सुनसरी दुईमा बाम विरोधी वितण्डा

सुनसरी निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधि सभामा सदस्यका लागि बाम गठबन्धनबाट डम्बर सुवेदी उर्फ हिमाल सुवेदीले उम्मेद्वारी दिएका छन् । डम्बर कलेज पढ्दा पढ्दै पार्टी राजनीतिमा सक्रिय बनेका हुन् । जन्म स्थान धनकुटा रहेका सुवेदी सुनसरीको भरौल हुँदै अहिले इटहरी उपमहानगर पालिका ३ नं. मा स्थायी बसोबास गर्छन् । २५ वर्से सक्रिय राजनीतिक अनेक उतार चढाव र अनुभव सह्मालेका उनी बाम तलामेलका क्रममा आफूले सुनसरीको दुई नम्बर क्षेत्रमा संयोगबस उम्मेद्वार पाएको बताउँछन् ।

मजदुर संगठनबाट सक्रिय राजनीति सुरु गरेका डम्बर सुवेदी यही क्षेत्र र फाँटको जिल्ला प्रमुख हुँदै केन्द्रीय नेतृत्व सम्हालेको एक अन्तर्वार्तामा उल्लेख गर्छन् । यसपछि पार्टीको पूर्णकालीन कार्यकर्ता भई धनकुटा जिल्लाको प्रमुख रहेर सक्रिय र सशक्त भूमिका निर्वाह गरेका सुवेदीले जनमुक्ति सेना कम्पनी कमिसार अनि ब्रिगेड कमिसार रहेर तत्कालीन पार्टी अभिभारा पूरा गरेका हुन् । यस पश्चात् सुनसरी जिल्ला इन्चार्ज रहेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका सुवेदी अहिले पार्टीको पोलिटव्यूरो सदस्य रहेका छन् ।

संविधान सभा सदस्यका लागि यही सुनसरीको छ नम्बर क्षेत्रबाट उम्मेद्वार भएर प्रबल प्रत्यासीको अनुभव ग्रहण गरेका डम्बरसित शस्त्र र शास्त्र बलको अनुभव रहेको देखिन्छ । उनको बडिल्याङ्वेजले नै उनमा निहित कतिपय सकारात्मक विशेषता बताउँछ । डम्बर हुन् वा रेवती हुन् दुवै कम्युनिष्ट वा बाम विचारका संवाहक हुन् । यही विचार,चिन्तन र चरित्रले तिनलाई आन्दोलनमा जुटाएको र उठाएको हो । त्यसैले आम बाम तथा कम्युनिष्ट कार्यकर्ताहरु व्यक्तिलाई भन्दा विचारलाई सर्वोपरि ठान्छन् र यथार्थ र वास्तविकता पनि यही हो । तर विशेष परिस्थितिमा बाम तालमेलका क्रममा नेता र कार्यकर्ताको विशेष व्यवस्थापन गर्दा डम्बर सुवेदी सुनसरी २ नं. क्षेत्रको प्रतिनिधि सभाको उम्मेद्वार हुन पुगेका हुन् । यसमा डम्बरले आफैँ चाहिँ यही क्षेत्र र पद चाहिन्छ,हुनुपर्छ र पाउनु पर्छ भन्ने कुनै रोड्याइँ,कोढ्याइँ र रुवाइ र धुवाइ गरेका रहेनछन् भन्ने थाहा पाइन्छ । डम्बर सुवेदीको शालीन,सौम्य र शान्त मुखमुद्रा जन्य प्रस्तुति र बोलीबाट पनि यो कुरा थाहा हुन्छ ।

मान्छेको मुख,नाक र मुखाकृतिबाट नै उसका नितान्त निजी कुण्ठा र कलुषता थाहा हुन्छ । गत कार्तिक २५ गते एक लोकप्रिय राष्ट्रिय अखबारमा इटहरीका पत्रकार मार्फत् सुनसरी क्षेत्र नम्बर २ मा स्थापितलाई टिकट नदिँदा बाम गठबन्धनलाई अप्ठेरो भन्ने समाचार ध्यानाकर्षणको विषय बनेको छ । यस समाचारमा पूर्व सांसद् रेवती भण्डारीलाई लोकप्रिंय रहेको उनी यही क्षेत्रको टिकट आकांक्षी रहेको उनलाई उनकै पार्टीका सबै प्रत्यासीहरुले सभासद् बन्न आफूले ठाउँ छाडि दिएको,उनलाई भीम आचार्यले नै सभासद् बन्न ठूलो अवरोध सिर्जना गरेको र सभासद्को टिकट नदिएर उनको राजनीति समाप्त गर्ने षडयन्त्र गरेको र अब रेवतीका शुभचिन्तकहरुले बाम तालमेल र गठबन्धनका सुवेदीलाई भोट नदिन सक्छन् जस्ता अत्यन्त असत्य,अतथ्य,कपोलकल्पित र प्रायोजित समाचार पढेपछि यस लेखकले कलम समाउनु परेको हो । हुन त यस नकारात्मक समाचारले सकारात्मक परिणाम ल्याउने पनि निश्चित छ ।

माओले लेखन,प्रकाशन र प्रशारण क्षेत्रमा पनि झारपात हुन्छन् र तिनलाई हुर्कन र फैलिन दिनु हुँदैन भनेकाले पत्रिकामा प्रकाशित यस्ता झारपात उखेल्न यो लेख लेखिएको हो । केही अपवाद छाडेर के सदासर्वदा अमुृक नेता र कार्यकर्ता मात्र सभासद् र मन्त्री हुनु बाम राजनीति हो कि यस खालको विचार राजाकाजीको राजनीति हो ? पार्टी र कुनै पनि नेताको लोकप्रियताको मूल आधार पार्टी र पार्टीले लिएको सिद्धान्त,संगठन र सिर्जनात्मक काम हो । यस खालको साँचोमा ढालिए पछि कुनै एक जमानामा झाले,झुले र मण्डले भएर भुलेभड्के युवा पनि एमाले वा बाम पार्टीमा लाग्छन् र एमाले भएपछि चिन्त र चरित्र सुधारेर राम्ररी काम गर्दा तिनले आफ्नू पार्टीगत हैसियत बढाउँछन्,लोकप्रियता बढाउन र घटाउन पनि सक्छन् ।

लोकप्रियता बृद्धि गर्न व्यक्ति नेता र कार्यकर्ताको भूमिका नहुने होइन । त्यसैले रेवती भण्डारीले यी सब आधारलाई चटक्कै बिर्सिएर आफू चाहिँ लोकप्रिय अनि अरु सबै अलोक प्रिय देख्ने काम गरे भने र यसलाई केही उनका निकटस्थहरुले उकासे र उचाले भनेर त्यसैमा थैथै गरे भने उनको राजनीति अवश्यै ओरोलो हुँदै भिरालो तिर जानसक्छ । पत्रपत्रिकामा सभासद् नपाउँदाका धेरै कुरा बजारमा छरिएका छन् भनौ कि छरेका छन् । इटहरी उपमहानगर पालिकामा मेयरलाई टिकट दिने विजय लगायत अनेक विषय छरिएका छन् । मौका प¥यो र नभनी नहुने दिन आयो भने भनौँला तर कुनै पनि मानिसले पहिले आफूलाई नियाल्नुपर्छ,आत्म मूल्याङ्कन गर्नुपर्छ ।

सत्ता, शक्ति र स्वार्थका कारण नजिकिएर पम्फू लगाएर बेलुन बनाउने मान्छेको यो दुनियाँमा कमी छैन । यस्तैले राणा,राजा,पञ्च,कांग्रेस आदि शासन सत्ता, सरकार,व्यक्ति र व्यक्तित्व समाप्त पारे र धरापमा…

सत्ता, शक्ति र स्वार्थका कारण नजिकिएर पम्फू लगाएर बेलुन बनाउने मान्छेको यो दुनियाँमा कमी छैन । यस्तैले राणा,राजा,पञ्च,कांग्रेस आदि शासन सत्ता, सरकार,व्यक्ति र व्यक्तित्व समाप्त पारे र धरापमा परेका पनि हुन् । सभासद् नपाउँदा राजनीति समाप्त हुने भए नपाउने सबै नेता र कार्यकर्ताको राजनीति समाप्त भयो त कमरेड ? एकपल्ट लोकप्रिय हुँदा सदा लोकप्रिय भइन्छ ? पार्टीको जिल्ला अध्यक्ष भएको र सभासद् भएको एउटा नेता आफ्नै नगर, क्षेत्र र जिल्लाका अगुवा कार्यकर्ता र नेताले अहिले कसरी हेर्छन् र मूल्याङ्कन गर्छन् ? केही थाहा छ ? त्यहीँ इनरुवा, रामधुनी, पकली र इटहरीकै नेता र कार्यकर्ता तपाईंको प्रतिकूल थिए र छन् ।

हिजो इटहरी उपमहानगरपालिकाको निर्वाचनका पूर्वसन्ध्यादेखि पछिसम्म के के र कसरी अभियानमा केही एमाले नेता कसरी चले लेखाजोखा गर्नेले गरेकै छन् । यस क्षेत्रका पुराना बाम तथा एमाले नेता ओम कोइरालालाई रातबिरात टेलिफोन मार्फत् हप्काउने कोहो किन हो र कसको इसारामा हो ? धेरै कुरा खोल्न नलगाइयोस् । सिरदेखि तिर सम्मका एमाले नेताका ग्रहदशा र जन्म कुण्डली यस लेखकलाई राम्ररी थाहा छ । यो लेखक एमाले र अब बाम गठबन्धनलाई सकेसम्म सच्याउने गरी नत्र कुच्याउने गरी लेखिरहेको छ र लेखिरहनेछ ।

एमाले वा बाम गठबन्धनका स्वाभिमानी कार्यकर्ता कुनै प्रभुका पाउका भक्त,सेवक र प्रजा होइनन् । सच्चा कार्यकर्ता र नेता कुनै अमुक नेताका इसारामा चल्ने रोवर्ट होइनन् । यही चुनावी अभियान र परिणामलाई यस लेखकले अत्यन्त दूरदर्शी र दूरगामी ठानेको छ । अहिले देशको सुरक्षा,स्थिरता,समृद्धि र समुत्थानलाई शीर्षस्थ स्थानमा राख्ने अवस्था हो । यो बाम तालमेल र भावी दिनमा हुने एकता एक जुगमा एकचोटि मुस्किलले आएको अत्यन्त मूल्यावान् घडी हो ।

यस कुराबाट विदेशी र स्वदेशीहरु अताल्लिएका र तिनको ओठमुख सुकेकोे अवस्था छ । यो देश नै बामको जिम्मामा आउँदैछ । त्यसबेला तपाईलाई कुन पद चाहिन्छ के के चाहिन्छ यस बारे मै लेखिदिउँला र बहस पैरवी पनि गरौँला । अहिले सडक सडकमा तमासा नगरौँ । अहिले धेरै कुरा नभनौँ भन्ने दिन नआओस् । अहिले झगडा गर्ने बेला होइन,विवाद गर्ने र पाखुरा सुर्किने बेला पनि होइन । रिस खा आफू गर्ने बेला त झन् होइन । के कति अन्याय र कसले अन्याय गरेको छ ,त्यो यस लेखकलाई पनि राम्ररी थाहा छ । अहिले घर झगडा गरेर र त्यसैलाई बल्झाएर दुनियाँ हँसाउने बेला होइन । यस खालको पीत पत्रकारिताका भरमा परेर मख्ख नपरौँ । कार्यकर्ता आधारित तथा सैद्धान्तिक जगमा बनेको र विकसित पार्टीमा सीपी मैनाली जस्ताको त केही दैयात चलेन । अहिले त बाम तालमेलबाट बहुमतको सरकार बनाउने गरी अझ दुई तिहाइ समेत ल्याएर स्थायी र स्थिर सरकार बनाउने माहौल बनिरहेको बेला हो ।

नेपालमा स्थिरता र विकास चाहने चीन नेपालमा आर्थिक भौतिक सहयोग ओइ¥याउन चाहन्छ र चीन यसो भयो भने खुसी हुन्छ । तर भारतीय शाषक सदासर्वदा नेपाल अस्थिर र अविकसित भएकोमा आफ्नो स्वार्थ देख्छ । डम्बर सुवेदीसित पार्टी केन्द्रका वैकल्पिक सदस्य धर्मराज निरौला हर्दम साथमा हुनुहुन्छ । सुवेदी सित बाम पार्टीका स्थानीय नेता र कार्यकर्ताको गुणत्मक र संख्यात्मक लस्कर देखिन्छ् । अनि डम्बर सुवेदीले हार्छन् हार्नसक्छन् भन्ने दिवा स्वस्न कसैले नदेखे हुन्छ । पार्टी भित्र व्यक्ति हुन्छ व्यक्तिभित्र पार्टी कहिल्यै कैद हुँदैन । पुच्छरले कुकुरलाई हल्लाउँदैन । धर्मराज निरौला टिकट नपाए पनि हाँसी हाँसी उम्मेद्वारी दर्ता गर्दा जिल्ला पुग्नु भयो तर तपाईं ? दुनियाँ हँसाउने काम गरे पछि कसैको राजनीति उठ्तैन ।

पूर्व राजा ज्ञानेन्द्रको राजनीति त सकियो । डम्बर सुवेदीसित यही क्षेत्रको क्षेत्र क र ख बाट प्रदेश सभा सदस्यका लागि क्रमशः विकासप्रेमी नेता इटहरी नगर पालिकाका संस्थापक नगर प्रमुख तथा एमाले नेता सर्वध्वज साँवा,इटहरी र लोकप्रिय अनृुभवी नेता रामप्रसाद मेहता,इनरुवाले सशक्त उम्मेद्वारी दिएका छन् । यी सबै उम्मेद्वार बेदागी,देश,जनता र जनजीविकाका खातिर अत्यन्त इमान्दार छन् । भलै प्रतिद्वन्द्वीका रुपमा नेपाली काङ्ग्रेसबाट सीताराम मेहता प्रतिनिधि सभा र प्रदेश सभाका लागि क्रमशः हेमकर्ण पौडेल र राजीव कोइरालाले उम्मेद्वारी दिएका छन् । प्रतिस्पर्धा कडै होला तथापि संयुक्त बाम दल एक ढिक्का हुँदा प्रतिस्पर्धी सबै उम्मेद्वारहरुलाई बाम उम्मेद्वारहरुले करारी हार गराउने पर्यवेक्षकहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित