जिन्दगीको यात्रा  (रुपेशको डायरी बाट )

गल्फ मुलुकको बैदेशिक काम को अनुभव बोकेर युरोपको संसारमा हराउन चाहन्थें |  एजेन्टको खोजीमा थिएं नभन्दै प्रेमजीको सम्पर्कले सिम्मा दिदीको कम्पनीबाट म युरोपको यात्राको भिषा पाएँ |  खाभरि नेपालको सम्झना बोकेर म  युरोप हानिएँ |  जीवनका हरेक हण्डर र बबण्डरका सिमा नाग्दै  आफ्नो मौलिकता बोकेर बाचेको छु |  साच्ची निर्मलाको धोकाले मलाइ जीवन बुझ्ने बाटो बन्यो |  म को हुँ के थिएँ  कस्तो हुनेछु भन्ने कुरा मेरो डायरीका  घटना क्रमले दिन्छ |  जीवनका  हरेक मोडहरुमा भेटिएका नेपालीका बिबेकहीन ब्यबहारले चिनाएको छ  देख्दा र हेर्दा बडो राम्रा इमान्दार देखिने मानिस जब घुल्दै गयो सुर बाट असुर हुदा रहेछन मान्छेको नामोनिसान  भेटिदो रहेनछ |
मेरो जीवनमा बिदेशी किशोरी आइन आना , जसले मेरो जीवनमा नया मोड दिइन  | उनको घरमा भाडामा  बस्तै गर्दा उनको चासो नेपालीहरु प्रति सकारात्मक थियो नेपाल जाने उनको प्रबल चाहना थियो  | स्पेनिस युवतीको नजिकको सम्बन्धले मलाइ केही बाच्ने चाहना जागेर आयो | एक बर्ष सम्मको हाम्रो हिमचिमले उनको प्रेमको सामु म पग्लिदै गएँ |  उनको रेस्टुरेन्टमा काम गर्थें  जिम्मेवारी पूर्ण  काम हुदै थियो|  उनीले नै खुशी हुदै भनिन “रुपेश तिमि जस्तो युवकको खोजीमा थिएं मलाई तिमि नेपालि सिकाउ म तिमीलाई स्पेनिश सिकाउछु हुन्न”   मेरो सारा डकुमेन्ट /कागजात लिएर त्यहाको आवाशीय कार्ड रेसिडेन्ट कार्ड बनाउदै थिएँ
बिमलाले बल्ल मेरो बारेमा चासो खोजि गरेको खवर पाएँ |  म आफ्नो गन्तब्य बदलि सकेको थिएँ |   हाम्रो सम्बन्ध दुइ किनारा भै सकेको थियो |  शायद यो जन्ममा सम्भव नै थिएन| नारीहरुको चाहना र भित्रिरुपलाई पुरुषले कहिल्यै बुझ्न सक्दैनन् न त् बत्तीका किराले बत्तिको रापलाई  यतै भएको थियो मलाइ . आफ़न्तिको तितो टर्रो ब्यबहार त दिनहुको दालभात सरह थियो मलाई |  म कतार साउदी बस्ता  कति उपहार पठाए उनीहरुलाई केही पुग्दैनथ्यो |  म युरोप छिरे पछि बल्ल नजिक भएको देखेको छु करिब पाच बर्ष भयो नेपाल नगएको  शायद अर्को साल आना संग जाने सोचमा छु |
 म पोर्तुगल पनि गएँ आनासंग गएको जुलाईमा बडो रमाइलो लाग्यो नेपालीहरुको आनीबानी जाहा पुगे पनि उस्तै हुदो रहेछ |   नजिक पुगेर सोधे  हामि स्पेनबाट आएका हौँ  के हामीलाई सहयोग गर्नु हुन्छ ? उनी आना तिर नजर लाउदै भने “सरि  म काममा  जान अबेर भयो ” प्रास्रो कोमर्सियो रोसियोको बाटोमा बिभिन्न दृश्य हेर्दै कायस स्रोद्रे तिर लाग्यौ |  बेलम  आदि हेर्दै केही आफ़न्तिलाइ खोज्यौ तर सम्पर्क हुँ सकेन |
राति धेरै बेर सम्झे देशबाहिर कति नेपालीहरु छन  ? देशमा राम्रो बिकाश र अबसर भएको भए यसरि रुमलिनु पर्थ्यो  आज ति याद सम्झिन्छु जति बेला म नेपालमा थिएं | मेरो आफ्नै संसार थियो चाहना थियो खुशी थियो समयको सुनामीले केके गर्यो केही मेसो भएन|  मैले आफ्ना कुरा डायरीमा लेख्दै जान्थें उनले  कनिकुथी  आनाले पढ्दा म भाबुक हुन्थें|   जीवनलाइ मैले यसरि नै बुझें  निर्मलाको संसार र आनाको संसार लाइ नियाल्दै म आफ्नै यात्रा मा हराउदै छु म त केवल प्रतिनिधि पात्र हुँ  आनाको जीवनमा  रमाएर नै जीवन साहित्यलाई अगाडी ल्याउनेछु | डायस्पोराको भूमिका खोज्नेहरुले त्यो देखुन नदेखुन |
आना तिमीलाई मुरी मुरी धन्यबाद जसले मेरो जीवनलाई सहयात्रामा समाहित गरिदियौ  र त अर्को साल  लुम्बिनी पाल्पा  पोखरा आदि सुन्दर स्थानमा रोमान्चकारी यात्रा पुरा गराउने मेरो पालो होइन ?  म अत्यन्त भाबुक बने उनको हातबाट नेपाली परिकार बनाएको देख्दा  भगवान कति सहयोगी जसले आना जस्ती जीवन साथी दिलाए लाख लाख  साधुबाद !!!
यो नितान्त काल्पनिक सृजना हो कोही कसै संग मिल्न गएमा संयोग मानि दिनु होला  |
 इन्द्रेणी शर्मा जलद  (साहित्यिक नाम )
  मोहन आचार्य    (सार्बजानिक नाम )

प्रतिक्रिया

सम्बन्धित