थापाको कथासंग्रह ‘अतिक्रमण’ सार्वजनिक

तरहरा  / ‘अच्छा राई रसिक साहित्य प्रतिष्ठान’ इटहरीको आयोजनामा इटहरीस्थीत बिश्व आदर्श कलेजमा मंगलबार साहित्यकार खगेन्द्र थापाको पाँचौ संङ्ग्रहका रुपमा ‘अतिक्रमण’ कथा संङ्ग्रहको लोकार्पण गरिएको छ ।  सो कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बियोग सापकोटा,प्रा.डा टंक न्यौपाने,साहित्यकारहरु अनिल पौडेल,लेखनाथ घिमिरे,केशव सुनाम,कृष्ण अधिकारी ,बद्रीविशाल पोखरेल लगायतले सामूहिक रुपमा पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकमाथि अनिल पौडेल र रमेश घिमिरेले प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै साहित्यकार बरिष्ठ भाषाविद् प्रा.डा टंक न्यौपानेले कथा पढ्दै जाँदा कुनै पनि कथा पट्यारलाग्दा नभएको बताए । यद्यपि कथामा भाषिक शुद्वता लाई ख्याल गर्नुपर्नेमा उनले जोड दिए बिदेश जाँदाको भोगाई,बर्तमान् परिवेश,संस्कृतिको कुरुपता,लाई लेखकले कथामार्फत उतारेको आमन्त्रित अतिथि स्रष्टाहरुले बताए ।
१९ वटा कथा समावेश गरिएको सो संङ्ग्रहमा कुनै पनि कथाले अल्छी नलाग्ने र यस्ता कथाले पाठकको मन जित्ने साहित्यकार अनिल पौडेलले बताए । उनले लेखकले कथामार्फत देश बिदेशमा भोगेका,देखेका कुराहरुलाई उतारेको प्रष्ट्याए ।

कार्यक्रम साहित्यकार बियोग सापकोटाको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष लेखनाथ घिमिरेको सभाध्यक्षमा सम्पन्न भएको थियो । सो लोकार्पण कार्यक्रममा उपस्थित श्रष्टाहरुलाई निशुल्क पुस्तक समेत उपलब्ध गराइएको थियो । लेखक निजामति सेवामा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित