देखासिकी गर्नैपर्छ कार्यकर्ता जोगाउनु छ भने ……!

वादबिवाद प्रतियोगितामा एउटा बिषय हुन्छ । त्यसमा पक्ष र बिपक्ष छुटयाईन्छ अनि बहस गरिन्छ । पक्ष र बिपक्षमध्ये जस्ले राम्रो बहस गर्छ त्यही प्रतियोगितामा बिजयी बन्छ । तर राजनीतिमा अलि फरक नियम छ । चुनावको मुखमा दुबै पक्षहरु आफु राम्रो र अरु नराम्रो भएको बहस गर्छन तर यसमा निर्णायक जनता हुन्छन । चुनावमा जसले राम्रो तर्क दिएपनि जनताले भोट चाँहि आफुसँग बिचार र सिद्धान्त मिल्ने लाई दिन्छन । वादविवादमा राम्रो तर्क गर्नेलाई भोट दिन्छन भने चुनावमा चोट नदिने र आफनो बिचार सिद्धान्त मिल्नेलाई मतदाताले भोट दिन्छन ।

देश यतिबेला निर्बाचनमय भएको छ । तर उम्मेदवारको भाषण सुन्दा लाग्छ उनीहरु पक्ष र बिपक्षमा वादबिवाद प्रतियोगितामा आफनो बिचार ब्यत्त गरिरहेका छन । आफु राम्रो र आफनो पार्टी राम्रो देखाउन उनीहरु हरेक हत्कण्डा अपनाईरहेका छन । त्यसमध्ये चर्चित आरोप र हत्कण्डाका बारेमा चर्चा गर्नु उपर्युत र सान्र्दभिक होला ।

१. टुरिष्ट उम्मेदवारको आरोप :

निर्बाचनमा आफु चाँहि स्थानीय र अरुलाई चाँहि बाहिर बाट आएको देखाउन टुरिष्ट उम्मेदवार भनेर बिपक्षीलाई गाली गर्ने सबैभन्दा राम्रो शब्द बनेको छ । देशका अधिकांश निर्बाचन क्षेत्रमा एकले अर्को उम्मेदवारलार्य टुरिष्टको आरोप लगाईरहेका छन । उनीहरु एकअर्कोलाई टुरिष्ट भएर आएका कारण एक दुई दिन बस्छन र मंसिर २२ गते बिहान चिया खाएर आफनै गाँउघर फर्किन्छन भन्ने शब्दहरु चर्चित छन । यति भनेर जब उम्मेदवारले भाषण ठोक्छन उनका समर्थकले बर्रर ताली पडकाउछन ।

२. प्रदेशको राजधानी :

निर्बाचनमा मतदातालाई आर्कषित गर्न सबैभन्दा सजिलो नारा भनेकै प्रदेशको राजधानी हो । आफनो क्षेत्रमा राजधानी जसरी पनि बनाउँछु भनेपछि जनताले ताली नबजाउने कुरै भएन । उनीहरु आफुले जित्ने बित्तिकै आफनो ठाँउलाई राजधानी बनाउने र बिपक्षी उम्मेदवारले आफनो ठाँउलाई राजधानी बनाउन नमानेको भनेपछि ताली नबजने कुरै भएन ।

३. बिपक्षी उम्मेदवारको मानमर्दन :

आफना प्रतिस्पर्धीको मानमर्दन गर्दा उनीहरुलाई बडो आनन्द आउँछ । केही दिनअघि एक उम्मेदवारले आफना बिपक्षीलाई हटियाको चटके जस्तो भएको टिप्पणी गरे । उनको त्यो भाषण चर्चित भयो । मिडियाहरुले पनि यहि कुरालाई हाईलाईट गरे । बिपक्षिलाई लक्षित गर्दै हटियामा डम्मरु बजाउँदै चटकेले मानिस भेला गर्छ र सामान बेच्ने प्रयत्न गर्छ तर बुझनेहरुले डम्मरु बजाँउदै बाँदर नचाएको चटक हेर्छन उसको गफ सुन्छन तर सामान किन्दैनन् जनताले अहिले उनको चटक हेर्दैछन् भनेपछि ताली नबजने कुरै भएन ।

४. भोजभतेर :

निर्बाचन जित्नका लागी भोजभतेर पनि महत्वपुर्ण बन्न थालेको छ । बिहानबेलुका कार्यकर्तालाई राम्रोसँग खुसी नबनाए र भोजभतेर नगरे कार्यकर्ता तुरुन्त मोडिन्छन । एक नेताले जे भोजन गराउँछन त्यो आफुले गराउन नसके कार्यकर्ता तुरुन्तै पोईल जान्छन । कार्यकर्ता रोक्नकै लागी भोजनको ब्यबस्था राम्रो हुनु जरुरी छ । यस्ले उम्मेदवार कंगाल बन्दैछन ।

५. चन्दाको प्रभाव :

आफनो क्षेत्रमा हुने बिभिन्न सामाजिक गतिबिधिमा जुन उम्मेदवारले राम्रो चन्दा दिन सक्छ त्यही उम्मेदवारतर्फ माहोल तातेको देखिन्छ । तसर्थ अब बिचारको भन्दा पनि पैसाको लडाँई शुरु भएको प्रष्ट देखिन्छ ।

६.कार्यकर्ता प्रबेशको लहर :

कुनैबेला एक नेताले भनेको कुरा यहाँ लागु हुन्छ । उनले भनेका थिए जनता भेडा हुन,म जेल जाँदा पनि ताली बजाउँथे ,निस्किँदा पनि ताली नै बजाउँछन । ठीक जनताको त्यही हाल छ । जनता अझै सचेत भएका छैनन । उनीहरु जुन मुडमा पनि ताली बजाउँछन । यस्ले निर्बाचन जित्ने र हार्नेमा खासै भुमिका निर्बाह गर्दैन । अतः निर्बाचनको यो माहोलमा मतदाताले बुझनुपर्ने कुरा भनेको कुन उम्मेदवार सँग साझा मुद्धा छ , जस्ले आफनो क्षेत्रको बिकास गर्नसक्छ । सबैको भावना र बिचारलाई समेटेर अगाडी बढनसक्छ उसैलाई चुन्नुपर्छ । नत्र अहिले गल्ति गरेर फुर्सदमा पछुताउने दिन आउँनसक्छ । तसर्थ हामीले यो बेला स्वविकेक प्रयोग गर्नु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित