ज्योती मगरका तिघ्रा र बजारको माग

नासलचोकदेखि
साँघुरो गल्लिको भूपी चोकसम्म
तिम्रो तिघ्रामा झुण्डिने लालसामा
खलासी देखि बिधायकसम्मको भीड जमजमाइरहेको छ ।

चर्चित युवा कवि विनोदबिक्रम केसीको कविताले भनेझैँ ज्योतीका तिघ्रामा झुण्डिने लालसामा झुत्तिनेहरुको बहुत ठुलो जमात ताप्लेजुङ सम्म पनि तयार भइसकेछ । असोजको महिना । झमझम परिरहेको पानी । निक्कै चिसो मौसम । अनि राष्ट्रिय स्तरका प्रसिद्ध कलाकारहरुको समूह । तर चर्चा उनको मात्र । प्रतिक्षा उनकै । बालबालिका देखि बुढापाकासम्म सबै उनकै कुरा मात्र गरिरहेका । यस्तो लाग्थ्यो यो ज्योती मगरको एकल कार्यक्रम हो ।

उदघोषकले पटकपटक ज्योती चाडैँ स्टेजमा आउने मन्त्र फलाकिरहे । जब उनि स्टेजमा आइपुगिन पानी अझ दर्कियो । तिघ्रा सबै देखिने छोटो स्कर्टमा आधा स्तन देखाउँदै उनि चिच्याउन थालेपछि आम बुझाइमा माहोल तातियो । बबाल भयो । हङ्गामा भयो । दर्शकदिर्घामा रहेका धेरै युवतिहरुले ज्याकेट खोलेर नाच्न थाले । अब यति लेखेपछि युवकहरुको चर्तिकला के लेख्न पर्यो र ? उनिहरु त यहि प्रतिक्षामा थिए ।

ज्योतीको प्रस्तुति सधैँझै कामुक शैलिको थियो । अभिव्यक्ति पनि उस्तै । आधाजसो स्तन देखाउँदै भनिनँ, माथिबाट मात्र फोटो खिच्नु है तलबाट होइन । यति सेक्सि केटाहरु भएपछि के को जाडो । उनकै चर्चित र विवादास्पद गीतहरु उफ्रदैँ गाइन । तलपनि पिरलो, माथिपनि पिरलो चोरीखान पल्केको ढाडे बिरालो ।

ज्योती अश्लिल हुन ? कि आधुनिक ? यस्को उत्तर सहज छैन । एकाथरि उन्को आलोचना गरेर थाक्दैनन । भीडको पछिल्तिर उनको उपस्थिति हुन्छ । या युटुयब चहार्छन । अर्काथरि उनलाई आधुनिक मान्छन । तर खुलेर बोल्नसक्ने उनका प्रशसंकहरुको संख्या भने कम नै छ । विभिन्न विवादास्पद फण्डाहरुले उनले अधिकाशं आलोचकहरुनै आर्जन गरिकि छिन ।

उनले कला प्रस्तुत गर्छिन या अरु केही ? उनकाे नग्नता ले मानिस अानन्दित हुन्छन् या उत्तेजित ? कसैले उनकाे प्रस्तुति हेरेर सभ्य शैलीमा अरुसँग परिचर्चा गर्न सक्छ ? कुनै पुरुषले महिलाको सुन्दर शरीर हेर्न चाहदैँन? यस्ता प्रश्नहरुकाे विवादरहित उत्तर पनि कहिलै पाउन नसकिएला ।

अर्थशास्त्रको एउटा सामान्य सिद्धान्त छ जहाँ माग हुन्छ त्यहाँ पुर्ति हुन्छ । बजारमा माग नभएको कुनै पनि उत्पादन या सेवा बजारबाट बाहिरिन्छ । यसरी दिनहुँ उकालो लागेको ज्योति मगरको कलाको (?) विक्रि हेरेर के निष्कर्षमा पुग्न सकिन्छ भने बजारमा उनको माग पनि बढिरहेको छ । अझ भनौँ बजारमा उनको माग उच्च छ । अब उनि अनैतिक हुन, अश्लिल हुन र उनले सामाजिक अराजकता फैलाएकि छिन र उनको कारण सास्कृतिक बिचलन भएको छ भने माग पक्षमा ध्यान दिनु जरुरी छ । अर्थात समाजमा अनैतिक, अश्लिल र अराजक माग सिर्जना हुन दिनु हुँदैन । यदि समाजको माग चाहिँ यहि रहिरहने हो भने यस्ता हजार ज्योतिहरु जन्मिरहन्छन । उनकै शब्दमा ज्योतिलाई नहेर्नु हेर्ने हो भने गालि नगर्नु । (????) उनको दर्शनको लागि गरिने अपहत्ते र पीठ पछाडिको गालिको त के नै तुक होला र ? साभार श्राेतः पानाखबर ,प्रकाश ढुंगाना

प्रतिक्रिया

सम्बन्धित