विमल गुरुङ स्मृति पुस्तकालयले नेपालभरिका कविलाई यस्ताे अवसर जुराइदिने

धरान / विगत २७ बर्षदेखि लगातार रुपमाधरानमा राष्ट्रिय कविता महोत्सव हुदै आइरहेको छ । कवि विमल गुरुङ्गको स्मृतिमा स्थापना भएको विमल गुरुङ स्मृति पुस्तकालयले नेपालभरिका कविलाई यो अवसर जुराइदिने गरेको हो । महोत्सवको मुख्य उद्देश्य नव कवि तथा कवियत्रीको आगमन बढोस् भन्ने नै हो । यसैलाई मध्यनगर गरी पुस्तकालयले आज धरानमा २७ औं राष्ट्रिय कविता महोत्स्वको आयोजना गरेको हो ।

महोत्सवमा काभेपलाञ्चोक, उदयपुर, तनहु“, वाग्लुङ, अर्घाखाची, खोटाङ, दाङ, मोरङ, झापा, संखुवासभा, पोखरा, बाकेका १५ जना नवआगन्तुक कवि तथा कवियत्रीहरुले आफ्नो कविता वाचन गरे । देशभरिका १ सय ६५ कविता प्रतियोगिताका लागि आएको भएपनि उत्कृष्ट १५ वटा कविता प्रतियोगितामा समावेश गरिएको थियो ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गएको अवस्थामा समावेश गरिएका कविताहरु अधिकांश देशको विसम् परिस्तिथि र लोकतन्त्रको स्थायित्व, जातीय छुवाछुत विषयमा केन्द्रिति रहेका थिए । कविता प्रस्तुत गर्ने कविहरुले देशको विकासमा गम्भीर भएर लाग्नुपर्ने, जनमुखी, दीगो सरकार आउनुपर्ने भाव भएका कविता प्रस्तुत गरेका थिए ।

देशमा ठूला ठूला परिवर्तन आए तर देश विकासमा कोही गम्भीर भएनन् । राष्ट्रिय अस्तित्व जोगाउन कोही लागेनन् भने जातीय भेदभाव कहिल्यै हटेन भन्ने भाव समेत कविताका प्रतियोगीहरुले स्पष्ट रुपमा प्रस्तुत गरेका थिए । त्यस्तै प्रतियोगी कविहरुले जुनसुकै पार्टी, जाति, धर्म, लिङ्ग जे भएपनि सबै नेपाली र सदियौदेखि एकतावद्ध भएर बसेका नेपाली नेपाली भएर जुगौ जुगसम्म बस्नुपर्छ, बाच्नुपर्छ भन्ने भाव समेत कविहरुले कवितामा प्रस्तुत गरेका थिए ।

बस दुर्घटनामा परी निधन भएका आफ्ना छोरा विमल गुरुङको स्मृतिमा बाबु पूर्णबहादुर गुरुङले गर्नुभएको स्व. विमल गुरुङ पुस्तकालयले प्रत्येक बर्ष यसरी नै विभिन्न समयमा विभन्न प्रकारका साहित्यिक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । साहित्यिक क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिदै आएको यस्तो कविता महोत्सवबाट प्रथम दोस्रो र तेस्रो हुने कवि तथा कवियत्रीलाई पुरस्कृत समेत गर्दै आइरहेको छ । यसै क्रममा आज भएको प्रतियोगितामा अर्घाखाचीका अस्मिन सागर प्रथम, तनहुका प्रकाश रमघाती दोस्रो र मोरङका मनोज मुस्किल तेस्रो हुदै क्रमशः नगद २०, १५ र १० हजार प्राप्त गरेका थिए ।

२७ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजित कविता वाचन प्रतियोगितामा निर्णायकको भूमिमाका कवि मनु मञ्जिल र बद्री भिखारी रहनु भएको थियो । बरिष्ठ साहित्यकार अनिल पौडेलेको प्रमुख आतिथ्य तथा पूर्णबहादुर राईको अध्यक्षतामा सम्पन्न कविता महोत्सवमा धरानका अग्रज कवि बम देवान र उर्लाबारी मोरङ्गकी कवियत्री मिश्र वैजनीलाई साहित्यमा पु¥याएका योगदानको कदर गर्दै सम्मान समेत गरिएको थियो भने पुराना कवि तथा कवयित्रीहरुले समेत कविता वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित