भेडेटारलाई “पर्यटकीय हव” बनाऊन फुड फेस्टिबल : राई
धनकुटा । पूर्वको प्रमुख पर्यटकीय गन्तव्यस्थल भेडेटारलाई पर्यटकीय हवका रुपमा बिकास गर्न फुड फेस्टिबल आयोजना गरिएको होटल एशोसिएसन भेडेटारका सचिब जितेन्द्र राईले बताएका छन । पुर्बेली न्युज सँग कुराकानी गर्दै उनले भेडेटारको प्रचारप्रसार र पर्यटकहरुलाइृ भेडेटारप्रति आकर्षित गर्न फेस्टिबल आयोजना गरेको बताए । उनले गुरुयोजना निर्माण गरी भेडेटारको बिकास गरिने समेत बताएका छन । धनकुटाको भेडेटार हरेक दृष्टिकोणले चर्चित छ ।
क्षणभरमै परिबर्तन हुने मौसम सँगै बिभिन्न हिमश्रृङ्खलाहरुको दृश्यावलोकनका लागी समेत उपयुक्त मानिन्छ । साँगुरीगढी गाउँपालिकामा पर्ने भेडेटार र आसपासका क्षेत्रहरु शैलुङ्ग डाडा, पाथीभरा मन्दिर, शंखेश्वर मन्दिर, भेडेटार पार्क, नजिकै रहेको आत्मघर, थुम्कीमा रहेको सूर्यदय वौद्ध पार्क, सिम्सुवा झरना (नमस्ते झरना), नाम्जेमा रहेका होमस्टे, ओख्रे भ्यु टावर, ध्वजे डाडा, अजङ्गको बरको रुख, थाउजेन विग बुद्ध लगायत भेडेटार वरपर रहेका दर्जनौ भन्दा बढी पर्यटकीय स्थलहरु रहेका छन । राईसँग गरिएको कुराकानी :
प्रतिक्रिया