सम्भावना र चुनौतिका बिच पूर्वेली न्युज

कुनैपनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु फलामको चिउरा चपाऊनु जत्तिकै कठिन छ । नेपालमा प्रेस काउन्सिलमा दर्ता भएका र नभएका गरी झण्डै १३ हजार अनलाईन न्युजका बिचमा आफुलार्इ अब्बल सावित गर्नु र अरुभन्दा भिन्न पह्चिान बनाउनु कम चुनौतिपुर्ण काम होईन ।

नेपालमा आफुलाई अब्बल सावित गरिरहेका केही मपाईँ अनलाईनलाई समेत टक्कर दिएर आफनो पह्चिान स्थापित गर्नका लागी मोफसलबाटै संघर्ष गरिरहेको पूर्वेली न्युजको आज जन्मदिन अर्थात चाैथाे जन्मोत्सब, आफनो जन्मदिन हरेकका लागी बिशेष हुन्छ । जन्मदिनका अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्नु र खराब कामबाट पाठ सिकेर अगाडी बढन सकियो भने मात्र सुखद भविष्यकाे कामना गर्न सकिन्छ । अझैपनि पाठकहरु अझ भनौँ नेपाली जनमानसमा अनलाईन भनेको झुठा समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने बुझाई रहेको छ ।

अनलाईनमा आएका समाचारको कुनै भर हुँदैन यो त गलत समाचारको खेती गर्ने साधन हुन भन्ने प्रायजसोको बुझाई यथावत रहेको छ । भएको छ पनि त्यस्तै औँलामा गन्न सकिने केही अनलाईन बाहेक अन्यले भ्रमको खेति गरिरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गरिरहेका छन । अनलाईनको खेति गर्ने र डलर कमाउनेहरुको संख्या दिनप्रतिदिन बढदो छ । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न लगाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको लोकप्रियता बढेपनी बिश्वसनियता घटदै गएको छ ।

नरेन्द्र बस्नेत

पूर्वेली न्युजको स्थापनाकालदेखि नै त्यस्ता समाचारहरु भन्दा समाज वरपरका र तथ्यपुरक समाचारहरु बढी पढन् पाइने भएका कारण पनि लोकप्रिय छ । देशमा उत्कृष्ट ठहरिएका अनलाईनहरुको सुचीमा पूर्वेली न्युज पनि परिसकेको छ । पछिल्लो समय प्रदेश नम्बर १ को राजधानी दाबी गरिरहेको इटहरीमा प्रधान कार्यलय रहेको यो अनलाईनले समसामयिक बिषयबस्तुलाई गहन तरिकाले अझै उठाउन नसकेको हो की भन्ने जनगुनासाहरु पनि छन तथापी यो अनलाईनले खेलेको भुमिका भने महत्वपुर्ण रहेको छ ।

दुई बर्ष अघिको भुकम्प हुँदै यस बर्षको तराईमा आएको बाढी र पहाडमा गएको पहिरोमा समेत अबिचलित भएर यो अनलाईनले खेलेको भुमिका महत्वपुर्ण रहेको छ । सत्य,तथ्य र निष्पक्ष समाचार प्रबाह गर्ने क्रममा अहोरात्र खटेर यो अनलाईनलाई यो अबस्था सम्म ल्याईपुर्याउन महत्वपुर्ण भुमिका खेल्ने यो अनलाईनका सम्पुर्ण सहयात्री यो अबस्थाका भागीदार हुन । जसको अथक मेहनतका कारण पुर्बेली न्युज यो अबस्थामा आईपुग्न सफल भएको छ । यो २१ औँ शताब्दी सुचनाको र प्रबिधिको युग हो । हामीले कल्पना पनि गर्न नसकेका कौयौँ कुराहरु प्रबिधिका माध्यायमबाट सहज र सम्भव भएका छन । त्यस्तै सुचनाको बिस्तारले बिश्वलाई साँघुरो बनाएको छ ।

कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा जोडेको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गरी यो अनलाईन पोर्टललाई मोफसलको भन्दा पनि देशकै बिश्वासिलो अनलाईन साबित गर्नु जरुरी छ ।

थुप्रै चुनौतिका बिच अनगिन्ती सम्भावनाहरु पनि छन । प्रदेश नम्बर १ को राजधानी दाबी गरिरहेको इटहरीमा अरु शसत्त अनलाईन नहुनु, र यसले सिंगो क्षेत्रको प्रतिनिधित्व गरिरहेका कारण यो अनलाईन प्रदेश नम्बर १ को मुख्य अनलाईनका रुपमा समेत आफुलाई स्थापित गर्न सक्ने सम्भावनाहरु रहेका छन । जसको सदुपयोग गर्न सकियो भने अझै अब्बल बन्न थप मद्धत पुग्ने देखिन्छ । अनलाईनलाई थप परिष्कृत गर्दै, सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर यो अनलाईनलाई सबैको साझा अनलाईनका रुपमा बिकास गर्दै अगाडी बढनु जरुरी देखिन्छ । अनलाईनलाई जन्मोत्सवको शुभकामना सहित नजिकिँदै गरेका चाडपर्बहरु, बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना ।

बस्नेत बेतना दैनिकका सम्पादक हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित