बाम एकता, उदेश्य र कांग्रेशको भाबी योजना र चुनौती

राणा शासन को अन्त्य संगै मुलुकमा खुला राजनीतिको सुरुवात भयो । विभिन्न कालखण्डमा मुलुकमा राजनीतिक परिवर्तन हुदै आए पनि ती उपलब्धी हरुलाई संस्थागत गर्न नसक्दा मुलुकले परिवर्तनको ब्याबहारिक अनुभुती गर्न पाएन । र मुलुक राजनीतिक रुपमा सधै पछि पर्दै आयो र जसका कारण मुलुकले आर्थिक समृद्धिमा फड्को मार्न सकेन ।

नेपालको खुल्ला राजनीतिक ब्याबस्थाले मुलुकमा राजनीतिक दलहरुको संख्या दिन प्रतिदिन बढेपनि देशले स्थाइत्व प्राप्त गर्न सकिरहेको छैन । पछिल्लो चरणमा राजनीतिक दलहरूले केहि केहि राजनीतिलाई सुधार्न कोसिस गरेर आन्तरिक रुपमा केहि गठबन्धन गरि राजनीतिक निकास दिन खोजेको अभास भै रहेको थियो । त्यसैमा अहिले बिधिबत रुपमा बाम एकताको सुरुवात भएको छ । यो एकताले सफलता प्राप्त गर्न सक्यो भने मुलुकको राजनीति सकारात्मक दिशा तिर जान सक्ने छ ।

खेमराज दाहाल

संकाको घेरामा बाम एकता

बामपन्थी एकताको सुरुवात नेपाली राजनीति र मुलुकका लागी एक कोसे ढुंगा हुन सक्दछ । तर यो सरप्राइजको रुपमा आएको एकताले धेरै लाई संकाको घेरा भित्र ल्याइ पुर्याएको छ ।एस्को सहि ब्याबस्थापन हुन सकेन भने मुलुकले राजनीतिक रूपमा ठूलो क्षति बेहोर्न पर्ने हुन सक्छ ।

केपी ओलिको सरकार हुँदै गर्दापनि धेरैले बामपंथी हरुको यो गठबन्धनलाई निरन्तरता दिन पर्छ भनेर आवाज उठाई रहेका थिए तर एकाएक सरकार गठबन्धनकै एक हिस्सा रहेको माओवादीले अबिस्वासको प्रस्ताव दर्ता गराइ बाम गठबन्धनलाई समाप्त गरि बेग्लै बिचारधारा भएको पार्टी नेपाली कांग्रेस संग गठबन्धन गरि स्थानीय तहको चुनाबमा समेत गठबन्धन गर्‍यो । यसै गठबन्धनको सिलसिलामा माओवादी र कांग्रेसले समय सिमा तोकेर मिलिजुली सरकारको स्वाद पनि चाखे र यो गठबन्धनलाई आउने केन्द्र र प्रदेशको चुनाबमा पनि निरन्तरता दिने भन्दै गर्दा माओवादीले फेरि कांग्रेस को साथ छाडेर बाम एकतामा आइ पुगेको छ । यस्ले माओवादीले कांग्रेस संग गरेको गठबन्धनको उदेश्य के थियो भन्ने बिषय छर्लङ्ग भएको छ ।

नेपाली राजनीति भन्ने बितिकै देशमा भएका सबै दलहरु राजनीति गुट उपगुट ले ग्रस्त छन भन्न कति पनि हिचकिचाउनु पर्दैन । आफ्नै दलको आन्तरिक कुरामा धेरै अल्झी रहेको हाम्रो राजनीतिक पृष्ठभूमिमा अहिलेको बाम एकता यस बाट अछुतो रहला भन्न सकिन्न । अज भनौं बामपंथी हरुमानै सबैभन्दा बडी राजनीतिक खेमा हरु देखिने गरेका छन ।

नेपाली राजनीति भन्ने बितिकै देशमा भएका सबै दलहरु राजनीति गुट उपगुट ले ग्रस्त छन भन्न कति पनि हिचकिचाउनु पर्दैन । आफ्नै दलको आन्तरिक कुरामा धेरै अल्झी रहेको हाम्रो राजनीतिक पृष्ठभूमिमा अहिलेको बाम एकता यस बाट अछुतो रहला भन्न सकिन्न । अज भनौं बामपंथी हरुमानै सबैभन्दा बडी राजनीतिक खेमा हरु देखिने गरेका छन । कुनै राजनीतिक बहस बिना सबै स्तरका नेता कर्याकर्ता हरुको मानसिक तयारी बिना गरिएको यो एकता आफैमा असजिलो छ ।

निर्वाचनको संघारमा रहेका राजनीतिक दल हरुले कतिपय ठाउँ हरुमा निर्वाचनका लागी उम्मेद्बारी नै तोकिसकेको अबस्था छ । अब भोलिका दिनमा ती नेता तथा कर्याकर्ता हरुलाइ कसरी समायोजन गर्ने कसरी ब्याबस्थित गर्ने त्यस बिषयमा कोहि गम्भीर छलफल नै भएको छैन जस्ले भोलि हुनसक्ने तिक्तता लाई बाटो दिरहेको छ । हिजो कांग्रेस संग गठबन्धन गरेर चुनाबमा गएको माओवादी आज एमाले संग एकता गरेर आम जनतालाई के भनेर बुझाउने त्यस्को कुनै बैज्ञानिक रणनीति तयार छैन । आउने निर्वाचन मा टिकट बितरण गर्दा कसरी विवाद रहित बनाउन सकिन्छ भन्नेमा कुनैपनि राजनीतिक दल गम्भीर देखिएका छैनन । यसरी भएको एकताले आम नागरिकमा कस्तो प्रभाव र सन्देश दिएको छ भन्नेमा पनि कुनै दल गम्भीर देखीएका छैनन् ।

चुनाबको संघारमानै भएको एकताले पहिलो चुनाबमानै तिक्तता बढे भबिस्यमा त्यस्को नकारात्मक असर पर्ने निश्चित छ । त्यस सम्बन्धमा एकीकृत भएका दल कतिपनी संबेदनसिल भएको देखिन्दैनन । यस्तो हेलचेक्र्याइले तिनदलका नेता हरुको मर्यादा क्रममा नै बिबादास्पद देखिने स्पष्ट छ । माओवादी र नया शक्ति पार्टीका प्रभावशाली नेता हरुका कारण एमालेमा आफ्नो स्थान बनाएर बसेका नेता हरु समेत ओझेलमा पर्न सक्नेछन् जस्ले अरु खैलाबैला हुने र एकता घातक बन्न सक्ने छ ।

एमाले अध्यक्ष केपी ओलिको अतिवाद लाई कति सम्म माओवादी ले सहन गर्न सक्छ भन्नेमा आफै सवाल खडा भएको छ । हिजो सम्म एक अर्कालाई आरोप प्रत्यारोप गर्दै आएका नेता कर्याकर्ता हरु एक अर्का लाई कसरी स्वीकार गर्लान र ब्याबहारिक रुपमा मिल्लान यो अर्को चुनौती को बिषय बनेको छ । स्थानीय स्तर देखी नै नेता कार्याकर्तालाई कसरी ब्याबस्थापन गर्ने अहिले सम्म भएको राजनीतिक परिवर्तनको सफलताको जस कस्ले लिने भन्ने बिषय बाम एकताको मुख्य बिबाद बन्न सक्छ ।

नेपाली राजनीतिमा पार्टी फुट्नु र जुट्नु लाई खासै नौलो मानिन्दैन तर अहिले हुदै गरेको पार्टी जुटाइ ऐतिहासिक छ । नया शक्ति लाई छाडेर एमाले र माओबादिको कुरा गर्ने हो भने यि दुई पार्टी हरु आधार बलियो र आफ्नो अस्तित्व भएका पार्टी हुन । बाम एकताको नाममा यी पार्टी एकता हुनु सामान्य कुरा हैन । यो एकताले सार्थकता पाएको खण्डमा अहिलेसम्मको चुनावी परिणामलाई हेर्ने हो भने मुलुकमा दुई राजनीतिक शक्ति हरु बाम शक्ति र कांग्रेस मात्र अस्तित्वमा देखिने छन ।

बाम एकताको उदेश्य

२०४६ साल पश्चात देशमा प्रमुख राजनीतिक शक्तिका रुपमा कांग्रेस र एमाले मात्र थिए । ससस्त्र द्वन्दबाट आएको माओवादीले पनि नेपाली राजनीतिमा एक आफ्नै अस्तित्व राख्न सक्यो र नेपाली राजनीतिमा दुई पक्षीय राजनीति बाट तृपक्षिय राजनीतिको सुरुवात भयो । दोस्रो संबिधान सभा बाट आम नगरिकले माओवादीको साइजलाइ खुम्च्यायर फेरि उहीँ दुई शक्ति एमाले र कांग्रेस लाई नै आमनेसामने ल्याइ दिए ।

दोस्रो संबिधान सभाबाट कांग्रेसको नेतृत्वमा संबिधान आए देखी नै राजनीतिक उपलब्धिको जस कांग्रेस लाई गएको ठानेर तरंगित बनेका माओवादी अध्यक्ष प्रचण्ड आफ्नो पार्टी बाट छुटेर गएका बिप्लब , मोहन बैद्द र बाबुराम लाई एक ठाउँमा ल्याइ माओवादी पार्टी लाई फेरि अस्तित्वमा ल्याएर राजनीतिक परिबर्तन को जस लिन चाहान्थे । त्यसमा उनि असफल भए र एमाले संग हात मिलाए , केपी ओलि एमालेको अतिबादबाट सफलता नमिल्ने भए पछी प्रचण्डले कांग्रेस संग हात मिलाएर लामो समय देखी हुन नसकेको स्थानीय तह निर्वाचन गराए र संबिधान कार्यन्वयन को बाटो बनाए जस्को कारण केहि भए पनि एस्को जस प्रचण्डले पाए ।

कांग्रेस गठबन्धन बाट स्थानीयतह निर्वाचनमा जादा पनि उस्तै परिणाम देखे पछि छ्टपटाएका प्रचण्डले राजनीतिक कोर्स परिवर्तन गरेका हुन । कम्युनिस्ट बिचारधारा नै त्यागेर दक्षिणपन्थी बिचारधारा बोकेर नया शैलिको पार्टी खोलेका बाबुराम लाई समेत बाम एकता मार्फत आफू संग जोड्न प्रचण्ड सफल भएका छन ।

दोस्रो संबिधान सभा बाट ठुलो अन्तरले पछाडि परेको माओबादी अहिलेको कांग्रेस गठबन्धन बाट स्थानीयतह निर्वाचनमा जादा पनि उस्तै परिणाम देखे पछि छ्टपटाएका प्रचण्डले राजनीतिक कोर्स परिवर्तन गरेका हुन । कम्युनिस्ट बिचारधारा नै त्यागेर दक्षिणपन्थी बिचारधारा बोकेर नया शैलिको पार्टी खोलेका बाबुराम लाई समेत बाम एकता मार्फत आफू संग जोड्न प्रचण्ड सफल भएका छन ।

भयको राजनीतिले सिर्जना गरेको यो एकता कतिपनि बैज्ञानिक नभएको यो पंक्तिकार बिस्वस्त छ । पार्टी भित्रको आन्तरिक तिक्तता हल गर्न नसक्दा पराइ लाई राम्रो देखेको मात्र हो । र आफ्नो पार्टीबाट अलग्गिएका मोहन बैद्य बिप्लब र बाबुराम नेतृत्वका पार्टीहरुलाई एकता गर्न नसके पछि एमाले संग सहकार्य संगै एकता खोजेका हुन ।

नेपाली कांग्रेसको अबकोबाटो र चुनौती

लामो समय देखी नेपाली राजनीतिमा एकछ्त्र जस्तो राज गर्दै आएको नेपाली कांग्रेस लाई पक्कै पनि बामएकता टाउको दुखाइको बिषय बनेको छ । भर्खर सम्पन्न स्थानीय निर्वाचन बाट नै दोस्रो दर्जामा पुगिसकेको कांग्रेस अब बाम एकता बाट निकै पछाडी पर्ने कुरामा दुइमत छैन । उस्ले अब आफू लाई अब्बल साबित गराउन निकै मेहनत गर्न पर्ने अबस्था देखिन्छ ।

इतिहास बोकेको नेपाली कांग्रेसको जनमत ढलमलाएको देखिएको छ । यस्का आफ्नै कारण पनि छन जुन कुरा पहिलो हुदै गरेको पार्टी दोस्रो हुन पर्दा नेपाली कांग्रेस लाई निको नलागेको हुन पर्दछ । पहिलो नेतृत्वको लापरबाह कार्यकर्ता लाई ब्याबस्थापन गर्न नसक्नु दोस्रो गुट उपगुट्को राजनिती मौलाउनु , कांग्रेस भित्र हमेसा ६०/४०को भाग बण्डा हुने गरेको र यहि विभिन्न कालखण्डमा कांग्रेसको लागी अभिसाप बन्दै गएको देखिन्छ ।

आफैमा राम्रो इतिहास बोकेको नेपाली कांग्रेसको जनमत ढलमलाएको देखिएको छ । यस्का आफ्नै कारण पनि छन जुन कुरा पहिलो हुदै गरेको पार्टी दोस्रो हुन पर्दा नेपाली कांग्रेस लाई निको नलागेको हुन पर्दछ । पहिलो नेतृत्वको लापरबाह कार्यकर्ता लाई ब्याबस्थापन गर्न नसक्नु दोस्रो गुट उपगुट्को राजनिती मौलाउनु , कांग्रेस भित्र हमेसा ६०/४०को भाग बण्डा हुने गरेको र यहि विभिन्न कालखण्डमा कांग्रेसको लागी अभिसाप बन्दै गएको देखिन्छ ।

पछिल्लो पटक आफैमा एक अब्बल राजनीतिक दल हुदै गर्दा पनि बेग्लै धारको राजनीतिक स्वार्थको पछि लागेर कांग्रेसले इतिहांसमै सबैभन्दा कलंकित काम गर्न पुग्यो जस्को अब आत्मसमिक्षा गर्नु भन्दा दोस्रोउपाए छैन । अन्तरास्ट्रिय स्तरमा राम्रो छवि बनाएको कांग्रेसले अब खुल्ला बजार निति अपनाउदै देशको अर्थतन्त्र लाई बजबुत बनाउन सक्दो प्रयास गर्नु पर्छ ।

पछिल्ला राजनीतिक घटनाहरुलाई हेर्ने हो भने संबैधानिक राजतन्त्र सहितको प्रजातान्त्रिक ब्याबस्था उत्कृष्ट राज्य ब्याबस्था भएको आभास भै रहेको छ । आफ्नो पार्टीको यो उत्कृष्ट निति लाई छाडेर कम्युनिस्ट हरुको पछि लाग्दा अहिले सम्म कांग्रेसले धेरै कुरा सिकि सकेको हुन पर्दछ । अब बाम एकता संगै राजनीतिले नया मोड लिदै गर्दा कांग्रेसले एक पटक आफू लाई पछाडी फर्केर हेरि संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र नेपाली कांग्रेसको लागी सहि साबित हुन सक्ने देखिन्छ ।

कांग्रेसको अबको चुनौती भनेको बाम एकतालाई राम्रो संग टक्कर दिनु नै हो । यस्को लागी बामपंथी हरु कहिले आफ्नो हुन नसक्ने पाठसिकेर माथी भनिए झै राजतन्त्र सहितको प्रजातन्त्रमा कांग्रेस फर्किने हो भने बाम एकतालाई करारो जवाफ दिन सक्ने छ । पार्टी भित्र हुँदै आएको किचलो भाग बण्डाको अन्त्य संगठन लाई ब्याबस्थित बनाएर जान नसक्ने हो भने माओवादीले पछारेर गएको कांग्रेस थिङ्रीन नसक्ने अबस्था आउन सक्छ । कांग्रेसको एकताको बिकल्प सिर्प राजतन्त्र सहितको प्रजातन्त्र मात्र सहि साबित हुनेमा यो पंतिकार बिस्वस्त छ ।

प्रतिक्रिया

सम्बन्धित