दशैमा क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई कार्वाही गर्छाै – एसपी लम्साल

एसपी राज लम्साल एक महिना पहिले एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयमा सरुवा भएर आएका हुन । आएदेखी नै उनि ट्राफिक व्यवस्थानमा अक्रामक रुपले सक्रृय भैरहेका छन । एसपी कार्कीले एक नम्बर प्रदेशका एआइजी पशुपति उपाध्यायको निर्देशन अनुसार अाफ्नाे क्षेत्रमा असोज पहिलो हप्तादेखी हर्न निषेध अभियान पनि संचालन गरिरहेका छन । एसपी लम्सालसँग एक नम्बर प्रदेशमा घोषणा भएको हर्न निषेध अभियान र चाडबाडको ट्राफिक व्यवस्थापनबारे गरेको संक्षिप्त कुराकानी …..

आएदेखी नै अक्रामक भएर ट्राफिक व्यवस्थापनमा लाग्नु भएको छ , किन ?

—म आंउदा पुर्वको ट्राफिक व्यवस्थापनको अबस्था ज्यादै भद्रगोल देखें। यसलाई समयमै व्यवस्थित गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले ट्राफिक व्यवस्थापनमा आंफु लगायत मातहत सबैलाई सक्रिय रुपमा परिचालन गरेको हुँ । अक्रामक भएको होइन , अलि सक्रृय भएर फरक ढंगले काममात्र गर्न खोजेको हुँ ।

आउनासाथ एक नम्बर प्रदेशमा हर्न निषेध अभियान घोषणा गर्नुभएको छ , प्रभाव कस्तो छ ?

–सवारी चालकमा सडक अनुशासन भन्ने कुरा अलिकती पनि देखिएन, गति नियन्त्रण गराई दुर्घटना न्यूनीकरण तथा ध्वनी प्रर्दुषणबाट हुने मानविय असर रोक्नको लागि १ नम्बर प्रदेशमा हर्न निषेध गरिएको हो । निषेध अभियान घोषणा भएपछि पहिले भन्दा हर्न बजाउने र तिब्र गतिमा चलाउने कार्यमा सुधार आएको छ ।

हर्न निषेध अभियानबारे के कस्तो प्रतिक्रिया प्राप्त भैरहेको छ ? हर्न निषेध अभियानबारे प्रतिक्रिया कस्तो छ ?

—आम नागरिकबाट समेत सकारात्मक कार्य भन्ने प्रतिक्रिया आएका छन ।हामीमा उत्प्रेरणा बढाएको छ । अब सबै अभियानमा केही न केही समस्या र चुनौती त आइहाल्छन नि , त्यसलाई फेस गर्दै जानुपर्छ ।

हर्न निषेध अभियान घोषणा गरेर नयाँ एसपी र एआइजीले सस्तो प्रचार खोजेको हो पनि भन्छन नि ?

–यो राम्रो काम गर्नेलाई हतोत्साहित गर्ने केही व्यक्तिको भनाई हुन सक्छ । जसले जे भने पनि ट्राफिक व्यवस्थापनको लागि ऐन, नियम, कानून बमोजिम गर्नुपर्ने कुनै पनि कसर बांकी रहदैन भन्ने कुरामा विश्वस्त छु । यसमा जस्तोसुकै चुनौती समाना गरेर पनि निरन्तर लागिरहन्छु । किनभने ट्राफिक व्यवस्थापन र सवारी दुर्घटनामा कमी आएमा फाइदा पुग्ने नागरिकलाई नै हो । समस्या आयो भन्दैमा आत्तिने प्रहरी म हैन । पक्कै थप उपलव्धि हासिल गरेरै छाडने छु ।

हर्न निषेध अभियान सफल बनाउन के गर्दैछ ट्राफिक प्रहरीले , भावि योजना के के छन ?

–हर्न निषेध घोषणा भएपछि एक महिनासम्म १ नं. प्रदेश भरी व्यापक रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गर्दैछौ । जानकारी मुलक बोर्डहरु राख्दै छौ । १ असोज २०७४ बाट हो एक नम्बर प्रदेश हर्न निषेधित क्षेत्र घोषणा भएको यसैले हामीले सचेतनासँगै कारवाहीलाई पनि सँगसंगै अगाडी बढाईराखेका छौ । अटेर गर्नेहरुलाई ५ देखी १५ सय रुपैया जरीवना गरिरहेका छौ । र भावी दिनमा ट्राफिक नियम उल्लघंन गरी सवारी संचालन गर्ने कार्य नियन्त्रण गर्न गर्नुपर्ने कार्यहरु तिब्र रुपमा अगाडी बढाउने योजना लिएका छौ ।

थानाको प्रहरी र ट्राफिक प्रहरीको अनुभवमा फरक के हुदोरहेछ ?

–जनपद प्रहरी र ट्राफिक प्रहरी दुबै नेपाल प्रहरी हुन । दुबैको काम कानून कार्यान्यन गर्ने र जनताको सेवा गर्ने भएकोले खासै भिन्न अनुभव भएको छैन । मात्र ट्राफिक प्रहरीको कार्य प्रकृती मात्र भिन्नै भएकोले काममा चाँही अलि नयापन महशुस भैरहेको छ ।

ट्राफिक प्रहरीमा खटिनु भएको छ , लक्ष्य के लिनुभएको छ ?

–ट्राफिक प्रहरीमा म बसुन्जेल मेरो लक्ष्य भनेकै आम नागरिकमा सचेतना अभिबृद्धी गराई दुर्घटना न्यूनीकरण गर्ने र प्रभावकारी ट्राफिक व्यवस्थापन मिलाउने , जनधनको क्षति विना निर्वाध रुपमा सवारी आवागमन सहज र सरल बनाउने मेरो मुख्य लक्ष्य हो ।

दशैमा बढी ट्राफिक उल्लंघन र सवारी दुर्घटना हुन्छन , किन होला ?

–देश विदेशमा छरिएर बसेका आम नेपाली दाजुभाई दिदी वहिनीहरु दशैमा घर आउने, किनमेल गर्ने हुँदा उक्त समयमा यात्रु तथा सवारीको चापमा बृद्धी हुनेगर्छ । र , यो समयमा यातायात व्यवसायीहरुले छोटो समयमा धेरै आम्दानी गर्ने सोचले गर्दा सवारी नियम उल्लघंन गर्ने कारणले बढी दुर्घटना पनि हुने गर्दछ । सवारीको क्षमता भन्दा बढी यात्रु चढाउनु , छतमा पनि यात्रु राख्नु , चाडबाडको बहाना बनाएर चर्को भाडा असुल्नु , चाँडो पुरयाउने बहानमा तीब्र गतिमा सवारी कुदाउनु , आम्दानी राम्रो हुने लोभमा पुराना र थोत्रा गाडीहरु पनि संचालनमा ल्याउनु आदि अनेक कारणले गर्दा चाडबाडको समयमा दुर्घटना बढी हुने गरेको हो ।

दशैमा सवारी दुर्घटना हुन नदिन के छन तँपाइका फरक योजना के छन ?

–दशैमा सवारी दुर्घटना हुन नदिन यात्रुमैत्री कार्यक्रम संचालन गराएका छौ । मा.प.से. चेकिङ्गमा कढाई गरेका छौ । तिब्र गति नियन्त्रण गर्न राडर गन सहितको चेकिङ्ग सुरु भएको छ । सचेतनामुलक पर्चा पम्प्लेट वितरण भैरहेका छन । सिट क्षमता भन्दा बढी यात्रु बोक्ने कार्यलाई नियन्त्रण गर्ने छौ , गरिरहेका छौ । लामो दुरीको सवारीमा २ जना चालक अनिवार्य राख्न लगाएका छौ । यात्रुको चापलाई मध्यनजर गरी सवारी साधन थप गर्न पहल पनि भैरहेको छ । विना रुट परमिट सवारी चल्न रोक लगाएका छौ । र यो सबै कार्यमा अटेर गर्नेलाई तत्काल कार्बाही हुने छ ।

ट्राफिक व्यवस्थापनलाइ फितलो बनाउन ट्राफिक प्रहरी आफै पनि जिम्मेवार छन भन्ने आरोप छ नि , कति सत्य हो ?

–यो समग्र ट्राफिक प्रहरीलाई हतोत्साहित गराउने षड्यन्त्र हो । एक दुई गल्ति कमजोरी भए भन्दैमा समग्र संगठनलाई नराम्रो भन्न मिल्दैन ।

ट्राफिक व्यवस्थापनमा तँपाइले आम नागरिकबाट के आपेक्षा गर्नुभएको छ ?

–ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीबाट मात्र सतप्रतिशत सम्भव हुन सक्दैन । त्यसैले गर्दा आम नगरिकले हामीलाई साथ दिएर ‘होस्टेमा हैसे ’ गरी दिनु हुन्छ अपेक्षा गरेका छौ ।

ट्राफिक प्रहरीको दशै कसरी बित्छ , तँपाई चाँही कसरी दशै मनाउने योजनामा हुनुहुन्छ ?

–हाम्रो काम नै जनताको सेवा भएकोले दशैको अवसरमा आम नागरिकलाई सुरक्षित ढंगबाट सहज रुपमा गन्तव्यमा पठाउने कार्यमै ट्राफिक प्रहरीको दशै वित्छ । म यस क्षेत्रको ट्राफिक प्रहरीको प्रमुख भएकोले हामी प्रहरी व्यारेक सिस्टममा एउटै परिवारका सदस्य भएर रहनु पर्दछ । यसैले डियूटी आलोपालो मिलाई व्यारेकमै गच्छे अनुसारको दशै मनाई रमाईलो गर्दछौं ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…