम्म आई पुगेको हुँ ।

तपाईंलाई अघि बढ्न कस्को कस्तो भुमिका रहनु पर्ला ?

नेपालबाट आध्यात्मिक संघ संगठन, बेद बिद्याालयहरु, पुरोहित, पण्डितहरु, समाजसेवी, राजनितिक दलको कुसल सन्देशको रुपमा सिफारिसको रुपमा गए भारत धर्म मण्डलको चासो केन्द्रित हुने थियो भारतमा पनि मेरा अनुयाहि शिष्यहरु भएकाले भारतबात सिफारिस भै रहेको छ ।

तपाईं शंकराचार्य भैरहँदा महिला सन्त तथा तपाईका शिष्यहरुले के पाउँछन् ।

विश्व मानव जगत, अध्यात्मिक जगत, सामाजिक जगतले पाउने सुबिधाहरु छन । पहिलो त आध्यात्मक बिस्तार, शान्ति र समानताको बिस्तार, ज्ञान, तप, जप, साधना र सम्पुर्ण धर्मलाई संरक्षण गर्ने जस्ता धेरै कुरा छन । त्यो शंकराचार्य पदलेनै सनातन धर्मको परमपरालाई संरक्षण र प्रबधन गर्ने काम गर्छ ।

नेपालको चेलिलाई यहाँ सम्म आईपुग्नुको कारण चै के हो ?

नेपाल यस्तो देश हो जुन देशमा ऋषिमुनिहरु तपस्या गरेको देश हो, जहाँ भगवान गौतम बुद्घ , सीता माता, पर्शुराम , ब्यास, पान्डीन्य ऋसि, बिश्वमित्र जन्मिएको भुमि हो । राजा जनकले राज्य गरेमो भुमि नेपाल वाल्मीकि ऋषिको भुमि नेपाल, विश्वमा नभएको जरिवुटि पाईन्छ , देवि देवताको नदिनाला, विश्वको सुरक्षा गर्ने वीर नेपालीको भुमि, सगरमाथा, काली गण्डकी र पशुपतिनाथ भएको भुमि हो नेपाल नेपाल र नेपालीले गर्न नस्कने केही छैन त्यस्कौ सफलता हो यो त्यो संगै यहाँ आध्यात्मक,साधना, बिध्वत्ता, बिबेक, कला, क्षमता हेरेर चया गर्ने गरिन्छ त्यसैले नेपालका विभिन्न संघ सघठनले आ आफ्नो ठाउँ बाट सुभेक्षा प्रकट गरिदिनुहुन समेत आभार ब्यक्त गर्दछु ।

यो शंकराचार्य निर्णय भारत धर्म मण्डलले गर्ने कुरा छ यो कहिले सम्म आउछ ?

छनोट प्रकृया सुरु भएको एक महिना भित्र निर्णय आउँछ जस्को छनोट भौसकेको छ त्यसमा १२ सय आबेदन बाट ४ जना छनोट भएको छ त्यसमा एक मात्र महिला छनोट भएको छ ।

अन्त्यमा केही भन्नु छ ?

मेरा जति पनि शुभचिन्तकहरु नेपाल र भारतमा हुनुहुन्छ उहाँहरुलाई धेरै धन्यबाद दिन चाहान्छु जस्को कार्णले आज मेरो नाम चयन हुनमा सहयोग पुगेको छ । र म नेपाल र हिन्दु देवि देवता, रिशिमुनिको पुत्रि हु म १३ वर्षको उमेरमा नेपाली बाबा तेजनाथ शर्माको पद यात्रामा ७५ जिल्ला हिडेकि छु । यो देशको उन्नति र बिकासको लागि आध्यात्मीक संघ संगठन र बिकासको लागि म महत्वपुर्ण भुमिका खेल्न सक्छु । त्यसैले मलाई यो उच्च पदमा आसिन हुनको लागि सिफारिस पठाइ दिई सहयोग गरिदिन अनुरोध गर्दछु । प्रस्तुति ः गोपाल काफ्ले

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…