डा.गोविन्द के.सी र नेपाली समाज

नेपाली समाज विविधतायुक्त र समिश्रण संस्कारमा निर्माण भएको एक नमुना समाज हो र बन्दै गरेको अवस्था पनि छ।समाज निर्माण गर्न धेरै तत्त्वहरूको अावश्यक हुन्छन जस्तैः राजनीति,सांस्कृतिक,अार्थिक व्यवहार,व्यक्ति संस्कार र वातावरण परिवेश तथा शिक्षाले समाज निर्माण गर्न अहम भुमिका खेल्ने गर्दछ।यति कुराले मात्रै पनि समाज निर्माण हुन सक्दैनन ती त सबै गौण र पुरक मात्रै हुन।यधपी नेपालको सामाजिक संरचना अाधुनिकता तर्फ उन्मुख हुँदै गइरहेको दृष्टान्तहरू पनि भेटिन थालेका छन।समाज नै राष्ट्र निर्माणको मेरूदण्ड हो भनेर बुझ्दा वा सम्झदा पनि फरक पर्दैन यसले नै अहम भूमिका खेलेको हुन्छ समग्र राष्ट्र निर्माण गर्नको निम्ति।राष्ट्र वा प्रदेशको खाका कस्तो निर्माण गर्ने भनेर समाजको सामाजिक जीवन्तता परिवेश र संरचनाले नै एकप्रकारको खाका तयार पार्ने काम गर्छ।समाजमा रहेपछि वा सामाजिक बनेपछि व्यक्तिको भूमिका अहम हुन्छ। तथापि यदाकदा अाफ्नो कर्तव्यबाट टाढा भएको पनि पाईन्छ। समाजमा बसेपछि तर त्यसो नहुनु पर्ने हो तर त्यसमा व्यक्तिगत स्वार्थ छिपेर रहेको हुन्छ।नागरिकले अब अाफ्नो कर्तव्यबोधको महसुस गराउने बेला अाएको छ त्यो पनि अाफैभित्र र अाफ्नै कालखण्डमा।समाज निर्माण हुने भनेको व्यक्ति-व्यक्ति मिलेर बन्ने हो र त्यसपछि क्षेत्र हुँदै एक राष्ट्रको प्रारूप तयार हुने गर्छ।नेपाली समाजको पनि पृष्ठभूमि त्यस्तै खाकाबाट निर्माण भएका छन।राष्ट्रको ऐना भनेको समाज र चरित्र भनेको सामाजिक व्यवहार हो।

अतिन अाचार्य

डा.गोविन्द के.सी पनि यश समाजको एक प्रतिनिधि पात्र हुन जो एक खुला पुस्तक हो त्यहाँबाट हामीले धेरै कुरा प्राप्त गर्न सक्छौ।म अाज वहाँको बारेमा धेरै विवेचना गर्दिन अाम नेपालीलाई थाहा छ वहाँको व्यक्तिगत पृष्ठभूमि।मैले यति मात्रै प्रकाश पार्न खोजेको हो कि गोविन्द के.सी को समर्थनमा समस्त नेपाली छन र कोही सक्रिय छन त कोही हेरेर,बुझेर,सुनेर समर्थन गरिरहेका छन।के.सी ११ अौ पटक अनसन बसिसकेका छन र १५ दिन भन्दा बढी भइसकेको छ अाज यो लेख सिर्जना गरिसक्दा सम्म।डा.गोविन्द के.सी को यो अनसनले नेपाली समाजलाई कस्तो शिक्षा दिइरहेको छ वा चुनौती पनि साथसाथै प्रेरणा पनि पाइरहेका छौ त्यो नै महत्त्वपूर्ण हुन जान्छ।अाज देश-विदेश बाट समर्थन जनाइरहेका छन।कसैले सामाजिक सञ्जालमा अाफ्नो तस्वीर परिवर्तन गरेर भनौ वा स्टाटस लेखेर।के.सी एक निस्वार्थ भावनाले अोतप्रोत भएका व्यक्ति हुन जसमा लालच र घृणा छैन।समाजलाई वा राष्ट्रलाई दिनुपर्छ भन्ने भावना वा सन्देश दिन खोजिरहेका छन।त्यो अनसनबाट हिराको सुवास छर्न खोजिरहेका छन समग्र नेपाली समाजलाई।राजनीतिको एक संस्कार बसाल्न खोजिरहेका छन।त्यस अनसनले परिवर्तनको अाभाष दिलाउन खोज्नुको साथै र समानताको भावना र पहुँचको विकास गरौ र समृद्धि मेरो कालखण्डमा होस भन्ने चाहेका छन।यश समाजमा जो कुम्भकर्ण बनेर निदाएका छन उसलाई ब्युझाउन निरन्तर अाफ्नो जिउ-ज्यानको माया मारेर लम्पसार छन डा.के सी।

एक अौषधी पानीको सहारामा जो कोही नेपाली नागरिकले अाजसम्म साहस गरेनन वा सत्याग्रहको पहल गरेनन।अाज तिनै के.सी सत्याग्रहको विगुल फुकेर अनसनमा छन।राजनीतिक क्षेत्रदेखि लिएर भनौ वा शिक्षाको क्षेत्रमा सबै तिर समस्याको जालो फैलिएको छ।त्यही जालोलाई हटाउन अाज डा. के.सी ले स्वास्थको क्षेत्र देखि सत्याग्रहको सङ्खघोष गरेका छन।डा.के.सी को माग केही छैन घनीभुत रूपमा नियाल्ने हो भने विगतमा अनसन बस्दा जुन-जुन सम्झौता भएको थियो त्यही सम्झौता पालना गर्नु भनेको छ।यहाँ सहमतिको दस्तावेजको मसी सुक्न नपाउदै त्यसलाई कार्यान्वयन गर्न भनेर तत्पर भएको देखिन्न अझ त्यसलाई ढाकछोप गरेर अन्य बहाना बनाएर सुस्त चालमा अगाडि बढने गरेको पाईएको छ।यसलाई भनिन्छ किंकर्तव्यबिमुढ जानेर वा सुनेर,बुझेर गरेको बेवास्तापन।डा.के.सी व्यक्तित्व हुन समाजलाई चेतनाको दियो बालेर मात्रै उज्यालो बनाउन सकिन्छ भनेर मान्यता राख्ने एक असल उदाउँदो किरण हुन नेपाली समाजको भनौ राष्ट्रको नै नक्षत्र हुन जसले अाज केही सम्भ्रान्त बाहेकका मानिसको प्रतिनिधित्व गर्छन।समाज रूपान्तरण गर्ने एक कसीको रूपमा अाज स्थापित हुँदै गइरहेका छन डा.के.सी।

के.सी प्रती राज्य किन मौन छ वा सरकार नभए जस्तो अाभाष किन दिलाइरहेको छ?किनभने सरकार त राजनीतिक दलको झुन्ड मिलेर बनेको छ।प्रत्यक्ष सम्बन्ध छ बिचौलियाको सरकार सँग तथा सहजकर्ताको भूमिका निभाउनेहरू सँग तिनिहरूकै हालिमुहाली छ सरकार भित्रपनि।दलालहरूको प्रत्यक्ष उपस्थिति छ सरकारमा वा भनौ निरीह मुकदर्शक छ सरकार र निर्णय गर्न नसक्ने क्षमताको गुण बोकेर सरकारको नामको डुङ्गामा यात्रारत छन सरकारका माझीहरू।राजनीतिक दलका शिर्षस्थ नेतागणहरू भन्दैछन कि अनसनको अौचित्य छैन र अनसन बस्नु भनेको सबै माग पूरा गर्नु होइन भनेर भन्दैछन।अाफ्नो लागि अनसन बसेका होइनन डा.के.सी किनभने अढाई करोड भन्दा बढी जनताको लागि बसेका हुन।उनी अाज पनि अनसन बसेका छन तर यहीँ अवस्था रहयो भने दीर्घकालीन समय सम्म रहन दिदैनन जस्तो बनाइसकेको छ राज्यले।सबैलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन भनी वा नेपालीको धेरै सन्तानहरू विदेशभूमिमा गएर चिकित्सा शिक्षा ग्रहण गर्नु नपरोस भनेर वा विदेश भूमिमा नेपाली रूपैयाँ नजावस भनेर।

सुत्केरीलाई उपचार गराउन ल्याउदा ल्याउदै बाटोमा मृत्युु नहोस नभनेर।सामान्य बिरामीमा पनि मृत्यु नहोस भनेर वा झाडापखाला तथा अौषधी नपुगेर कसैको मृत्यु नहोस भनेर वा भनौ कि सिटामोलमा कमिसनको चलखेल नहोस भनेर अथवा हैजा लागेर कसैको अकालमा मृत्यु नहोस भनेर पनि हो।हरेक प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनोस तथा चिकित्सा शिक्षण अस्पताल होस भनेर पनि हो।अाखिर यी माग त सबै नेपाल भित्र नै हो र नेपालीको लागि त हो नि किन? यति हुदाहुदै पनि किन धेरै ढिलासुस्ती वा बार्गेनिङ गरेर बस्छौ सरकार वा नेपाली समाज?काठमाडौको रैथाने समाज किन मौन छौ?काठमाडौ भनेको बुद्धिजीवी तथा शिक्षितको भिड र शहर हो।जबसम्म काठमाडौको समाजको अावाज बुलन्द बनाइन्दैन तबसम्म यहीँ व्यवहार निरन्तर होला जस्तो छ।जबसम्म काठमाडौंको समाज जाग्दैन तब सम्म डा.के.सी को माग सुनुवाइ हुदैन।काठमाडौंको समाजको भूमिका निर्णायक हुन्छ।

डा.के सी को माग पूरा गराउन वा सरकारलाई दबाब दिन।हरेक अान्दोलनलाई सफल बनाउन भनौ वा सरकारलाई घुँडा टेकाउन बाध्य बनाएका दृष्टान्तहरू प्रशस्तै छन काठमाडौ सँग।काठमाडौको खाडलमा प्रशस्तै सम्भावनाको मागहरू लुकेर बसेका छन।अब उठ काठमाडौ यो बसेर हेर्ने बेला होइन।उठेर पाइला अगाडि बढाउ,अावाजलाई बुलन्द र मजबुत बनाउ। डा.के.सी समाज र राष्ट्र सबैलाई चाहिन्छ भन्दै र हल्लाउँदै भन कि डा.के सी को माग जायज छ र त्यो मागमा अढाई करोड नेपालीको स्वास्थ्य सँग प्रत्यक्ष सम्बन्ध र सरोकारको मागहरू रहेका छन भनेर धिमे बाजा बजाउ र सबैको कान ठाडो बनाइदेउ काठमाडौं।यधपी त्यहाँ व्यक्तिगत कुनै स्वार्थ छैन।काठमाडौको समाज टुलुटुलु नहेर हातमा हात देउ काधमा काध दिएर ऐक्यबद्धता जनाउ।काठमाडौको समाज बोलेको छैन सबै अायातित अनुहारहरूको मात्रै रोदन र क्रन्दन छ त्यो सडकभरि।समाज परिवर्तन वा राष्ट्र निर्माणको संवाहकको रूपमा अाज काठमाडौंको समाजको जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित