‘विराटनगर साहित्यिक राजधानी’

काठमाडौँ / नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले साहित्यबाट जनचेतना अभिवृद्धि गर्नाका साथै समाजलाई परिवर्तन गर्न सकिने बताउनुभएको छ ।  पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित स्रष्टा राधिका गुरागाईंको कवितासंग्रह ‘प्रतिविम्ब हराएको मान्छे’ र गोकुल अधिकारीको कवितासंग्रह ‘गोधुली घर’को लोकार्पण गर्दै काठमाडौँपछि सबैभन्दा बढी साहित्यकार भएको विराटनगरमा अत्यधिक साहित्यिक गतिविधि हुने भएकाले यसलाई साहित्यिक राजधानी भन्न सकिने धारणा व्यक्त गर्नुभयो ।

प्राज्ञ डा तुलसी भट्टराई, डा ज्ञानु पाण्डे, श्रवण मुकारुङ तथा मातृका पोखरेल र डा लक्ष्मणप्रसाद गौतमले साहित्य समाजको ऐना भएकाले यो गहकिलो हुनुपर्ने औँल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित