परागसेचनमा पुतलीको भूमिका

किसाेर दहाल

पुतली किरा समूहको आकर्षक किरा मानिन्छ । नेपालमा ६६० प्रजातिका पुतलीहरु पाइन्छन् । यिनीहरुले वनस्पतीहरुको फूलमा परागसेचन गराई फल लगाउन सहयोग गर्छन् । परागसेचन भन्नाले पुङ्केशरमा भएको परागकण स्त्रीकेशरको स्टिग्मा सम्म पुग्ने प्रकृयालाई बुझाउँछ ।

स्वपरागसेचन र परपरागसेचन गरी परागसेचन २ प्रकारका हुन्छन् । एउटै फूलको एन्थरमा रहेको परागकण त्यही फूलको स्टिग्मासम्म पुग्ने प्रकृयालाई स्वपरागसेचन भनिन्छ भने विभिन्न माध्यमहरु जस्तै हावा, पानी, किरा, जनावर आदिबाट एउटा बिरुवाको फूलको एन्थरमा भएका परागकण त्यही बिरुवाको अर्को फूलको स्टिग्मामा वा त्यही प्रजातिको अर्को फूलको स्टिग्मा सम्म पुग्नुलाई परपरागसेचन भनिन्छ ।

पुतलीहरु पुष्परसका लागि कुनै फूलमा बस्दा, केही परागकणहरु यिनीहरुको खुट्टा, पखेटा र शरीरका अन्य बिभिन्न भागहरुमा टाँसिन्छन् । जब यिनीहरु अरु फूलमा पुनः पुष्परसका लागि भ्रमण गर्छन्, टाँसिएको परागकण स्टिग्मामा पुगी परागसेचन हुन्छ । परागसेचन भएपछि बिरुवाको फुलमा गर्भाधान भई फल लागी कृषि क्षेत्रमा बालिनालीको उत्पादन बढ्ने हुँदा पुतलीहरुले यस क्रियामा ठूलो भूमिका निर्वाहा गरेका हुन्छन् ।

त्यसकारण पुतलीहरुलाई जोगाउन बिभिन्न प्रयासहरु गर्न सकिन्छ । जस्तैः

बालीनाली सँगसगै अन्य फूल फुल्ने बिरुवाहरु पनि रोप्नु पर्दछ ।
किटनासक औषधी र अरु हानिकारक बिषादीहरुको प्रयोगमा कमी ल्याउनु पर्दछ ।
पुतलीको कृषि क्षेत्रमा महत्वको विषयमा जनचेतना जगाउनु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित