तल्लो जातसंग विवाह गरेको रिसले १६ बर्ष बित्दा पनि दिदीलाई नसम्झने भाईलाई दिदीको मार्मिक पत्र

प्रिय भाइ शुभ आशिर्वाद खै कसरी लेखौ यो मेरो आशुले रुझेको अतित ? आज कता कता भाइ टिकाको दिन होकि जस्तो लाग्यो र तिम्रो यादले छट्पटी रहदा आज यिनै आशुले भएपनि तिमिलाइ दुई शब्द लेख्न मन लाग्यो ।भाइ तिमिलाइ सम्झेर म धेरै पटक रोएकी छु ।भक्कानिएकी छु ।मन सम्हाल्न नसकेर ।आज भाइ टिकाकै दिन केही गुनासोहरु छन । यदि तिमी यो सन्सारको कुनै पनि कुनामा छौ भने एकपटक यो अभागी तिम्रो दिदिको आशुले रुझेको अतीत पढ्नेछौ र सुन्नेछौ भन्ने आशा गरेकी छु । भाइ आजभन्दा ३२ बर्ष अगाडि देखिको तिम्रो र मेरो सम्बन्धहरु लेख्न मन लागेको छ ।भाइ जिन्दगीको बारेमा केही कुराहरू सोचिन्छ ,बुझिन्छ ,अनि गरिन्छ । तिम्रो र मेरो सम्बन्ध भनेको एउटा दिदी भाइको थियो ।

“एउटा सानो गल्तीको यति ठुलो सजाय ” तिमिले दिन्छौ जस्तो लागेको थिएन ?न त मैले कल्पना नै गरेकी थिए ? न त मैले सोचेकी नै थिए ? आज म यति धेरै रोएकी छु । मनलाई सम्हाल्नै सकेकी छैन । लेख्दालेख्दै आशुले रुझेका छन यी शब्दहरु । र थकित भएकि छु । कसैसँग बोल्न मन लाग्दैन उदास उदास भएकी छु ।सब थोक पाएर पनि भाइ तिमिलाइ गुमाएकी छु ।अर्थात तिमिबाट अपमानित भएकी छु । आज भाइ टिकाको दिन धेरै रुन मन लाग्यो डाको छोडेर रुन मन लाग्यो ।छाती पिटिपिटी रोएकि छु ।तिमिलाइ सम्झी सम्झी रोएकी छु । खै किन हो कुन्नी मन एकोहोरो भैइरहेको छ । बिगतका दिनहरुमा यति धेरै आँसु बगाए । तिम्रो त्यो बचनले ? भाइ सायद अब मसग कमै छ होला आँसु ? भाइ जब म १० कक्षामा पढ्थे तिमिलाइ राम्रोसँग थाहा छ ।तिम्रो र मेरो उमेर भनेको जम्मा दुई बर्षको फरक थियो । तिमी आठ कक्षामा पढ्थेउ ।आज म बर्शौ अगाडिको कुराहरु सम्झन खोज्दैछु ।समय सङसङै अगाडी बढिरह्यो । गरिब परिवारमा जन्मिएका हामी दिदी भाइ सामान्य लाउन खान बाहेक केही पुग्थेन ? प्रिय भाइ आज म सम्झिन्छु मेरा ,दिनहरु ।

 

स्कुलमा पढ्दापढ्दै म कसैको मायामा फसिछु अर्थात ,मैले कसैलाई मन पराए र बिहे गर्ने निर्णय गरे ।केटाले साह्रै मन पराउथ्यो । हेर्दा लाएकको चट्ट जिउडाल मिलेको हसिलो अनुहार उस्को आखामा म प्रतिको माया झल्किन्थ्यो ।घरबाट मागेर बिहे गर्छु भन्थ्यो तर,हाम्रो जात मिल्दैनथ्यो म बाहुनकी छोरी थिए तर उ क्षेत्रीको एक्लो छोरा थियो ।मागेर हैन अब हामी भागेर जाउ मैले यस्तै भने किनकि ?हामी गरिब परिवारको मान्छे थियौ । त्यसैले भाइ म कसरी तिमिलाइ फेरि यति ठुलो ऋण बोकाएर पराइ घरमा जाउ ?यहि सोच्यो मेरो मनले भाइ ? र एक रुपिया माइतिलाइ ऋण नलगाइ म पराइ घर जाउ अर्थात ,बिहे गरेर जाउ ? मेरो दिमागले यहि निर्णय गर्यो ? अब तिमी नै भन भाइ मैले सहि निर्णय गरे या गलत ?

हो भाइ तिमि नै भन ?र त मैले २०५७ सालमा मैले आफ्नो जन्म घर छोडेर कर्म घरमा लागे । यति धेरै माया गर्थ्यौ हामी एकाअर्कालाई । यसरी मैले भागेर बिहे गरे ।मनमा कताकता छातिको धड्कन छिटोछिटो धड्किरहेको महसुस हुन्थ्यो ।त्यस्तो हुनु स्वभाबिक पनि थियो ।म बाहुन कि छोरी उ क्षेत्रीको एक्लो छोरा थियो ।अर्थात सन्तानको नाममा उ मात्रै थियो ।मैले उसैसग जिन्दगी बिताउने निर्णय गरे । त्यसैले मैले बिहे गरेकी हु भाइ ?उ लाहुरेको छोरा र उ पनि लाहुरे नै थियो ।एक्लो सन्तान म बिहे गरेर घरमा भित्रिदा केहि भन्नू भएन ? र जिन्दगीमा कहिल्यै पनि मैले सासू ससुरालाई मुख फर्काइन ?मलाई कहिल्यै पनि नराम्रो व्यबहार गर्नु भएन ?मैले सधै खुशी बनाएर राख्थे । आज म लेख्छु ।

तर मेरो भाइ तिमिले मलाई जन्मदिने बाबा आमालाई जुन निर्णय दिएकारहेछौ त्यो निर्णय सुन्दा म छागा बाट खसे जस्तै भए ।साह्रै रुन मन लाग्यो । छाती पिटिपिटी रोए । यति रोए असाध्यै मन दुखेर रोए ।मन छियाछिया भयो ।आफुले आफैलाइ सम्हाल्नै सकिन । तिमिले यसो भनेका थियौ अरे ? तल्लो जात सग गइ । हाम्रो इज्जतको कत्ति पनि हेक्का राखिन ।यस्लाइ स्वीकारेर माइती नबोलाउनुहोला ?र मेरो तर्फबाट त्यो मरिसकी भन्दिनु । अनि अब दिदी भाइको त्यो सम्बन्ध रहेन र आइन्दा दिनहरुमा भुलेर पनि मेरो घरको पाइला नटेक्नु अरे भनेका रहेछौ बाबा आमा सग? यस्ता यस्ता शब्दहरु प्रहार गरेका रैछौ ? के म गलत थिए र भाइ ? एकपटक सोच त मेरो भाइ ? म कति अभागी दिदी रहेछु ? आज मेरो बिबाह गरेको पनि सोह्र बर्ष भइसक्यो ।यति सानो गल्तिको यति ठुलो सजाय दिन्छौ मेरो भाइ ? तिमिले कहिल्यै सोच्यौ ?मेरो बिबाह भएदेखि आजसम्म कति तिज र तिहार आए भाइ ?

तिमी त मेरो माइती थियौ? तिम्ले पनि पराइ ठानेपछी मलाई कस्तो भयो होला ? अहिले तिम्रा ती तिखा काडारुपी बचनहरु यो मनमा बिझिरहेका छन ।बहकिएको छ मन । आँसु थाम्न सकिरहेकी छैन ? तिमी घरमा नहुदा अर्थात तिमी बिदेश हुदा म माइतीघर डराइ डराइ जान्छु । तर आज तिमी बिदेश हिडन थालेको पनि १३ बर्ष भइसकेछ ।यी बर्षहरुमा तिमी कतिपटक घरमा आयौ गयौ ?तर भाइ एकपटक तिम्रो यो अभागी दिदिलाइ भेट्न आएनौ है ? भेट्न मन लागेन है कति निस्ठुरी रहेछौ ? आखिर मैले त्यस्तो ठुलो गल्ती के नै गरेको थिएर ?यति ठुलो सजाय दिएको ? हेर त भाइ आज मेरो साथमा तिम्रो एउटा भान्जो पनि छ ।तिम्रो भिनाजु लाहुरे हुनुहुन्छ ।अब एक बर्ष पछी तिम्रो भिनाजु पनि रिटार्यड हुनुहुन्छ ।आज चितवनको भरतपुरमा एउटा दुई तलाको आफ्नै घर बनाएर बसेकी छु । छोरा राम्रो बोडिङ स्कुलमा पढाएकी छु ।बैक ब्यालेन्स गरेकी छु ।सबै कुराले भरिपूर्ण छु ।परिवार सग खुशी ,साटेकी छु । तर पनि भाइ आफुलाइ एक्लि अभागी टुहुरी महसुस गरेकी छु । तिमी मेरो माइती हौ । हेर भाइ जिन्दगीमा म यति धेरै रोएकी छु तिम्रो कारणले ?हरेक तिज र तिहारमा म रोएकी हुन्छु खै किन हो किन भाइ ? तिमिले कहिलेसम्म यो दिदिको आँसु झारिरहन्छौ ?यो दिदिलाइ रुवाइ रहन्छौ ?भाइटिकाको दिनमा तिम्रो निधार कहिल्यै खाली नहोस् उहीँ तिम्री अभागी दिदी करिश्मा माडी चितवन 247khabarको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित