इटहरीमा पहिलोपटक (डिन) को कार्यक्रम हुनु नै ठुलो कुरा हो

जीवन घिमिरे, ब्यबस्थापन संयोजक तथा (केन्द्रिय सदस्य (डिन)

 

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) को १३ औँ राष्टिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीस्थित बिराटनगर लाईनमा रहेको इटहरी (बेनकुईट) मा यहि भदौ १५ देखि १७ गतेसम्म आयोजना हुदैछ ।  सार्कस्तरीय सो कार्यक्रमलाई लिएर यतिबेला सो कार्यक्रमको चर्चा सर्बत्र भईरहेको छ । सार्क टेक्नोलोजी सेन्टरको कार्यलय समेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको सेरोफेरोमा रहेर आयोजक समितिको ब्यबस्थापन संयोजक तथा डिनका केन्द्रिय सदस्य जीवन घिमिरेसँग गरिको कुराकानीका अंशहरु :

कार्यक्रम इटहरीमा नै आयोजना गर्नुको कारण ?

सबैभन्दा पहिलो कुरा त यो कार्यक्रम इटहरीमा आयोजना हुनु हामी सबैको लागी गर्वको बिषय हो । सदैब ५ तारे होटलमा हुँदै आएको कार्यक्रम पहिलोपटक उपत्यका बाहिर हुँदैछ , सार्क टेक्नोलोजी सेन्टरको कार्यलय समेत इटहरीमै भएको र पहिलोपटक उपत्यका बाहिर पनि कार्यक्रम गरौँ यसले यो कार्यक्रम अब बिस्तारै देशका अन्य ठाँउमा समेत गर्न सकिने रहेछ भन्ने सन्देश समेत दिएको छ ।

डिनमा कति सदस्यहरु रहेका छन ?

डिनमा नेपालभरमा २५ हजार भन्दा बढी सदस्यहरु रहेका छन । सदस्य नबनेका ईन्जिनियरहरुको संख्या त धेरै नै छ ।

कार्यक्रममा को को सहभागी बन्दैछन ?

कार्यक्रममा पर्यबेक्षकका रुपमा बंगलादेश,भारत र श्रीलंकाबाट ७ जना सहभागी हुने र उपप्रधान तथा स्थानियबिकाश मन्त्रि माननिय बिजय कुमार गच्छदार सहित देशभरका स्थानीय निकायबाट ४ सय ५० जना इन्जिनियरहरु सहभागी हुदैछन ।

कार्यक्रममा के के बिषय समेटिन्छन ?

कार्यक्रममा सदस्यहरुको क्षमताबृद्धिका लागी अन्तराष्ट्रियस्तरको सेमिनार, आयोजना गरिएको छ । स्थानीय तहमा भौतिक पुर्वाधार बिकास,सम्भावना र चुनौति  बिषयक अन्तरक्रिया कार्यक्रम  आयोजना गरिएको छ । कार्यक्रममा डिनका संस्थापक सदस्यहरु देबेन्द्र बहादुर कार्की र जीवन कुमार श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको छ । यसैगरी ३ बर्षे कार्यकालका लागी निर्बाचन समेतका कार्यक्रम रहेका छन ।

कति खर्च हुन्छ कार्यक्रममा ?

कार्यक्रममा हामीले २६ लाख जति खर्च हुने अनुमान गरेका छौँ । यो अनुमानित खर्च हो । यसमा थपघट हुनसक्छ । यति नै भन्ने चाहि हुन्न यो अनुमानित खर्च हो । खर्च बढी पनि हुनसक्छ ।

कार्यक्रमको तयारी चाँहि कस्तो छ ?

कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । सेमिनारका लागी हल,पाहुनाका लागी होटल बुक गर्ने काम सम्पन्न भएको छ । यसैगरी सेमिनारमा प्रस्तुत हुने कार्यपत्र,छपाई लगायतका सम्पुर्ण तयारी पुरा भएको छ ।

कार्यक्रम बाट के अपेक्षा गर्न सकिएला ?

कार्यक्रमबाट सबैभन्दा पहिला त यो कार्यक्रम पुर्वाञ्चलमा पहिलोपटक आयोजना भएको छ । यो पनि खुसीको कुरा हो । दोस्रो कुरा यो कार्यक्रमले यहाँको पर्यटन र ब्यापार ब्यबसायलाई समेत टेवा पुर्याउने छ । यसैगरी सदस्यहरुको क्षमता अभिबृद्धि गर्दै प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुने छ । यो पनि उपलब्धिकै बिषय हो ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…