‘महको म’ विमोचित

काठमाडौँ, २० भदौ । कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथा ‘महको म’ को विमोचन गरिएको छ । श्रीमती यशोदा सुवेदीसँगको ४४ वैवाहिक वर्षगाँठको अवसर पारेर आज आयोजित एक कार्यक्रममा कलाकार श्रेष्ठद्वारा लिखित ‘महको म’ कलाकार हरिवंश आचार्यले विमोचन गर्नुभयो ।  “मेरो गुण मात्र होइन दुर्गुण पनि स्वीकारेर मलाई नजिक राख्नुभयो, मैले नजानेरै कहिले मन दुखाएको छु भने माफी चाहन्छु”– ३७ वर्ष लामो सहयात्राका लागि मदनकृष्ण श्रेष्ठलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो ।

लेखक श्रेष्ठले पुस्तकमा आफुले भोगेका आरोहअवरोह, अभिनय, नेपाल भाषा र सङ्गीतमा गरेको काम, हरिवंश आचार्यसँगको सम्बन्ध, श्रीमती र शारीरिक समस्याको साथै रमाइला सम्झनाको संग्रह रहेको बताउनुभयो । आत्मकथा लेखनमा प्रेरित र सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै उहाँले भन्नुभयो, “जिन्दगीमा के के गरियो तर प्रायः राम्रो मान्छेहरुसँग मात्र भेट भयो, त्यसैले राम्रो गर्न र बोल्न पाएँ, सबैले आत्मीय ठाने । यो ऋण कसरी तिर्ने थाहा छैन ।”

कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, उनका छोरा संगीतकार यमन र छोरी सरानाले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो । पुस्तकमाथि टिप्पणी गर्दै साहित्यकार डा रवीन्द्र समीरले आत्मप्रशंसाबाट टाढा रहेर लेखिएको यस पुस्तकले हसाउँछ पनि र रुवाउँछ पनि भन्नुभयो । पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित