असक्षम देउवा !

नेपालको ४० औ प्रधानमन्त्री हुदै गर्दा प्रधानमन्त्री देउवाका अगाडी धेरै चुनौती हरु थिए । आफ्नै पार्टीको नेतृत्वमा आएको संबिधानको कार्यान्वयन र संविधानका केही अन्तरनिहित कुरा हरुमा असहमती जनाउदै आन्दोलनमा रहेका केहि राजनीतिक शक्ति हरुलाई संविधानमा जोडी पहिलो चरणमा भएको निर्वाचनमा पछि परेको आफ्नो पार्टी लाई कसरी अगाडि बडाउने भन्ने थियो । ऊनी प्रधानमन्त्री हुदै गर्दा उन्का बिगतहरुले पनि उन्लाई छाडेको थिएन । उनी प्रधानमन्त्री बन्दै गर्दा धेरै आमनागरिक हरुमा बाकी दोस्रो चरणको निर्वाचन हुने हो हैन भन्नेमा संका उत्पन्न भएको थियो ।
 पहिलो चरणको निर्वाचन शान्तिपुर्ण तरिकाले सम्पन्न गराएर माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले  आफ्नो राजनीति छवि लाई धेरै माथी उठाएका थिए । यस अबस्थामा दोस्रो चरणमा गर्ने भनिएको चुनाब कसरी हुने या हुनै पो नसक्ने हो कि भनेर देश भर ठुको संसय थियो । दोस्रो चरण निर्वाचन पनि बहिस्कार गरेर बसेका मधेसबादी दल हरु लाई कसरी समेट्ने भन्ने बिषयले प्रमुखता पाएको थियो । यस्तैमा मधेसबादी दल हरु संबिधान संसोधन नभई निर्वाचनमा भाग नलिने देखिए पछि अरु देउवा सामु अरु प्रश्न चिन्ह खडा भएको थियो । मधेसबादी दल हरु लाई समेट्ने निहुमा देउवाले दोस्रो चरण निर्वाचनको लागि तोकिएको समय लाई केही पर सारे तर पनि मधेसबादि दल निर्वाचनमा न आउने भए पछि बाकी रहेका निर्वाचन लाई फेरि दुई चरणमा निर्वाचन गराउने भने पछि प्रतिपक्षमा रहेका दल हरुबाट देउवा अरु आलोचित भए ।
दोस्रो चरणको निर्वाचन पछि संविधान संशोधन गर्ने भनेर मधेसबादी दललाई चुप गराएका देउवाले दोस्रो चरणको निर्वाचन लगत्तै संविधान संसोधनको प्रस्ताव टेबल गराए पनि असफल रह्यो । संशोधन असफल रहे पनि तेस्रो चरणको निर्वाचनका लागी मधेसबादि दल निर्वाचनमा भाग लिने बताबरण बन्यो । स्थानीय तहको निर्वाचन सकिए पछी  आफ्नो पार्टी पहिलो बाट दोस्रोमा आएको थियो । उन्को साम्ने त्यो भन्दा ठूलो चुनौती संघ र प्रदेशको निर्वाचन गराउनुमा थियो । यतिका ऐतिहासिक काम गर्दै आएको पार्टी पहिलो बाट दोस्रो हुनुले पार्टी भित्र देउवाका अगाडि केही आलोचना हरु तेर्सिन थालेका थिए । स्थानीय तहमा असुहाउदो र  पार्टीका कार्यकर्ताको भावना बिपरित माओवादी संग चुनावी तालमेल गरेर जादा पार्टीले हार बेहोर्न परेको कुरालाई लिएर पार्टी भित्र बहस चल्न थालेको थियो । यस्को केन्द्रिय समिति बोलाएर एक पटक समिक्षा पनि नगरी   देउवाले ती बिषयलाई सुन्दै नसुनी संघ र निर्वाचन को मिति घोषणा गरे । जस्ले नेतृत्व  प्रति दोस्रो पुस्ताका नेताहरुले असन्तुष्टि जनाइ रहेको पाइन्थ्यो ।
माओवादी कांग्रेसको सहकार्यले एक्लिएको एमाले र कांग्रेस संग गरेको गरेको चुनावी तालमेलले आफ्नो पार्टी लाई खासै फाइदा नपुगेको देखेर माओवादी नेतृत्व र एमालेको नेतृत्व एक अर्कामा नजिक हुन पुगे जस्ले कांग्रेसका लागि घातक साबित भै दियो ।  निर्वाचनको मिति घोषणा गरि सकेको अवस्था, संबैधानिक जटिलता र आफ्नो बिगतको छबिले नछाडेको हुदा देउवाका अगाडी जसरी पनि निर्वाचन गराउनै पर्ने बाध्यता थियो । स्थानीय निर्वाचनमा पहिलो भएको पार्टी र तेस्रो भएको  पार्टी मिल्दा निर्वाचन परिणाम आफ्नो पक्षमा नआउने प्राय निश्चित जस्तै थियो । तर कांग्रेसले यस्लाई पनि हल्का रुपमा लिएर स्थानीय निकायको मत जस्तो केन्द्रीय निर्वाचनमा नहुने सोचेर अब पार्टी लाई कसरी अगाडि बडाउने भनेर सम्म छलफल नगरी पार्टी निर्वाचनमा होमिदा पार्टीले शर्मानाक हार बेहोर्नु पर्‍यो ।
भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस ४६ जिल्लामा निल हुन परेको छ । प्रत्यक्षतर्फका १ सय ६५ निर्वाचन क्षेत्रमा २२ स्थानमा मात्र जित हासिल गरेको कांग्रेस प्रदेश तर्फ ३सय ३० स्थान मध्य ३९ स्थानमा मात्र चित्त बुझाउनु परेको छ । नेपाली कांग्रेस इतिहासकै सबैभन्दा नाजुक अबस्थामा आइ पुगेको छ । नेपाली राजनीतिक इतिहासमा असक्षम र असफल प्रधानमन्त्री को उपनाम पाएका देउवा २०७४को निर्वाचन पछि  प्रधानमन्त्रीमा मात्र नभएर आफ्नो पार्टी संगठन भित्र पार्टी नेतृत्वमा पनि असक्षम र असफल देखिएका छन ।
कांग्रेस सभापति देउवा सत्ता प्राप्तिको लागि कौशल खेलाडी मानिए पनि संगठन लाई चुस्त बनाउन सक्ने र जनचाहना लाई बुज्न सक्ने मानिन्दैनन । चुनावी राणनीतिक हिसाबमा देउवा सधै पछी र प्रलोभनमा पारेर मात्र आफुलाई अगाडी बढाउने नेता हुन । देउवाको प्रलोभनमा सामान्यतय उन्का नेता कार्यकर्ता त पर्लान तर निर्वाचन कार्यकर्ताले मात्र जितिदैन भन्ने कुरा देउवाको भावानामा अहिलेसम्म नपरेको देखिन्छ ।
नेपाली कांग्रेसको नेतृत्वमा आजमात्र नभएर यो भन्दा पहिले अगाडि पनि नेतृत्व समक्ष प्रश्न उठ्ने गरेका थिए । देउवालाई नै  एकपटक पार्टीपंङ्ति बाट आफुखुसी पार्टी चलाएको आफुखुसी निर्णय गरेको भनेर आलोचना हुदा देउवाको जवाफ  पहिलाका गिरिजा शुशील कोइराला हरुले गर्दा हुने मैले नहुने भनेर जवाफ दिएका थिए । तर त्यो अबस्था र अहिलेको बर्तमान अवस्थामा पार्टी चलाउने शैली फरक भएको छ । जुन कुरा लाई देउवा कहिले बुज्न चाहादैनन ।
महाधिवेशन भएको दुई बर्ष बित्न लाग्दै गर्दा पनि पार्टीले अहिले सम्म पुर्णता पाएको छैन । पार्टीका महत्त्वपूर्ण पद हरु उपसभापति, महामन्त्री,सह महामन्त्री जस्ता विभिन्न महत्त्वपुर्ण पदहरु खाली राखी रहनु देउवा एक्लैले पार्टीमा प्रभुत्व जमाउन खोजेको जस्तो देखिन्छ । पार्टी भित्रका ४२ बिभागहरु अहिलेसम्म बन्न सकेका छैनन । पार्टीको केन्द्रिय कार्यसमितिको बैठक महिनौं देखि बस्न सकेको छैन जस्ले राष्ट्रिय र समसामयिक एजेन्डा हरुमा पार्टी भित्र छलफल हुन पाएको छैन । पार्तिका जिल्ला, क्षेत्रीय कार्यसमिति हरु पुरानो अधारमा छन । मुलुक संघीय ढाँचामा गै सकेपछि संघीय ढाँचा अनुरुप रुपान्तरण गर्न नसक्नुले पनि पार्टीको नेतृत्व गर्दै गरेका देउवा असक्षम भएको मानिन्छ ।
नेपालको कर्मचारीतन्त्र विभिन्न गैरसरकारी संस्थाहरुमा एमालेको पहुच राम्रो भएको कुरा देउवा स्वीकार गर्दछन । तर त्यस्को समाधानमा कहिले लाग्दैनन देउवा समाधान भन्दा बडि  सत्ता र शक्तिमा गएर ती कुरा हरुलाइ तह लाउन खोज्छन यात प्रलोभनमा पार्न खोज्छन जस्ले कांग्रेस प्रती आम नागरिकको बिश्वास घट्दैगएको देखिन्छ । प्रहरी आइजिपी प्रकरण , लोकमान प्रकरण र प्रधानन्यायाधीश लाइ लगाएको महा अभियोग यसैका उधाहरण हुन । आफू लाई लोकतान्त्रिक पार्टी भनेर चिनाउने पार्टीले स्वतन्त्र न्यायलय लाई हस्ताक्षप गर्नु साधारण कुरा थिएन । यदि सर्बोच्चले कार्यकारिको निर्णयलाई हस्ताक्षप गरेको भए पनि देउवाले चलाखी पुर्ण तरिकाले सर्बोच्चको निर्णय लाई सच्याउन अथवा असमती राखी दवाब दिन सक्थे तर देउवाको रणनीतिक असफलता र उन्को सिधै तहलगाउने बानी ले यस पटक खाएको देखिन्छ ।
पार्टीको नेतृत्व सम्हालेको दुई बर्ष बित्न लाग्दासम्म आफ्नो पार्टीको साँगोपाँगो ढाकछोप गर्ने र आफुले गरेका कार्य हरुलाई बाहिर ल्याउने पार्टीको आधिकारिक प्रबक्ता नियुक्ति गर्न नसक्नु सभापति देउवाको ठूलो असफलता रह्यो । देउवा आफू मिडिया मैत्री कहिले हुन सकेनन । पार्टी को प्रबक्ता नहुदा पार्टी के गर्दै छ भन्ने सन्देश आम जनमानसमा पुग्न सकेन जस्ले कांग्रेसका सुभेच्छुक र कार्यकर्ता सम्म रुष्ट हुन पुगे ।
पार्टीको नेतृत्व सम्हालेको दुई बर्ष बित्न लाग्दासम्म आफ्नो पार्टीको साँगोपाँगो ढाकछोप गर्ने र आफुले गरेका कार्य हरुलाई बाहिर ल्याउने पार्टीको आधिकारिक प्रबक्ता नियुक्ति गर्न नसक्नु सभापति देउवाको ठूलो असफलता रह्यो । देउवा आफू मिडिया मैत्री कहिले हुन सकेनन । पार्टी को प्रबक्ता नहुदा पार्टी के गर्दै छ भन्ने सन्देश आम जनमानसमा पुग्न सकेन जस्ले कांग्रेसका सुभेच्छुक र कार्यकर्ता सम्म रुष्ट हुन पुगे । नेतृत्व बिकास गर्न नीतिनिर्माण चुस्त बनाउन संगठन हरु निर्माण गर्नमा देउवा सधै असफल रहे । यस्ले पार्टीका कर्याकर्तामा पार्टी जिबन्त रहेको भान सम्म हुन सकेन । पार्टी प्रबक्ता नहुदा आफ्ना राम्रा पक्ष सधै ओझेलमा परे तर नराम्रा पक्ष विपक्षी हरुले अरु उग्ररूप दिएर आफ्नो चुनाबी नारा बनाए ।
लोकतान्त्रिक प्रतिस्पर्धामा हार र जित स्वाभाविक हो । तर हारबाट शिक्षा लिदै त्यस्को समीक्षा गरि परिबर्तित समय र जनचाहना लाई ख्याल गर्दै आफुलाई परिवर्तन सक्ने हो भने फेरि पटकलाई आफू अब्बल हुनेमा प्रष्ट छ ।
भर्खरै सम्पन्न निर्वाचनमा कांग्रेसका धेरैजसो पुरानो केन्द्रिय नेता हरुले पराजय भोगेका छन । यस्ले आमजनतामा पुरानो पुस्ता प्रती बिश्वास घटेको देखिन्छ । कांग्रेस अब विघटन भएर पुनर्गठन हुनुपर्ने अबस्थामा आएको छ । कांग्रेसको उपल्लो नेतृत्व तहमा सबै सबै पुराना अनुहार र सबै एकै शैली र पुरानै शैलिका अनुहार मात्र छन । जस्ले जनचाहना लाई सम्बोधन गर्न सक्दैनन । जनता बाट बिश्वास गुमाइ सकेका छन । तसर्थ अब कांग्रेसले बिशेष महाधिवेशन बाट बैधानिक तबरमा नयाँ नेतृत्व खोज्न पर्छ र फेरि पार्टी संगठन लाई चुस्त बनाउदै जिबन्त बनाउन आबश्यक भएको छ  ।
 यस्तो पार्टी लथालिङ्ग भएको अबस्थामा पार्टी नेतृत्वले पार्टी लाई नयाँ नेतृत्व दिन बाटो खोल्नु पर्नेमा देउवा त्यस्को लागि तयार देखिदैनन । आज यो मार्ग लाई खुला गरि दिने हो देउवाले भने देउवालाई कांग्रेसको इतिहासले सधा सम्जीरहने छ ।

प्रतिक्रिया

सम्बन्धित