बलात्कृत बहिनीकाे बाचा…

फेसबुक रिक्वोस्ट आयो । मेसेज पनि भयो । धेरै समय चयाट भएपछि उसको फेसबुक नामले पिरल्यौ । सोधेको थिए । किन राख्नुु भाको तपाइले आफ्नो फेसबुक नाम बलात्कृत बहिनी  दुइ हप्ता पछि एउट लामो मेसेज आयो । मैले सबै कुरा भन्छु तर तपाइले केही बाचा गर्नुपर्छ । मैले कसैलाइ भन्दिन बाचा भो । तीन चार दिन पछि लामो मेसेज आयो ।

लेखिएको थियो
मनको बह छोपेर राख्दा कति ठुलो पीडा हुन्छ त्यो त,मलाई मात्र थाहा छ । धेरै कुरा देखेरमात्र थाहा नहुने, । भोगे पछि थाहा हुने । जीवन पनि भोगाइहरुको एउटा किताब रहेछ । अरुले देख्ने र समात्ने गरि बाहिर ल्याउन नमिले पनि आफैले संझनाका पाना पल्टाएर पढ्न मिल्ने रहेछ । कुरुप अविस्मणका घिन लाग्दा एउटा कहान छापिएको छ मेरो स्मणको किताबमा । जसलाइ न चाहेर च्यात्न सक्छु । नत त्यसलाइ पुन नया तरिकाले लेख्न सकछु । आफै आउछ वरिपरी,हावा बनेर अतित । मलाइ मेरो बाल्य कालको धेरै कुराको याद छ । यस्तो लाग्छ बाल्यकालका स्मरणहरु मनमा प्रिय बनि टांगिएका छन्,। तपाइलाइ म दाई भनेर सम्बोधन गर्न चाहन्छु तर मलाइ दाई भन्ने शब्दसंग सबैभन्दा बढि घृणा लाग्छ । पुरुष भन्ने शब्दसंग पनि घृणा लाग्छ तर शब्द आफैमा अपराधी हुदैन । त्यसैले म सबै पुरुषलाइ दोष दिन चाहन्न ।

समयले सबैभन्दा प्रिय चिजलाइ नै सबैभन्दा घृणित चिज बनाइदिदो रहेछ । तर यसमा न शब्दको दोष छ । न मेरो दोष छ नत कसैको । सायद त्यो संयोग र समयको दोष हो । मन रंगशाला त होईन तर पाँच–छ बर्ष यता मनमा पीडा बेदना र तिता क्षणहरुले फुटबल खेलिरहेछन । आफै भित्रको चिच्चाहट सुनाउने कोहि छैन । स्वयम् आफैले आफैलाइ सुनाएर कति बाच्नु । पहिलो पटक मनको बह तपाईलाइ सुनाए । त्यो पनि अक्षरहरु मार्फत । तपाइले यति लामो मेरो गन्थन पढ्न त के गर्नु हुन्छ थाहा छैन तर बिश्वास गर्छु दाई यो पढ्नु हुनेछ र अरुलाई पढाउनु हने छ ।ताकि यस्तो दुर्घटना अन्त नदोहोरियोस ।

छोरि भएर जन्मनु अभिशाप हो , यात हाम्रो समाजको सोचको दोष हो । मलाइ एक पटक छोरा मान्छे भएर जन्मन मन छ तर बदला लिन होईन । असल लोग्ने मान्छेको दिन तर त्यो इच्छा त यो जन्ममा पूरा हुनै सक्दैन । थाहा छैन अर्को जन्म लिन सकिन्छ या सकिन्न ।यदि केहि गरि पुर्नजन्म लिन पाए छोरा मान्छे बन्न मन छ एक पटक । निर्दोष अचानो बनेर पटक पटक चोट सहनुको पीडा यी शब्दले बोक्न सक्दैनन् । नत भनेर भन्न नै सकिन्छ । आँखा देखि गाला सम्म पहिरिने त्यो आसुको माला उन्न मलाइ कुनै तिहार आबश्यकता परेको छैन । ऊ हरेक पल बगिरहेको छ ।

जिवनमा जे सोचिदै सोचिन्न त्यहि चिज हुदो रहेछ । आमा भन्नू हुन्थ्यो भाग्यमा लेखेको लेखान्त टारेर टर्दैन । मत कर्ममा बिश्वास गर्थे । तर आज आफैसंग हारिरहेकि छु । थाहा छैन मैले हार्दा कसले जितिरहेको छ । घरकी कान्छि र प्यारि छोरि म । नाम पनि दीक्षा (परिवर्तित) सबैको लागि म खुसिको कारण थिए । तिन भाइ बहिनी हामी । सबैको प्यारले होला म निकै जिद्दीवाल र निडर थिए । मलाइ भनेको चिज जसरि पनि चाहिने, बाबाले सधै मेरो छोरो भनेर बोलाउनु हुन्थ्यो । मैले छोरि हु भन्ने नै बिर्सेकी थिए । सबै छोरिहरु ठुलो भएपछि पराईको घर जानुपर्छ । मैले देखेको थिए र जानेकि थिए । सात–आठ कक्षा मै पढ्दा मेरा कैयौ साथिहरुको जबरजस्ति बिबाह गरिदिएको घटना आज पनि याद छ । ललिता भन्ने मेरो साथी उमेरले आधा जेठो केटासंग बिबाह बन्धनमा बाधिइन । उनी मानेकै थिईनन् तर धनी र शहरमा राम्रो ब्यबस्था भएको केटालाई दिए , छोरिलाई राम्ररी पाल्छ भन्ने उनका बा आमाको सोचले जबरजस्ती विबाह बन्धनमा बाधिन बाध्य भई । बिबाहको अघिल्लो दिन ललिता निकै रोएकि थिई । म मर्छु दीक्षा बरु बिबाह गर्दिन उसले भनेको त्यो शब्द आज पनि म झल्झल्ति सम्झन्छु त्यतिबेला मेरो पनि मन निकै भक्कानिएको थियो । मनमनै भनेकि थिए ,आखिर छोरि भनेको यो रुढीबादी समाजमा अरुको इच्छामा आफ्ना चाहना जलाएर बाच्ने जात रहेछ । जति आलाप बिलाप गरेपनि आखिर उसको बिबाह गराएरै छाडे । उ आज पनि उति नै दुखि छे ।

कसैसंग झुकेर बस्ने बानि नभएर पनि होला , स्कुल र कलेजमा पनि कैयौ केटासंग म झगडा गर्थे । मलाई जिस्काउन त के ठाडो आखाले हेर्न पनि सक्दैनथे केटाहरु । पढाइमा पनि तेज थिए । मलाइ समाजमा महिलामाथि हुने हिंसा र यातना बारे अभियान थाल्न मन लागेको थियो । दुइ तीन पटकसम्म महिलाहिंसा न्युनिकरणको तालिम लिन पनि गएकी थिए । भेट्ने जतिलाई सम्झाउथे बुझाउथे र कुनै हिंसा सहेर बस्न हुन्न भन्थे । सक्षम र आत्मनिर्भर बने कसैको डरमा बस्न पर्दैन भन्ने सल्लाह दिन्थे ।

मनमा एक किसिमको आत्मबिश्वास थियो । त्यो आत्म बिश्वासमा उचाइ र उर्जा थपिदिने मेरो बाबा र दाइ हुनुहुन्थ्यो । भर्खर २१ बर्षमा लागेकि म ब्याच्लर दोस्रो बर्षमा अध्ययनरत थिए । बजार बसेर पढ्दा रेडियो पत्रिकातिर पनि महिला अधिकार र महिला हिंसा अन्त्यका सामाग्रि पठाउथे ।

बाबाआमा र परिवार गाउमा हुनुहुन्थ्यो । दादा सरकारी जागिरे, बाबाको पेन्सन । केही कुराको कमि थिएन मलाई । पढेर ठुलो हुनुपर्छ । छोरि पढे समाज, घर सबै पढे सरह हो भनेर बाबाले भन्नूहुन्थ्यो । बरालिएर कतै हिड्नु हुन्न, सहि बाटो हिन्ने, लब सबको चक्कर नचलाउने ,यस्तो कुरामा ख्याल गर्नु दाईको यहि उर्दि हुन्थ्यो । घर बाहिर मलाइ तिमी निकै असुरक्षित भएको महसुस हुन्छ । समयमै कोठामा आउने । एक्लै नहिड्ने, समय ठिक छैन । यस्ता कुराहरु र उहाहरुले गर्ने केयरले म झन फुरुंग हुन्थे ।

बाबा आमा को साथ र माया थियो । अभाव थिएन केही । दाइ उमेरले ६–७ बर्ष मात्र जेठो हुनुहुन्थ्यो । बिबाह भएको ६–७ महिना पनि भएको थिएन । भाउजु गाउँमै शिक्षिका । परिवार नै शिक्षित र गाउकै उदाहरणिय थियो हाम्रो घर । आहा परिवार होस त फलानोको जस्तो ।
गाउमा महिलामाथि कुटपिट, यौनिक हिंसा, छोरा नपाएको, निशान्तानपन, बोक्सि आरोपमा मलमुत्र खुवाउने , बालबिबाह, छाउपडि, दाइजोको कारण यातना दिने कैयौ घटना देखेको थिए । गाउभरिका उदाहरणीय ब्यक्ति मेरो दाइ । नारिको सम्मान केहो हामिले उहाबाट सिक्दा हुन्थ्यो । कति असल श्रीमान पाएकि छे भन्दा भाउजू आफुलाइ भाग्यमानी ठान्थिन । भाउजू र म पनि निकै मिल्थ्यौ ।

एउटा बानि खराब दाईको । दाइ कहिले कसो बेस्करि रक्सि पिउनुहुन्थ्यो । जति रक्सि पिए पनि अरुलाई केही नभन्ने अझै बढि सजक । म बजारमै थिए । मलाई एक्कासी घरमा बोलाहट भो । त्यहिदिन साथिहरु पिकनिक जाने कुरा थियो । म घर जानुपर्ने भो भन्दा साथिहरु दुखि थिए । बाबा आमा काठमाडौै जानु भएको थियो । घरमा दाइ भाउजू मात्र । भाउजूबाट थाहा भयो मेरो लागि केटा खोजिएको रहेछ बिबाहको लागि । बाबा संगै केटा मलाइ हेर्न घर आउन लागेकोरे । तर मेरो कुरा सबैले बुझ्नुहुन्छ अरुले नबुझे पनि दाइले बुझ्नुहुन्छ । घर नगएको धेरै भएको थियो । यो बाहनाले भेट पनि हुन पाइने भो भनेर म निकै खुशी थिए ।

मंसिरको चिसो महिना गाडि पनि नपाइने हिडेर जादा चार–पाँच घण्टा लाग्थ्यो । गाउकै एक जना केटा लुकेस भन्ने साथिसंगै गाउँ जाँदै थिए । बाटोमा जंगल थियो । तै पनि हामी हिडेको एक घण्टा पछि अर्कि साथिसंग भेट भो । कुरा गर्दै बाटो काटेको पत्तो भएन । घर पुग्दा रात परिसकेको थियो । खुट्टा र शरीर निकै दुखेको थियो । घरमा भाउजू एक्लै थिइन । देख्ने बित्तिकै नानी आइन भन्दै अंकमाल गर्न आइ पुगिन ।
उनी आफ्नै कोठामा थिईन । दाइ खोई त भनेर सोधे । दाइ बाहिर कतै गएको र अलि अबेर गरेर आउने थाहा पाए । उनकै कोठाको सोफामा बसे । उनले अनेक थरि कुरा गरेर जिस्काउदै थिईन । अब कान्छिका पनि गाला राता हुने भए । हामी जिस्कदै थियौ । खाजा ल्याईदिनु भो । निकै गर्मि भएकोले कोट काडे भित्र छोटो हाफ टिसर्ट लगाए । घरमा बस्दा प्राय फ्रक लगाउथे । दादाले किनिदिएको त्यो पनि तिहारमा । साह्रै थकानले होला म सोफामै झुलेछु । भाउजुले खाटतिर सरेर सुत म तल काम छ अलि ढिला आउछु भनेर कता गइछन । आज यहि संगै सुत्ने दाइ नआउननि सक्नुहुनछ । रात परिसकेको रहेछ । निद्राले च्यापिसकेको थियो केही पत्तो पाइन ।

आउने बेला मैले दादालाइ कल गरेको थिए तर फोन उठेन । म घर आउने भन्ने थाहा थियो भुल्नु भएछ । खै कुन बेला रक्सिको तालमा आउनुभएको रहेछ मलाई केही थाहा भएन । जतिबेला म ब्युझिए म पुरै अकल्पनीय दुनियामा थिए । मानौ म कुनै नर्कमा छु । कुनै २५–३० वर्षे पुरुष म माथि जबरजस्ति गर्दैरहेछ । म निकै भक्कानिएकी थिए मुखबाट बोलि फुटेन । त्यो मान्छे अरु कोहि नभएर स्वयम् मेरो दाइ थियो । रक्सिको नसामा दाइले म र भाउजु छुट्टाउन सक्नु भएन ।

बाहिर हिड्दा सुरक्षित भएकी म आफ्नै घरमा असुरक्षित रहेछु । आखिर कहाँ छौ हामी सुरक्षित रु कहाँ रु कसरि सम्हालु आफुलाई रु के गरु अब रु राति नै भागेर भिरबाट हाम फालेर मर्न मन लागेको थियो । तर फेरि दुनियाले के भन्ला ? यहाँ आफ्नो भन्दा परिवारको इज्जत र दुनियाको आखामा राम्रो हुनुपर्छ । यस्ता कैयौ घटना छन जो चुपचाप गायब बनाएर महिलामाथि हिंसा भइरहेको छ ।

हामी सानोमा संगै सुत्थ्यो । दादा नभए सम्म निद्रा लाग्ने थिएन । आखिर सम्बन्ध उहीँ थियो दाजु बहिनिको । माया उस्तै थियो हामी बिचमा । त्यतिबेला भन्दा ८–१० बर्ष पुरानी भए । त्यतिबेला म केहि सानी थिए अहिले केही ठुली । दोष कसको ?उमेरले ल्याउने चाहना र शरिरको ?यात त्यो गल्ति नै होईन ? म अनेकौ प्रश्नले घेरिए । झिमौरिले गोला घेरे झै ।
पुरुष मन आखिर पुरुष नै हुदोरहेछ । जति पढेको ज्ञानी भएपनि केही कुरामा पुरुषहरु ककुर सरह हुदा रहेछन । अचेतन मान्छेहरुको अन्धो आखाले केही छट्याउन सक्दोरहेनछ ।
अब म के गरु, कसैलाइ भने पनि कसैले बिश्वास गर्ने कुरा छैन । यो कुरा अरुलाई थाहा भए पहिला दाइ मर्नेछन् । म कसरि बिबाह भएको छ–सात महिनामा ती मेरै उमेरकी भाउजुलाई कसरी बिधवा बनाउन सक्छु ?
अन्याय सहेर बस्न हुन्न भनेर दुनियालाइ सिकाउने कठै म । छोरिको बिबाह गरि मलाइ खुसि राख्न तम्सेका बाबा आमा कसरी बाच्लान यो कुराले । मलाइ फोटोमा देखेर मन पारि मलाइ धर्मपत्नि बनाउने सपना सजाएको त्यो अभागि पुरुषलाइ कति पीडा होला ? चिच्याएर रोए, रन्फनिए कोेपरे आफैले आफैलाइ ।

आजबाट म म रहिन । मेरो जिन्दगि आजबाट मेरो जिन्दगि रहेन । कुनै एक पुरुषको स्पर्शमा अडेको रहेछ हाम्रो संसार । मलाइ यो संसार नै अर्को लाग्यो । एक पटक कसैबाट लुटिनु थियो त्यो थाहा थियो । बाउ आमाले दिएको वा आफैले मनले चाहेको कुनै एक पुरुषलाइ लुटाउनु थियो त्यो पनि थाहा थियो । लुटिनु र लुटाउनुमा कति फरक रहेछ हगि । नेपाली चेलिहरु,बिबाहको नाममा दुइ चारजनाको साक्षिमा लुटिन्छन ,प्रेमको बहाना बनाएर लुटिन्छन । मुम्बई र बिदेशि कोठिहरुमा पनि लुटिन्छन । अझै यस्ता धेरै लुटाइहरु छन । मेरो कुराले चित्तदुख्ला । मलाइ घृणा गर्नुहोला । मैले यसकारण राखे फेसबुकमा मेरो नाम बलात्कृत बहिनी । अब मसंग कुनै मसेज गर्न सक्नुहुन्न तर तपाइका लेख रचना म जसरि पनि पढिरहेकि हुनेछु ।
उहि दीक्षा । त्यसपछि उसले म्यासेन्टरमा मलाइ ब्लक गरिसकेकी थिइ ।

प्रतिक्रिया

सम्बन्धित