नोटमा भोट नसाटौँ, विवेक नगुमाऔँ

देश निर्बाचनमय भएको छ । चुनावी माहौलमा घर गाँउ,शहर र बजार सबै होमिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागी उम्मेदवारहरु आफनो पल्ला भारी बनाउने कसरतमा कम्मर कसेर लागेका छन । चिया पसलदेखि साना र ठुला सबै होटल बिहानैदेखि प्याक देखिन्छन । खेती किसानीमा रमाएका किसान समेत आश्वासनको पछि लागेर झण्डा बोकेर हिँडन थालेका छन । उम्मेदवारहरु आश्वासनको पोको बोकेर गाँउगाँउमा पुगेका छन । आश्वासनको ललिपप देखाएर आफनो पल्ला भारी बनाउने खेलमा यतिबेला उम्मेदवार तल्लिन छन ।

राजनीतिमा आस्था राख्ने र चासो राख्नेले त निर्बाचनमा होमिनु र भाग लिनु ठिकै हो । चासो नै नभएका समेताई निर्बाचनले नराम्ररी गाँजेको छ । आफनो पक्ष गतिलो भन्ने र देखाउने धुनमा सबै लागेका छन । हिजो सम्म एकै थालमा खाना खाने साथी त के एकैघरका दाजुभाइृ समेत राजनीतिक आस्थाका कारण दुस्मन बनेका छन । निर्बाचन पछि यो गर्छु र त्यो गर्छु भन्दै चौकचौकमा ठुलो माईकमा उम्मेदवारहरु कुर्लन थालेका छन । उनका समर्थक र कार्यकर्ताहरु जिन्दावाद र मुर्दाबादका नारामा दौडिएका छन भने कतिपय नोटमा भोट साटन तल्लिन देखिन थालेका छन ।

निर्बाचनमा उम्मेदवार बन्नका लागी टिकट ल्याउन देखि निर्बाचन सम्पन्न हुँदा सम्म एक उम्मेदवारको करोडौ खर्च हुन्छ । त्यो करोडौ रकमको स्रोत के हो र कहाँबाट आयो भन्ने कुराको हेक्का कुनै मतदाता र उनको झण्डा बोकेर हिँडेकाहरुलाई समेत थाहा छैन । पार्टीको एउटा इमान्दार कार्यकर्ता जो बर्षौदेखि आस्था र बिश्वासको राजनीति गर्यो,उसले स्वाभिमान बेचेन् सारा जीवन नै जनताको नाउँमा खर्च गर्यो उसले जिवनभर राजनीति गरेर के पायो ? उसले यदि पायो भने धोका र तिरस्कार मात्र हो । तर एउटा ब्यत्ति जो पार्टीमा कहिल्यै लागेन । जनताको दुखमा कहिल्यै सारथी बनेन् ।

टिकट पनि उसैले पायो र आखिर जित्ने पनी उसैले हो । किनकी उसँग सबथोक छ तर बिचारा इमान्दार कार्यकर्तासँग स्वाभिमान बाहेक केही छैन । इमान्दारिताको खडेरी परेको मुलुकमा इमान्दार नेता कार्यकर्ताको न ठाउँ थियो न त अहिले नै छ । तसर्थ खोक्रो आश्वासनको पछाडि दौडिनुभन्दा बास्तविकतामा रमाउनु सान्दर्भिक हुन्छ । खोक्रो आश्वासन देखाएर नोट सँग भोट साटनेहरुको बिगबिगी बढेको छ । उनीहरुका झुटा आश्वासनमा नपरौँ । आफनो बिवेक प्रयोग गरौँ । ताकी तपाईको एक भोट एक सच्चा र इमान्दार उम्मेदवारलाई होस ।

यदि हामीले गलत आश्वासनमा भुलेर सही ठाँउमा मतदान गर्न चुक्यौँ ,सही ब्यत्तिलाई रोजेनौ भने हाम्रो मतको अबमुल्यन हुने छ । तसर्थ सही र गलत छुटयाएर सही उम्मेदवारलाई मात्र भोट गरौँ ।

प्रतिक्रिया

सम्बन्धित