‘उसले मलाई छोयो र सोझै सेक्सको प्रस्ताव राख्यो’

ब्राजिल-४७ वर्षकी मोनिका बैलेरिया गाँनकेल्वससँग विश्वविद्यालयका दुईदुईवटा डिग्री छन् । उनी ब्राजिलको राजधानी ब्रासिलियामा कानुनी सल्लाहाकारको रुपमा काम गर्छिन् । उनको विवाह एक न्यायधिशसँग भएको थियो । उनी प्रायजसो महँगो रेष्टुरेन्ट तथा सामाजिक समारोहमा जाने गर्छिन् । ब्राजिलकी उनी सबैभन्दा धनाढ्य वर्गमा पर्छिन् । फरक यतिमात्र छ कि उनको वर्ण कालो रहेको छ । धनी वर्गहरु प्राय गोरा नै रहेका छन् । ब्राजिलको उच्च वर्गमा उनको हिस्सेदारी निकै कम रहेको छ ।

पार्टी, रेष्टुरेन्ट, सामाजिक सञ्जालमा कालो वर्ण भएकी उनी एकमात्र महिला पर्थिन् । जब उनी कुनै कार्यक्रममा पतिसँग जान्थिन् धेरैले सोच्ने गर्थे उनी न्यायधिशकी सेक्रेटरी हुन् । मानिसहरु उनीप्रति गलत विचार बनाइ राख्थे । २२ वर्ष अधि जब यो जोडी एउटा बिचमा रहेको रेष्टुरेन्टमा हनीमुन मनाइरहेको थियो तब यस्तो अवस्था आयो की जसले गर्दा उनलाई जीवनकै ठुलो ठेस लाग्यो ।

उनी उक्त घटनाबारे भन्छिन्,‘एउटा मानिस सरासर मेरो नजिक आएर मलाई छोयो र खुलेआम सेक्सको प्रस्ताव राख्यो । म डराए र कराउन थाले । उसले मसँग माफी माग्यो । उसले सोचेको रहेछ कि म त्यस ठाउँमा एउटा गोरो मान्छेसँग वेश्याको रुपमा आएकी हुँ ।’ ‘उसलाई कति पनि लागेको रहेनछ कि गोरो मान्छे मेरो लोग्ने हो ।’

ब्रासिलिया विश्वविद्यालयका समाजशास्त्री इमर्शन रोचाका अनुसार ब्राजिलमा धनी हुनासाथ रंगभेद हरायो भन्नु मुर्खता हुनेछ । वास्तविकता निकै कठोर रहेको छ । स्वभाविक क्षेत्र छोड्ने बित्तिकै यस्ता खाले हमलाहरु ह्वात्तै बढ्ने गरेका छन् ।गोराहरुको क्षेत्रमा हुने यस्ता हर्कतहरु अझै पनि उस्तै रहेको छ ।मोनिका भन्छिन्,‘मलाई पुरै जिन्दगीभर मैले जे गरे राम्रो गरे भनेर देखाउनु पर्यो । यदी मैले यति नगरेको भए मलाई रंगभेदको चरम पिडा सहनुपर्ने थियो ।’

तर फिल्मकार सबरीना फिडाल्गोका अनुसार उनी जन्मदेखिनै धनी रहेकी थिइन् । मोनिका भन्छिन्,‘जब मेरो स्कुल जाने बेला भएको थियो, मलाई मेरो बुबाआमाले यदी रंगभेदले कसैले पनि मलाई होच्याउन खोजेमा मैले त्यसको जबाफ दिनैपर्ने बताउनु भएको थियो । म चिच्याएर हुन्छ कि रोएर हुन्छ कि रंगभेदको विरोध जसै गर्नुपर्ने उहाँहरुको भनाइ रहेको थियो । उनले स्कुल पनि रंगभेदको लागि कारण बनेको बताएकी छिन् । यसबारे उनीहरु प्रतिक्रिया दिनै चाहानन् ।’

तर सेकेण्डरी स्कुलमा अवस्था अर्कै रहेको थियो । उनलाई एक शिक्षकले रंगभेदबारे जोक सुनाएका थिए । तर, उनले यसको विरोध गरेपछि शिक्षकले उनीसँग माफी मागेका थिए । सबरीना आफ्ना आमाबुवालाई धन्यवाद दिन चाहानछिन् । उनीहरुकैक कारण उनले विरोध गर्न सिकिन् । सबरीना रंगभेदबारे चर्चा हुनु आवश्यक रहेको तर, मानिसहरुलाई हेर्ने नजरिया बदल्नुपर्ने बताउँछिन् ।

इमर्शन रोचा यस कुरासँग सहमत छिन् । रंगभेदलाई निन्दा गर्नैपर्छ । पचास वर्षका जुलियो सैटास एक नोकरानीका छोरा हुन् । उनी १३ वर्षको उमेरदेखि कार धुने काम गर्थे । आज उनी एक इन्जिनियर हुन् । उनी आज रिसाइकलिङ कम्पनीका मालिक समेत रहेका छन् ।

उनी भन्छन्,‘न्युर्योकमा मेरो आफ्नै बिजनेश रहेको छ । तर, ब्राजिलको कुरा बेग्लै रहेको छ ।’ मोनिकाकी आठ वर्षिय छोरी छिन् । उनी बदलिदै गरेको समाजप्रति विश्वास गर्न थालेकी छिन् । समाजका समानताको कुरा उठ्दा उनी हर्षित हुने गरेकी छिन् । उनकी छोरी एउटा निजी स्कुलमा पढ्छिन् जहाँ कालाका दुईजना बच्चाहरु मात्र पढ्छन् । उनी भन्छिन्,‘स्कुलमा मेरो छोरी र अर्की एक कालो रंग भएकी बच्चाहरुमात्र पढ्छन् । अर्की बच्चाकी आमा नोकरानीको काम गर्छिन् ।’ बिबिसीबाट भावानुवाद

प्रतिक्रिया

सम्बन्धित