बाम, दाम, नाम, माम र हाम !


देश निर्बाचनमा होमिएका बेला बिशेषगरी ४ वटा चिजको चर्चा बढी देखिन्छ । यहि मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्बाचनमा मतदाताहरु समेत कसलाई भोट हाल्ने भन्ने बिषयमा अन्यौलता कायमै देखिन्छ । केही सचेत मतदाता बाहेक यी चार चिजहरु बाम,दाम नाम र हाम ले नै बिशेष भुमिका खेल्ने देखिन्छ । यी चार चिजको ब्याख्या नगरी यो निर्बाचन नै अपुरो होला जस्तो देखिन्छ ।

बाम

जतिजति निर्बाचन नजिकिदै गएको छ त्यतित्यति बामको चर्चा चुलिएको छ । केही महिना अघि नेकपा एमाले र माओबादी केन्द्रले गरेको बाम एकता चुनाव पछि पनि कायम रहन्छ या रहदैन त्यो हेर्न बाँकी नै छ तरपनि अहिले चाँहि बामले बिशेष काम गरेको छ । जताततै बामकै चर्चा मात्र छ । नहोस पनि किन बहुमत ल्याएर ५ बर्ष देश हान्क्ने शिर्ष नेताहरुले जनतालाई आश्वासन दिईसकेका छन । यो बाम एकताले कति मत प्राप्त गर्ला त्यो आगामी दिनले बताउँला तर चर्चा चााहि राम्रै छ ।

दाम

हामी सबैलाई थाहा छ । निर्बाचन जित्न दामको महत्व कति छ भनेर,हरेक निर्बाचनमा दामकै चर्चा हुन्छ,स्वभाविक पनि हो सबै मतदाता सचेत छैनन,उनीहरुलाई दाम ले नै काम गर्ने हो । जस्ले बढी दाम दिन्छ उसैलाई भोट दिनेको संख्या पनि उल्लेख्य रहेको छ । एउटा स्थानीय निर्बाचनमा २ करोड सम्म खर्च भएका उदाहरण प्रशस्त रहेका छन अझ यो त त्यो भन्दा ठुलो निर्बाचन त्यसैले दाम ले पनि बिशेष भुमिका निर्बाह गर्छ । केही उम्मेदवार दाम नै बोकेर मतदाता किन्ने तयारीमा समेत लागेका छन ।

नाम

कतिपय उम्मेदवारहरुलाई निर्बाचन जित्न नामले पनि काम गरेको छ । उनीहरुले सामाजिक रुपमा गरेको काम र खेलेको भुमिकाका कारण पनि दल नहेरी भोट दिने मतदाता पनि प्रशस्त रहेका छन । तसर्थ कतिपय स्थानीय र सामाजिक रुपमा स्वच्छ छवि भएका उम्मेदवार हरुले समेत राम्रै भोट पाउने देखिन्छ । आफनै पार्टी भएपनि बदनाम लाई भोट दिनुभन्दा असललाई भोट दिने मतदाताको संख्या निक्कै ठुलो छ ।

माम र हाम

पछिल्लो समय सबैभन्दा बढी मतदाता आकर्षित गर्ने सुत्र हो माम र हाम,जस्ले यी दुबैलाई संयोजन गर्छ उसले नै मतदाताको भोट पाउँछ । कतिपय कार्यकर्ताहरु महिनौ देखि मामकै लागी निर्बाचनमा होमिएका छन । उनीहरुलाई यो चुनाव दशै बराबर छ । उनीहरु मामकै लागी रातदिन खटिएका छन । भोलि के हुन्छ र कस्लाई भोट हालिन्छ भन्दा पनि मिठो मसिनो खाना पाईन्छ भनेर उनीहरु ज्यानै अर्पेर लागेका छन । त्यस्तै नेपालमा सबैभन्दा बढी मानिसमा बिकास भएको हाम ,कुने उम्मेदवार आफनो हो की होईन । आफनो यसअर्थमा, जातिय, धार्मिक र लैगिंक हिसाबमा उम्मेदवार आफनो पक्षको हो की होईन । हो भने सहयोग गर्ने नभए आफनै पार्टीको भएपनि सहयोग गरेजस्तो गर्ने तर असहयोग गर्ने ।

तसर्थ यो निर्बाचनमा (बाम,दाम,नाम,माम र हाम) ले बिशेष भुमिका खेल्ने निश्चित छ । तसर्थ सबै सचेत मतदाताहरुले आफनो बिवेक नगुमाऔँ, आफुले रोजेको उम्मेदवारलाई भोट हालौँ ।

प्रतिक्रिया

सम्बन्धित