गठबन्धनको भविष्य

कुनै पनि काम गर्दा त्यसलाई विभिन्न कोणबाट नियाल्नु पर्दछ । अन्यथा त्यो अधुरो र अपुरो हुन्छ । राम्रो भयो भने सवैे श्रेय आफुले लिने र नराम्रो भए आर्कोलाई दोष लगाउने परिपार्टी अझै विद्यमान छ । नेपालको राजनीतिमा केही दिनदेखि केही नयाँ कामको थालनी भएको छ । त्यसको भविष्य के छ ? भन्नेमा कोही पनि केही भन्न सक्ने अवस्थामा छैनन् । किन भने विगतदेखि अहिलेसम्म राजनीतिमा विश्वास घात हुदैं आईरहेको छ । एक अर्का प्रति शंखा र उपशंखाले गर्दा रातारात पत्याउन गाह्रो हुने काम हुदैं आईरहेको छ । सात दशक पहिला नेपालीहरुले देखेको सपना पुरा भएसँगै देशभर स्थानीय तहको निर्वाचन सम्पन्न भईसेको छ । अव प्रदेश र केन्द्रको निर्वाचन हुन बाँकी छ ।

स्थानीय तहको निर्वाचनको मत परिणाम आईसकेपछि दलहरु झस्किएका छन । आफुहरुले सोचेको भन्दा फरक मत आएपछि उनीहरु आफ्नो भविष्यको सफल अवतरणको खोजिमा छन । त्यसै अनुसार उनीहरु तालमेलको बाटो रोजेका हुन । वि.स. २०५१ सालमा सदनको नेतृत्वमा पुगेको एमाले अहिले सत्ता बाहिर बस्नु परेको पीडामा जस्तोसुकै सम्झौता गर्न तयार भयो । वि.स. २०६२÷०६३ को जनआन्दोलन पछि जंगलबाट घरमा हुलिएको माओवादी आफुले उठाउँदै आएको मुक्तिको कुरा एकाएक विर्सिएर अन्र्तर द्वन्द्वमा फस्यो ।

प्रेमबहादुर शाही

चिराचिरा हुदैं अतित्व नै समाप्त हुने देखेपछि पार लाग्न खोज्यो । पार्टी भित्रै मतभेदलाई समाधान गर्न नसकेपछि संस्थापक पार्टीबाट अलगभई नयाँ शक्ति नामको पार्टी खोलि देश दौडाहा गर्दागदै थाकि सकेपछि सो पार्टी आफ्नो विश्रम सहितिको भविष्यको खोजिमा लाग्यो । यस्ता तमाम पार्टीहरुको आ–आफ्नै समस्याले गर्दा वाम एकता भन्दै तीन पार्टीहरुले एउटा सम्झौता गर्न पुगेका छन । उनीहरुको वीचमा प्रदेश र केन्द्रको निर्वाचन पछि पार्टीगत एकता गर्न बताईरहेका छन ।

उता नेपाली काँग्रेसले भने वाम गठबन्धनलेको कडा रुपमा जवाफ फर्काउँदैं लोकतान्त्रिक गठनबन्धन ग¥यो । आफुलाई टेको लगाएको पार्टीले प्रतिपक्षसँग गरेको सम्झौताले चिडिएको काँग्रेस अन्य दलहरुलाई साथमा लिई चुनावि तालमेल गर्न पुग्यो । उसले पनि अहिले आफुसँग तालमेल भएका पार्टीहरु निर्वाचन पछि पार्टी एकिकरण हुने बताईरहेको छ । उनीहरुको गरेको यो काम हेर्दा देशमा सवै भन्दा ठूलो पार्टी को बन्ने भन्नेमा होडवाझी चलेको देखिन्छ । कसैले कसैको अतित्व स्वीकार गर्न नसकी नेपाल जस्तो सानो देशमा दर्जनौ पार्टीहरु खोलि बस्नेकालाई संविधानको थ्रेसहोल्डले घाँटी निमोट्ने काम ग¥यो । समानुपातिकमा तीन प्रतिशत र प्रत्यक्षमा एक सिट जित्नु पर्दछ । साना दलहरुको अहिलेसम्म गरेको राजनीतिक नै समाप्त हुने गरी आएको स्थानीय तहको मत परिणामले दुई ठूला पार्टीले साना पार्टीहरुलाई आफ्नो काखमा च्यापी उनीहरुको अतित्वलाई जोगाईदिन चुनावी तालमेल गरको हुन ।

उनीहरुले यहि अवस्थामा पार्टी नै एकिकरण हुने गरी गठबन्धन गरेका छैनन् । गठनबन्धन पछि सवैको समावेशी उम्मेदवार हुने भएकाले कुनै न कुनै ठाउँबाट साना पार्टीहरुको विजय हुने देखेपछि उनीहरु एकिकरणको नाम दिई अंक गणितीय जोड घटाउमा लागेका हुन । आफु अनुकुलको नियर्ण गर्दा वि.स. २०४८ मा कर्मचारी आन्दोलनको नेतृत्व फसेको एमाले पुनः वाम गठबन्धमा फसेको छ । उता काँग्रेस पनि आफुलाई देशको सवैभन्दा ठूलो लोकतन्त्रवादी भन्दा भन्दै स्थानीय तहको निर्वाचनबाट दोस्रो स्थानमा पुगी लोकतान्त्रिक गठबन्धनमा फसेको छ ।

त्यसैले यसको कुनै पनि भविष्य छैन । जनआन्दोलनको माग नभएको संघीयता चोरको बाटो हुदैं जसरी नेपालको संविधानसम्म पुग्यो त्यसरी नै पार्टी एकताको कुरागरी सधै सवै मिली सरकार चलाउने चाहाना अनुरुप पार्टी एकिकरणको विक्षरुपी जाल थापेका छन । राष्ट्र भन्दा ब्यक्तिलाई ठूलो ठान्ने भूक्तभोगी हाम्रा राजनीतिक दलहरु कहिल्यै पनि नागरिकप्रति वफदार बन्न सकेका छैनन । त्यसैले कालन्तरमा गएर कुनै समयमा पार्टीहरु एकिकरण होलान तर अहिले भएको गठबन्धनले सजिलै देशमा दुई पार्टी होला भन्न सकिने अवस्था छैन ।

 

प्रतिक्रिया

सम्बन्धित