टोकन किन बेचको ? ( अनुभुती )

यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा सवारी चालक अनुमती पत्र खुल्ने जानकारी मैलै तिहार अघिनै पाएको थिए । कात्तिक १२ गते कहिले आउला र लाईसेन्सकालागी टोकन लिउला र लाईसेन्सको प्रक्रीया अगाडि बढ्ला भन्ने कौतुहलता थियो । नभन्दै कात्तिक ११ गते विराटनगरका पत्रकार भई यज्ञ अधिकारी संग मरो सल्लाहा अनुसार १२ गते लाईसेन्सको टोकन लिन जाने भईयो । एका बिहानै दुई भाई टोकन लिन ईटहरी लागीयो । आर्मी व्यारेक पुगेपछीको लाईन देख्दा म टोकन नै नलिई विराटनगर फर्कीएर आउकी जस्तो लाग्यो । झन त्याँहा लाईनमा त दर्बेशा मोरङका काजी राउत , र नन्दु सञ्जेल यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा ११ गते राती १ बजे देखि लाईनमा बसेका रहेछन ।

पुग्न पाएको छैन प्रहरीले लाईनमा बसेका सर्वसाधारणमाथि लौरा बर्षाउन सुरु गर्यो । लाईन बसेका हामी भगरे भाग भयौ। त्याहाँ एउटा सानो सानो कदको मधेशी मुलको मानिस आएर भन्यो । ‘दाई टोकन लिने हो , एक हजार रुपैया गोटा पर्छ , । यज्ञले आँखाको ईशाराले साईड लागौ भन्यो । उ टाप कसी हाल्यो । म पनि त्यसको प्रश्नको कुनै जवाफ नदिई भिड छिचोलेर साईड लगे । पुन ः सडकमै गयौ प्रहरीले रक्तमुछेल भएका तिन जनालाई हतार हतार गर्दै आफ्नै सवारीमा कोचि रहेको थियो । मैले फोटो खिच्न क्यमेरा निकाले तर राउत थरका डिएसपीले म लाई धकेलीदिए । त्यसपछी ईटहरीका संञ्चारकर्मी हिमाल दाहालसंग बुझ्दा प्रहरीको लाठी चार्जबाट ३ जना घाईते भएका रहेछन ।

गोपालप्रसाद पोखरेल

पुन प्रहरीले नै उपचारकालागी अस्पताल लगेछ । त्यसपछी सो मानिसहरु पुनह लाईन बसे । त्यत्रो मानिस लाईनमा बसेको भएपनी कोही हल्ला गरीरहेका थिएनन । किनभने बुढीगंगा गाउपालिका–१ का टिकाराम निरौला लगायका तिन जनाको टाउकामा प्रहरीको लाठी बज्रीएको थियो । फेरी विराटनगर नै फर्की हालौ कि जस्तो लाग्यो । कुनै काम थालेपछी फत्ते गर्नुे मेरो स्वभाव हो । मैले सोचे प्रयास गरी हालौ न त सवारी चलाउन योग्य छु की छैन । हामी जस्ता ५० हजार मानीसहरु टोकन लिने लाईन मा थिए । ईटहरीमा अवस्थीत आर्मी व्यारेक देखिको लामो टोकन लिने लाईन थियो । धरान ईटहरी सडक खण्डको दुबै दयाँ र बाँया साईडमा सडकनै जाम हुने गरेर सर्वसाधारण टोकन लिन लाईन लागेका थिए । सडक खुल्ला गरेर सवारी साधानलाई निर्वाधरुपमा संञ्चालन गर्ने ट्राफिकको काम हो । तर ट्राफिक प्रहरी नै टोकन लिन जाँनेहरुलाई लाईनमा बसाउने र नबसेको निहुमा थप अरु प्रहरी लगाएर रामधुलाई हान्ने काममा सघाउ पुर¥याई रहेको छ ।

लाईसन्स नबोक्दा डन्ठे ट्राफिकहरुको गाली गलौच र दुव्यवाहार सहनुपर्ने सवारी चालक अनुमतीपत्र लिन योग्य सावीत भएका मानिसले सरकारलाई राजस्वतीरेर लाईसेन्स लिन्छु भन्दा दुनिया कस्ट सहनु पर्ने ? के सरकारलाई राजस्व नतीरी उनिहरुले लाईसेन्स लान्छन र त्यो राज्यकै ढुकुटीमा जाने हैन ? म प्रश्न गर्न चाहन्छु ति जनताको रगत र पसीना बगाएर कमाएको सम्पतीको करतिरेको रस खाएर बर्दीको मात देखाउनेहरुलाई म प्रश्न गर्छु ? सवारी संञ्चालनकालागी लाईसेन्स लिन जाँदा प्रहरीले कुटेर टाउको फुटाउने , लाईसेन्स नहुदा जरीवाना गर्ने यो मुलुकको कस्तो कानुन हो ? के मुलुकको कानुन कार्यन्वयन गर्ने ठेक्का तिम्रो मात्रै हो ।

यो मुलुकका जनता को चाँही होईन ? यो मुलुकमा सबै भन्दा ईमान्दार जनता छन । कानुन कार्यन्वयनमा जनतानै सचेत छन । डेन्ठेहरुले जनतालाई कानुन पढाउनु पर्दै अब जनतालेनै कानु पढेका छन ? मन मनमा यस्तै प्रश्न खेलाउदै थिए । दर्बेशमा ति दुईजना दाईहरु राउत र सञ्जेलले टोकन १२ बजे पाएछन । उनिहरु हामी नजिकै आएर भने ,‘ भाई हामीले त दिनको १२ बजे टोकन पायौ अब लाग्छौ ,। हामीले मुन्टो हल्लायौ । लाईन बसेकै ठाँउमा ईटहरीकै पत्रकार शिब भट्टराई (भोजपुरे)ले हामीलाई देखेछन ।उनले बोलाए । उनलाई मैले हतको ईशाराले बोलाए । उनले भने हैट ?,‘ पत्रकार भएरपनी लाईन बस्छन ? लाटा मान्छेहरु । उनले गोजिमा पाँच वटा टोकन बोकेका रहेछन ।

उनले थपक्क निकालेर दुईवटा टोकन हामीलाई दिए ? हामी भ्ट्टराईसंग बिदा भएर लाईनबाट निस्कीएर हिड्यौ । सो कार्यलयबाट पचास पाईला तलतीर मात्र के पुगेथ्यौ । एउटा मङगोलिन अनुहारको हाचो मानिषले भन्यौ । दाई बल्याकमा लाईसेन्स चाहिन्छ भने म छु है ? । म छक्क परे । यज्ञले मुसुमुसु हास्दै भन्यो । याँहा यस्तो को दाई सक्नेले भिडेर लाईसेन्स लिन्छन , नसक्नेले बल्याकमा पनि लिन्छन,।

 

प्रतिक्रिया

सम्बन्धित