लघुकथा- “कमिसन”

भर्खरै टिन एज टेकेका सानो बाबू घर आंगन मा फुटबल खेल्दै गर्दा आफ्नी आमा लाई देखेपछि लाडिंदै भन्न लाग्छन् –
मुमा हजुर! आज साथिको बर्थडे छ। मलाई गिफ्ट किन्नलाई
२ हजार रुपैयाँ जति बुवा हजुरलाई माग्दिस्यो न?

पुल्पुल्याएर हुर्काउंदै गरेको सानो छोरा को माग पूरा नहुने कुरै भएन, आखिर यत्तिका सम्पत्ति कस्का लागि?

आफ्नो छोराको कपाल सुम्सुम्याउदै भन्छिन आमा-
तिम्रो बुवा हजुर लाई भनेर म एकैक्षण मा पैसा मागिदिन्छु ल भनेर म्याई खाईन् ।

छोरा बाहिर खेल्न निस्कने बित्तिकै उनले फोन घुमाईन पतिदेब लाई-
हेल्लो! सुन्नुस न हजुर! सानो बाबूलाई साथिको बर्थडे गिफ्ट किन्न ४ हजार चाहियो रे, घर आउंदा पैसा लिएर आईस्सो हजुर है।
फोनमा बोलिरहंदा, सानो बाबुले लुकेर वार्तालाप सुनिरहेको मामुले ख्यालै गरिनन् ।

इन्द्र थेगिम

बुवा हजुर भन्सारका हाकिम। हिजो मात्र एक ब्यापारी संग लाखौंको घुस खाएर जिनिस छुटाईदिएका थिए। श्रीमतीको फर्माइस सुन्नासाथ खुशी खुशी फुरुङ्ग हुँदै भने-
जाबो ४ हजार को न कुरा हो!
हाम्रो सानो बाबुलाई ऐले नै गिफ्ट किन्न जाउ भन।
म तुरुन्तै ड्राईभरको हातमा पैसा पठाई दिन्छु।

मुमाले ४ हजार हात पारेर , २ हजार छोरालाई थम्याई दिइन् ।

तैं चुप मैं चुप पाराले आफू आफुमा फाईदा उठाएको कुरा कसैलाई थाहा थिएन।
किनकि उता, उक्त  ब्यापारी ले पनि पसलेलाई मुनाफामा सामान बेचेको थियो। सोही पसलेले १ सय रुपैयाँ पर्ने सामान सानो बाबु लाई ५ सय रुपैयाँ मा बेचे।

मुमा संग २ हजार रुपैयाँ लिएर ५ सय खर्च गरि बांकी १५ सय रुपैयाँ गोजीमा राख्न पाउँदा आफुलाई सबैभन्दा चलाख सम्झिए। मानौं घरको मात्र नभएर पुरै देशको बाघडोर को चाबी आफ्नो हातमा लिए जस्तो। सानो बाबु गज्जक्क परेर त्यो दिनै भरी हांसिरह्यो।

प्रतिक्रिया

सम्बन्धित