नो हर्नका नाममा जनतालाई सास्ती!

विराटनगर / प्रदेश नम्बर १ लाई हर्न निषेधित क्षेत्रको कुराले आम नागरिकलाई सास्ती दिने, रकम असुली गर्ने र हासोको पात्र बन्ने आधार तयार भईरहेका छन् । तर हर्न निषेधको अभियान प्राय सबै बिकसित देशहरुले यसलाई अवलम्बन गर्दछन् । तर नीति अवलम्बन गर्नको निम्ति राज्यले तयार गर्नुपर्ने आधारभूत तयारी सबै पुरा गरेर मात्र उनीहरुले नीति कार्वान्वयन गर्ने गरेको पाइन्छ । हामिचाहि राज्य पक्षबाट पहल गर्नुपर्ने कूराहरु तर्फ ध्यान नै नपु¥याई कसैको सनक र झनकको भरमा यस किसिमका नीति–नियमलाइ अवलम्बन गर्छौ । त्यसैको असर अहिले सडकमा हिड्ने नागरिक मारमा छन् ।

कतै हर्न निषेधित गर्ने नाममा गरिब जनतालाई असुलीको नाममा दुख दिने काम त भईरहेको छैन । बिना तयारी ल्याईएको यस्तो अभियानले यातायात क्षेत्रमा काम गर्ने ब्यवसायिहरु पनि आजित भईसकेको उत्तम बहादुर चौलागाँईको भनाई छ ।  उहाँ मात्र होईन विराटनगरका तेजराज श्रेष्ठका अनुसार अनावस्यक हर्न बजाएर अरुको कान खानु र ध्वनि प्रदूषण गर्ने कार्य राम्रो होइन । नो हर्नको धारणा राम्रो कुरा हो, जसलाई सबै नागरिकहरुले सहराना र सहयोग गर्न जरुरी छ, साथै यस अभियानलाइ सफल बनाउने दायित्व हामि सबै आम नागरिकको हो ।

तर यति भन्दैमा हामीले हाम्रो यथार्थ र परिस्थितिलाइ नजरअन्दाज नगरी हर्न निषेधको नाममा भएको यस्तो खालको रबैयाले कसैलाई पनि राम्रो गर्दैन । बिराटनगरका सडकहरुमा खसी बाख्रा, गाइ, गोरु, मानिस, रिक्सा ठेला, गाडी, ट्याक्टर, ट्रक आदि सबै संगै दौडिन्छन् । अझ कती ठाउमा त मानिसहरुलाई हिड्ने पेटी सम्मको व्यवस्था छैन स्थानीय जरुला खातुन भन्नुहुन्छ,‘ बिच सडकबाट हिँड्नु पर्ने बाध्यता छ, सडकमा ठुला खाल्डा छन्, मानिसलाई हिड्ने सडकमा ब्यापार चलाएर ब्यवसायि कारोवार गर्छन् । अनी भन्नुस् तपाई नै यसरी यस्तो अबस्थामा तपाईँदे ल्याएको हर्न निषेधको अभियानले नागरिकलाई सुरक्षित बनाउनुहुन्छ की थप असुरक्षित बनाउने ? सबैको चासोको बिषय भनेको बिराटनगरलाई कसरी सुरक्षित बनाउने भन्ने नै हो ।

आवश्यक भौतिक पूर्वाधार विना जवरजस्ती नियम लगाउने । गाईवस्तु, ठुलो सवारी, पदैल यात्री, साना सवारी सबै एकै ठाउँबाट हिडन् ब्यवस्थाको अन्त्य नगर्नु, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्न नसक्ने ट्राफिक प्रहरीको यतिबेला ध्यान हर्न जरिवानामा केन्द्रीत छ । अनावश्यक हर्न बजाउनु हुँदैन भन्ने पक्षमा सबै तयार छन् नै तर, त्यसकालागि त पूर्वाधार हुनु प¥यो नि हैन र ?

अहिलेको हर्न निषेधको अभियानले कस्तो बनाउला त्यो त भबिश्यले बताउला । तर अहिलेलाई झट्ट हेर्दा हर्न निषेधको अभियानले फाईदा र घाटा दुबै गर्नेछ । पुर्वाधारको निर्माण पछि यो अभियान लागु गरिएको भए यसले सबैको चित्त बुझाउन सक्थ्यो तर अहिलेलाई त्यो दनदेखिएको अधिवक्ता जगत थापाको भनाई छ । भिडभाडमा हर्न बजाउँदा पाँच सय जरिवानाको कमाउ धन्दा अहिले बिराटनगरमा निक्कै फस्टाएको छ । आवश्यक भौतिक पूर्वाधार विना जवरजस्ती नियम लगाउने । गाईवस्तु, ठुलो सवारी, पदैल यात्री, साना सवारी सबै एकै ठाउँबाट हिडन् ब्यवस्थाको अन्त्य नगर्नु, व्यवस्थित ट्राफिक व्यवस्थापन गर्न नसक्ने ट्राफिक प्रहरीको यतिबेला ध्यान हर्न जरिवानामा केन्द्रीत छ । अनावश्यक हर्न बजाउनु हुँदैन भन्ने पक्षमा सबै तयार छन् नै तर, त्यसकालागि त पूर्वाधार हुनु प¥यो नि हैन र ?

ट्राफिक प्रहरीको दादागिरी , राजस्व उठाउने दाउ ।

अहिले बिराटनगरमा मात्र हैन प्रदेश १ मा सबैको एउटै बिषयमा चर्चा भईरकेको छ । नो हर्नको बिषयमा अहिले ट्राफिक प्रहरीले जे गरिरहेको छ त्यसले कसैलाई पनि चित बुझेको छैन । जहाँ सवारी साधन दौडनुपर्ने हो त्यस स्थानमा मानिसको आवत जावत हुन्छ, यस अवस्थामा आफु अगाडी आएको मानिस वा चौपायालाइ बचाउन वा जनाउ दिन समेत हर्न बजाउन नपाईने बाध्यकारी नियमले सबैलाई अहिले आजित पारिसकेको छ । जुन रहर नभएर ट्राफिक प्रहरीको ज्यादती अर्थात आम नागरिकको बाध्यताको रुपमा स्थापित गराईँदै छ ।

जबकी बिकसित देशहरुमा नागरिकहरुलाई पर्ने यी सबै समस्याहरुमाथि ध्यान दिएर समाधानको पहल गरिन्छ । विकसित देशमा फराकिलो बाटो हुनुको साथै ठुला गाडी, कार, साइकल, पैदल यात्री आदि सबैको लागि छुट्टै लेन, पेटी र ट्राफिक लाइटको व्यवस्था गरिएको हुन्छ, यति मात्र नभएर बाटो काट्नको निम्ति ओभरहेड ब्रिज र अन्डरग्राउण्ड प्यासेजको व्यवस्था गरिएको हुन्छ जसले सबैलाई सहजता प्रदान गर्दछ । यति सबैकुराको व्यवस्था हुदाँहुदै पनि कसैले अनावस्यक हर्न बजाउनु भनेको आफु असभ्य भएको परिचय दिनु हो र यसका निम्ति सम्बन्धित व्यक्ति नीति नियम तोडेको अभियोगमा कारवाहीको भागीदार हुनुपर्दछ । ति ठाउहरुमा हर्न त्यतिबेला मात्र प्रयोग गरिन्छ जतिबेला अत्याबस्यक हुन्छ वा अरुलाइ उनीहरुको गल्ति महसुस गराउन जरुरी हुन्छ ।

त्यहाँ कसैको हर्न खानु भनेको लज्जा र अपमानको बिषय हो, तर नेपालमा अर्थात बिराटनगर जस्ता सहरमा यो आबस्यक हो हैन भन्नेमा महानगरपालिका नै अन्यौलमा छ । बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोईराला बिराटनगर महानगरपालिकालाई हर्न निषेधित गर्ने बारेमा मेयर भिम पराजुलीले नगरवासीलाई दुःख नदिने गरी कार्यान्वयन गर्न भनिएको बताउँछन् । हामी नागरिहरुले आफ्नो गाडीमा हर्न छ भन्ने बित्तिकै अरुको कान खानेगरी बजाउनु जरुरी छैन । यो आवस्यक परेको बेलामा मात्र बजाउनको निम्ति राखिएको साधन हो, जसको ख्याल राखी आफु सभ्य भएको परिचय दिन जरुरी छ ।

जथाभाबीबाट बाटो नकाट्ने, हिड्दा पेटीबाट हिड्ने र आफ्नो चौपायालाइ बाटोमा छाडा नछोडिदिने हो भने सवारी साधन चालकहरु अनावस्यक हर्न बजाउन बाध्य हुनेछैनन् र ध्वनि प्रदूषणको समस्यालाइ धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ ।

साथै हामीले जथाभाबीबाट बाटो नकाट्ने, हिड्दा पेटीबाट हिड्ने र आफ्नो चौपायालाइ बाटोमा छाडा नछोडिदिने हो भने सवारी साधन चालकहरु अनावस्यक हर्न बजाउन बाध्य हुनेछैनन् र ध्वनि प्रदूषणको समस्यालाइ धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ । तर यि सबै कुरा अहिले बिराटनगरको लागि पर्याप्त ब्यवस्था छैन । त्यसमा स्थानीय तहले यि सबै कुराको ब्यवस्थापन गर्नको लागि कडाई गर्नु पर्ने त छ नै सवारी साधनलाई आवागमनको लागि सहज ब्यवस्थापनको लागि पनि ध्यान दिनु पर्ने छ । तर ट्राफिक प्रहरीको यो अभियानलाई हेर्ने हो भने अगाडी गाडी दुर्घटना भएर मान्छे म¥यो भनेपनि किन हर्न बजाईस् फाईन काट् भन्ने अबस्था आएको छ यसलाई ट्राफिक प्रहरीले रोक्नु पर्छ ।

 

प्रतिक्रिया

सम्बन्धित