लुट्ने सहर !

विश्वका प्रख्यात सहरहरुको आ–आफ्नै विशेषता हुन्छन । मानिसहरुले सहरलाई रहरको विषय बनाई रहेका हुन्छन । कतिपय सहरहरु मानिस बस्नको लागि राम्रा हुन्छ भने कतिपय सहरहरु मासिनहरु वस्नलाई राम्रा हुदैनन् । सहरीया जीवन भनेको धेरै खर्चिलो पन हुन्छ । सहरमा बस्ने मासिनहरु यतिसम्मको काम गर्ने गर्दछन, त्यो काम मावनसको लागि घृणित हुने गर्दछ । जुन सहरको नाम नै जीवनमा कहिल्यै सुन्न र देख्न नपाईयोस भन्ने गर्दछन भने कतिपय सहरहरु मानिसका लागि स्वर्ग सरहनै हुने गर्दछन । तर हाम्रो देशको सहर भने लुट्ने सहरको रुपमा परिचित छ । यो विषय वस्तु हो । नेपालको राजधानि काठमाडौं । जो मानिसहरुलाई सदा लुटिरहेको हुन्छ । मेरो जन्म नेपालमा भएपनि नेपालका अधिकांक जिल्लाहरुका पुग्न बाँकी छ ।

समयले साथ दिएपछि अवश्य नै सवै जिल्ला घुमफिर गरी त्यहासको वस्तु स्थितिको बारेमा लेख्ने मेरो जीवनको सवैभन्दा ठूलो इच्छा छ । जीवनमा मैले केही गर्नु छ भने त्यो हो, नेपालको कुना कन्दरादेखि गाउँ–सहरसम्मको जानकारी लिने सोच छ । त्यहि सिलसिला वा काम विशेषले म नेपालको राजधानी काठमाडौसम्म पुगेको छु । मलाई यसमा गौरव लागेको छ । नेपालको राजधानी भनेको काठमाडौ हो । त्यहाँ देशभरीका मानिसहरुको बसोवास छ । सवै सुविधान सम्पन्न छ । सवै प्रकारका मानिसहरु काठमाडौमा वच्छन ।

सानो छदा मैले सुनेको र बुढापाकाले भन्ने गरेको सुनेको थिए । तर समय र पस्थितिले मलाई त्यो काठमाडौमा पु¥यायो । जहा मैले काठमाडौलाई नजिकबाट नियाल्ने मौका पाए । त्यहाँको वस्तुस्थितिलाई नियाल्दा नियाल्दै करिव एक साताको वसाईँ पनि वितेको थहा भएन । म चाहान्थ्ये, काठमाडौमा के छ ? के छैन ? जसलाई पच्छाईरहेको थिए । त्यो बसाईँमा परिचित र अपरिचित सवै मानिससँग भेट भयो । बाहिरबाट आएका वा त्यहि ठाउँका रैथानेसँग मेरो धेरै समय भलाकुसारि नै भईरहन्थ्यो । जव मैले यहाँको बास्तुविकता बुझ्नु खोजे भेटिएका मासिनहरुको मुखबाट एउटै आवाज निस्किरहेको हुन्थ्यो । ‘काठमाडौ भनेको गरिवका लागि बस्ने ठाउँ हैन ।’

प्रेमबहादुर शाही

मैले प्रतिप्रश्न गरिहन्थ्ये, मैले सानो छदा सुनेको कुरा काठमाडौमा जे छ त्यो नेपालको कुनै ठाउँ छैन । त्यहि सानो छदा सुनेको कुराको कौतुहल्ताले मेरो मन पिरलिरहेको थियो । आज म त्यहि भूमि उम्भिन पाएको छु । हजुरसँग भेटघाट र परिचित हुन पाईयो । मेरो लागि खुसीको कुरा हो । अनि हजुरहरुको लागि काठमाडौ किन यति घुणितको ठाउँ बनेको छ ? भन्दा उनीहरुले भनिरहेका हुन्थ्ये, तपाईँ एक महिना त यहाँ बस्नुहोस, त्यसपछि थाहाँ हुन्छ । काठमाडौ भनेको कस्तो ठाउँ हो ? म काठमाडौमा भएर पनि सानोमा जागेको कौलुहल्ता मेटिएन । म अहिले जान्छु । भोलि पर्सि भेट गरौंला भन्दै छुटिए । कोठमामा आएर दिनभरीका गतिविधिलाई डायरीमा लेख्थ्ये । अनि भन्न खोजिएको के रहेछ ? भन्दै आफै ब्याख्या विश्लेषण गर्न खोज्थ्ये, तर अझै काठमाडौको बास्तुविकता बुझिसकेको थिएन । दिन हुँ म काठमाडौको बारेमा बुझ्ने कोसिस गरे । मलाई विस्तारै विस्तारै थाहा हुदैं गयो ।

काठमाडौ सहर भनेको ‘लुट्ने सहर’ हो । जव म बुझदै गए । गाउँबाट विभिन्न काममा काठमाडौ हानिएका ब्यक्तिहरुसँग बुझन् खोजे उनीहरुको अनुहारमा केही परिर्वतन आउँथ्यो । अनि मलिन स्वरले भन्ने गथ्ये, हामी गाउँबाट आएकाहरुलाई यहाँका मानिसहरुले मानिस भन्दैनन् । पशुको भन्दा तल्लो स्तरको ब्यावाहार गर्दछन । सानो तिनो काम गर्दा पनि लाखौं कराडौ रुपैयाँको कुरा चलाउनछन । यतिमात्र हैन सडमा हिड्दा पनि हामीहरुलाई हेप्ने र चेप्ने गर्दछन । उनीहका यस्ता अनेकौं पीडाहरुलाई नजिकबाट नियाल्दा दियाल्दै काठकाडौको बास्तविकता बुझे । काठमाडौं भनेको गाउँबाट गएका मासिनहरको लागि लुट्को सहर रहेछ ।

एउकटा झोला र एक जोड कपडा बोकेर काठमाडौ हानिएका मानिसलाई काठमार्डौले केही दिदैन । सकेसम्म सवै लिने प्रयास गर्दछ । हो यो सहरबाट लिनेले धेरै कुरा लिएका छन । जोसको हिसाव गर्ने हो भने देश भन्दा ब्यक्ति धनी छन । उनीहरुले सधै अरुलाई थिचोमिचो गर्ने गरेका छन । काठमाडौ भनेको यस्तो सहर हो ‘जसले धन सम्पत्तीले भरीपूर्ण छ, त्यसले देशमा शासन चलाउने रहेछ ।

निमुखा र गरिवहरुको लागि काठमाडौ भनेको नाङ्गो बनाउने र मानिसहरुलाई जोगि बनाउन ठाउँ रहेछ । जो दुई चार रुपैया कमाएर कामको सिलसिलामा काठमाडौ गएकाहरुलाई रित्तो बनाएर फर्काउने गर्दछ । जसरी खाना लाउन नपाएर निरन्याउरा अनुहार लगाएर फर्कीने बनाउछ । यो आम देशवासीको लागि साँच्चिनै काठमाडौ भनेको ‘लुट्ने सहर’ रहेछ । यो पंक्तिकार पनि काठमाडौंको केही दिनको वसाईँपछि पुनः आफ्नो गृर्ह जिल्ला प्रस्थान गरेको छु । जो काठमाडौको बारेमा घृणित कुरा गरेका थिए । त्यसै गरी म पनि काठमाडौलाई एउटा ‘लुट्ने सहर’ को उपनाम दिएर फर्कीएको छु ।

लेखक नेपाल पत्रकार महासंघ शाखा दैलेखका कोषाध्यक्ष र आवर टुरिजम न्युजका सम्पादक हुन । 

प्रतिक्रिया

सम्बन्धित