सलाम लक्ष्मी दिदि !

अधिकांस नेपाली महिला दिदि वहिनिहरु अहिले रातम्मे भएर तिजको गितमा रमाउँन ब्यस्त छन । तर नेपाली कांग्रेसकी युवा नेतृ लक्ष्मी खतिवडा भने आफ्नो जिल्लामा सुनसरीमा बाढीपिडितहरु स्याहार्ने ब्यस्त छिन । सुनसरीमा मात्र हैन देशैभरका युवाहरुले चिन्ने नाम हो लक्ष्मी खतिवडा । काठमाण्डौमा वसेर काग्रेसको राजनिति गदै आएकी लक्ष्मी अहिले बाढी पिडितहरुको घाउमा मलाम लगाउँन इटहरी आएकी छिन । कुनै केन्द्रिय नेताहरु आफ्नो गाउँका बाढीपिडितको स्याहार त के कुरा सुन्न समेत पाएनन् तर लक्ष्मी खतिवडा भने महिलाहरुको महान हरितालिका तिज समेत नभनी आफ्नो गृहजिल्ला सुनसरीका बाढी पिडितलाई स्याहार गदैछिन । ‘महिला सहभागिता, सफल नेतृत्वको पहिचान, गतिशिल नेतृत्वका लागि लामो समय देखि आफ्नै पार्टी काग्रेस भित्र र बाहिर लड्दै आएकी लक्ष्मी तिज बाढीपिडितहरु सँगै मनाईन । देशभर युवापिडिमा आफ्नो नेतृत्व बनाएकी लक्ष्मी बाढी पिडितकामा काठमाण्डौबाट दर्जन डाक्टर बोकेर बाढीपिडित क्षेत्रमा आउँने उनलाई आम देशबासीले सलाम गर्नै पर्छ ।

धनबहादुर पुरी

यहाँ राहत नपाएर बसेकाहरुलाई काठमाण्डौबाट नै राहत बोकेर लक्ष्मीले राजनिति पनि गरेकि हैनन् । लक्ष्मीको चुनाव क्षेत्र पनि इटहरी हैन । विना शर्त इटहरीलाई लक्ष्मीले लगाएको त्यो गुन बाढीपिडित क्षेत्रका जनताले कहिले बिर्सेने छैनन् । लक्ष्मीले त्यस क्षेत्रबाट भोट हैन गरीवको आर्शिवाद भने सधैभर पाउँने छिन । आम युवाहरुलाई अगाडी बढाई महिलाहरुको सबैभन्दा ठुलो चाडवाड विर्सेर गरेको त्यो कामकोे मुल्याकन आम जनताले गर्ने छन ।

राहत नपाएर बसेकाहरुलाई काठमाण्डौबाट नै राहत बोकेर लक्ष्मीले राजनिति पनि गरेकि हैनन् । लक्ष्मीको चुनाव क्षेत्र पनि इटहरी हैन । विना शर्त इटहरीलाई लक्ष्मीले लगाएको त्यो गुन बाढीपिडित क्षेत्रका जनताले कहिले बिर्सेने छैनन् । लक्ष्मीले त्यस क्षेत्रबाट भोट हैन गरीवको आर्शिवाद भने सधैभर पाउँने छिन ।

हो लक्ष्मी खतिवडाले गरेको काम प्रशंसानिय छ । त्यहाँ लक्ष्मीले मात्र रातह दिएको भन्ने चाही हैन यहाँ अधिकांस महिला तथा सामाजिक अगुवाहरुले बाढिपिडितलाई गाँसको ब्यावस्था गरिदिएका छन । इटहरी तथा बाढी पिडित क्षेत्रका आम आमा दिदि तथा दाजुभाईहरुलाई सलाम । तर लक्ष्मी खतिवडा जस्तो कुनै नेता एउटा गाउँमा आएर ढुक्क बाढीपिडितलाई सेवा गर्ने केन्द्रिय स्तरको नेता भने मैले देखिन त्यस कारण मैले लक्ष्मी दिदिको प्रशंसा गरेको हुँ । लक्ष्मी दिदिले जस्तो ट्रकमा राहत र डाक्टरहरुको विशेषज्ञ टोली लिएर आएको भने मैले देखिन । सबै महिला दिदि बैनी आमाहरुले रातम्मे सारीमा सजिदा लक्ष्मी दिदि आफ्नै घर पानवारी गएको पनि मैले देखिन । तिज मनाउँनु हुदैन भन्ने पनि हैन वर्ष दिनमा एक पटक आउँने पर्वत मज्जाले मनाउँने हो तर लक्ष्मी दिदिले बाढी पिडितको ठाउँमा जुन ब्यवहार देखाईन त्यो साच्चै प्रशंसा गर्ने योग्य छ । सलाम छ लक्ष्मी दिदि !

को हुन लक्ष्मी खतिवाडा ?

खतिवडा सुनसरी क्षेत्र नम्वर १ की कांग्रेस महासमिति सदस्य हुन् । खतिवडाले आफ्नो पाखुरामा बिपी कोइरालाको तस्बिर अंकित टाटु खोपेकी छिन् । खतिवडा कांग्रेस राजनीतिमा सक्रियताका साथ लाग्ने शसक्त महिला नेतृ हुन । उनी प्रत्येक दिन दिनरात र नभनी जस्तोसुकै जोखिममा समेत पार्टीको काममा सक्रिय हुने गर्छिन् । पार्टी मात्र नभई सबै क्षेत्रका युवापिडिमा लोकप्रिय उनी ‘युवाको राजनीति गर्छु भन्ने युवालाई मुखरित गर्न नसक्ने र युवाको भावनामा खेलवाड नगरी अगाडी बढ्छिन । उनले आफ्नो बायाँपाखुरामा बीपी कोइरालाको ट्याटु खोपाएकी छन् ।

त्यसको तल्लोपट्टि बीपीकै एउटा चर्चित भनाइ लेखेकी छिन ‘समाजको कुनै वर्गले अन्यायको अनुभव गरेसम्म राष्ट्रको जग मजबुत हुँदैन भन्दै कक्षा पाँचमा पढ्दै गर्दा उनी मुलुकको प्रधानमन्त्री बनेको कल्पना गर्थिन् । उनी भन्छिन निराश भएरमात्र पनि हुँदैन । देश बनाउने हामीले नै हो । ‘हामी आफैँले नबनाए देश बन्दैन । त्यसका लागि पलायन हुँदै गएका युवालाई रोक्नुपर्छ ।’ लक्ष्मी खतिवडा एक कुसल वकिल पनि हुन । धरान पानवारी घर भएकी लक्ष्मी खतिवडा युवा नेतृत्वको भरोसाको केन्द्र हुन ।

 

प्रतिक्रिया

सम्बन्धित